काठमाडौं। स्थानीय पूर्वाधार विभागले देशभरका १८ वटा स्थानीय तहमा सडकको ट्रयाक खोल्न अझै बाँकी रहेको जनाएको छ। विभागले ट्रयाक खोल्न बाँकी रहेकामा कर्णाली प्रदेशका स्थानीय तह धेरै रहेको बताएको हो।
भौगोलिक विकटता र उच्च हिमाली क्षेत्र भएकाले कच्ची सडकको ट्रयाक खोल्न ढिलाइ हुँदा १८ पालिकाका स्थानीयले यातायात सुविधा उपयोग गर्न नसकेको विभागका उपमहानिर्देशक तथा प्रवक्ता शम्भु कार्र्कीले बताए।
सडक पहुँच नपुगेका स्थानीय तहमा खच्चर र हेलिकोप्टरमार्फत खाद्यान्न, लत्ताकपडालगायतका सामग्री ढुवानी भइरहे पनि स्थानीयले महँगोमा खरिद गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ।
यी हुन् ट्रयाक खोल्न बाँकी स्थानीय तह
डोल्पा
शे–फोक्सुन्डो
मुंकेचुला
जगदुल्ला
छार्का ताङसोन
हुम्ला
अदानचुली
ताजाकोट
गोर्खा
चुमनुब्री गाउँपालिका
मनाङ
नार्पाभूमि
कालीकोट
पचालझरना
नरहरिनाथ
महावै
शुभकालिका
बझाङ
तालकोट
साइपाल
दार्चुला
व्यास
दुहुँ
अपिहिमाल
बैतडी
सिगास
स्रोतः स्थानीय पूर्वाधार विभाग
बझाङको साइपाल, मनाङको नार्पाभूमि
१८ वटा स्थानीय तहमा ट्रयाक मात्र खोल्न प्रतिस्थानीय तह २ करोड रुपैयाँ लाग्ने अनुमान छ। त्यस्तै पक्की सडक निर्माण गर्न थप पाँच करोड रुपैयाँका दरले १८ वटा स्थानीय तहमा प्रतिस्थानीय तह सात करोडका दरले १ अर्ब २६ करोड लाग्न सक्ने अनुमान विभागको छ।