काठमाडौं। विगत १७ दिनसम्म सञ्चालन हुन नसकेको प्रतिनिधिसभा बैठक आइतबारदेखि चल्न सुरु भएको छ। संसदमा विरोध र नाराबाजीका बीच छलफल सुरु भएको हो।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै आएको प्रतिपक्षी दलहरू दुई भागमा विभाजित हुँदा संसद चले पनि पूर्ण नभएको हो। आजको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्र रमेश लेखकमाथि छानबिन गर्न माग गर्दै विरोध गरेका हुन्।
विपक्षी दलहरूको विरोधका कारण अधिकांश कुर्सी खाली देखिएका छन्। रास्वपा र राप्रपाका सांसदहरू बैठक बहिष्कार गरेर बाहिरएका छन्।
-1749979333.jpg)
सत्तारुढ दलका सांसदहरू पनि केही मात्रामा गएका छन्। यसैबीच बैठकमा अर्थमन्त्री विष्णु पौडेलले बजेटमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव राखेका थिए। सांसदहरूले त्यसमाथि छलफल गरिरहेका छन्।
यसअघि बैठक सुरु हुनासाथ रास्वपाका सांसदहरूले बेलघेराउ गर्दै नाराबाजी गरेका थिए। राप्रपाका सांसदले उठेर विरोध जनाउँदै बहिष्कार गरेका थिए।
-1749979336.jpg)
‘भिजिट भिसा’ र अध्यागमनको विषयलाई लिएर रास्वपाले विगत केही दिनदेखि संसद् बैठक अवरुद्ध गर्दै आएको छ। रास्वपाले भिजिट भिसा र अध्यागमनका विषय उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको हो।
यसअघि आन्दोलित प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले दुई बुँदे सहमति गर्दै सरकारलाई संसदमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्न दिने निर्णय गरेको थियो।
माओवादी र एकीकृत समाजवादीले संसद चल्न दिने सहमति गरसँगै संसदमा राप्रपा र रास्वपा मात्रै आन्दोलित बन्दै आएका हुन्।
-1749979336.jpg)
-1749979339.jpg)
-1749979339.jpg)