काठमाडौं। हाउजिङ कम्पनी 'भूमि डेभलपर'ले ललितपुरको गोदावरी टौखेल, किटिनीमा नयाँ आधुनिक घरहरू (हाउजिङ) निर्माण गरिरहेको छ। गोदावरीको प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाको काखमा निर्माण हुँदै गरेको यो परियोजना काठमाडौंदेखि नजिकको दूरीमा छ।
विशेष रूपमा डिजाइन गरिएको आवास योजना सानो परिवार तथा विदेशमा भएका व्यक्तिका परिवारका लागि, सेवानिवृत्त जीवन शान्तिपूर्वक बिताउन चाहने वा सानो र सजिलो स्थान खोजी गर्नेका लागि उपयुक्त हुने कम्पनीको भनाइ छ।
के-के छन् विशेषता?
साढे २ अर्ब लगानीमा गरी ४० रोपनी क्षेत्रफलमा बनेको हाउजिङमा स्टान्डर्डका साढे दुई तले ७२ ओटा घरहरू हुने छन्। यी घर पाँच आनादेखि ११ आनाको प्लटमा निर्माण भएका मूल्य रेञ्ज तीन करोडदेखि ९ करोडसम्म रहेको छ।
दुई हजार ६३५ वर्ग फिटमा बनेका घरमा पाँच बेडरुम, लिभिङ रुम, डाइनिङ, किचन, पूजा कोठा रहने छ। यसको मूल्य तीन करोड ८० लाख छ।
परियोजनाअन्तर्गत बनेका घरमा भित्री सजावट निकै आकर्षक हुनेछ। बाहिरी भागदेखि भित्री सजावटसम्म प्रत्येक पाटामा आधुनिक प्रविधिको प्रयोग गरिएको छ।
तीन हजार ३६० वर्ग फिटमा बनेका घरमा ६ बेडरूम, मल्टिपर्पोज हल, फ्यामिली रूम रहेको छन्। यसको मूल्य चार करोड रहेको छ। दुई हजार ६३५ वर्ग फिटमा बन्ने अतिरिक्त सुविधासहित डिजाइन भएको घरको मूल्य ९ करोडसम्म रहेको छ।
परियोजनाअन्तर्गत बनेका घरमा भित्री सजावट निकै आकर्षक हुनेछ। बाहिरी भागदेखि भित्री सजावटसम्म प्रत्येक पाटामा आधुनिक प्रविधिको प्रयोग गरिएको छ।
सिँढी ग्रेनाइट प्रयोग गरिएको, बस्ने कोठा र मास्टर बेडमा ल्यामिनेट फ्लोरिङ, टाइल्ससहितको मोड्युलर किचन हुनेछ। स्विमिङ पुल, जिम हल, यूनिसेक्स सैलुन, पार्क, खेलमैदान,बच्चा खेल्ने ठाउँ, रेष्टुरेन्ट, लाइबेरी, सुरक्षा गार्ड,पानी आपूर्ति, फार्मेसी ग्रोसरी सप लगायतका सुविधा सम्पन्न हुनेछ।
शान्त वातावरण, सुविधा सम्पन्न तथा प्रतिष्ठित अस्पताल, विद्यालयहरु, बिग मार्ट, भाटभटेनी सुपरस्टो, बैंक तथा एटिएमबाट नजिक यो परियोजना निर्माण भइरहेको छ।
कम्पनीका अनुसार सोही स्थाननमा करिब ३ रोपनी क्षेत्रफलमा सुविधा सम्पन्न अपार्टमेन्टसमेत निर्माण गर्ने तयारी भइरहेको छ।
निर्माणकै चरणमा रहेका घरहरू ०८३ सम्ममा खरिदकर्तालाई हस्तान्त्रण हुने कम्पनीले जनाएको छ। हालसम्म ३५ बढी घर वुकिङ भइसकेको छ भने बाँकी घरको बुकिङ खुल्ला रहेको प्रवर्द्धक कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार सोही स्थाननमा करिब ३ रोपनी क्षेत्रफलमा सुविधा सम्पन्न अपार्टमेन्टसमेत निर्माण गर्ने तयारी भइरहेको छ। नेपालका तीन प्रमुख व्यवसायिक समूहहरू- विशाल समूह, देवेन्द्र समूह र बाबा समूहले प्रवर्द्धन गरेका भूमि डेभलपर्स प्रतिष्ठित रियल स्टेट कम्पनी हो। जसले सुविधा सम्पन्न र विलासी जीवनशैलीका लागि उपयुक्त आवास उपलब्ध गराउँदै आएको छ।