काठमाडौं। राष्ट्र बैंकबाट प्रकाशित देशको वर्तमान तथा वित्तीय स्थिति प्रतिवेदनले अर्थतन्त्रका बाह्य सूचकांक सबल हुँदै गएको तथा आन्तरिक सूचकसमेत चिन्ताजनक नरहेको देखाउँछ। बैंकहरूले घरजग्गातर्फ ऋण लगानी बढाएको देखिए पनि कारोबारले भने लय समातिनसकेको व्यवसायी नै बताउँछन्।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक गरेको पछिल्लो ११ महिनामा देशभर १४ लाख २६ हजार २०० घरजग्गा कारोबार हुँदा ४ लाख ७६ हजार ६०४ वटा लिखत पास भए। आर्थिक वर्षको सुरु महिना साउनमा १ लाख २७ हजार २०६ वटा कारोबार हुँदा ४३ हजार ८३५ लिखत पास भए। पछिल्लो जेठसम्म आइपुग्दा कुल कारोबार र लिखत पास दुवै बढ्दा १ लाख हजार कारोबार र ५६ हजार १० लिखत पास भएका थिए। गत वर्षको सोही अवधिमा १४ लाख ६३ हजार ८०३ कारोबार हुँदा ४ लाख ८६ हजार १७९ ओटा लिखत पारित भएका थिए।
घरजग्गामा २०८२ वैशाखसम्म बैंक तथा वित्तीय संस्थाले ६८ खर्ब ८४ अर्ब ५४ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरेर ५५ खर्ब १७ अर्ब ८५ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्। बैंकहरूले घर कर्जा (२० लाख रुपैयाँसम्म) र घरजग्गा कारोबार कर्जा गरी दुई क्षेत्रमा ६ खर्ब ८९ अर्ब ४४ करोड बढी लगानी गरिरहेका हुन्।
घरजग्गा (रियलस्टेट) व्यवसायमा पुनः चहलपहल देखिन थालेपछि यस्तो कर्जाको मागसमेत बढेको राष्ट्र बैंकको तथ्यांक छ ।
हाल बैंक तथा वित्तीय संस्थाको ब्याजदरसमेत तुलनात्मक रूपमा कम रहेको छ। हाल बैंक तथा वित्तीय संस्थाको ब्याज न्यूनतम ५ दशमलव २२ देखि १५ दशमलव ६८ प्रतिशतसम्म छ।
घर जग्गा (रियलस्टेट) व्यवसायमा पुनः चहलपहल देखिन थाले जस्तो देखिने नेपाल राष्ट्र बैंकको तथ्यांक छ। आर्थिक वर्ष २०८२ वैशाखसम्म बैंक तथा वित्तीय संस्थाले यो क्षेत्रमा कुल २ खर्ब ८१ अर्ब ५५ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३२ अर्ब ५८ करोड ८० लाख रुपैयाँले बढी हो । गत वर्षको वैशाखसम्म कुल २ खर्ब ४८ अर्ब ९७ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो।
-1750933920.jpg)
आर्थिक वर्ष २०७७/७८ मा भएको घरजग्गा कारोबारको आर्थिक तथ्यांक
हाल बैंक तथा वित्तीय संस्थाको ब्याजदरसमेत तुलनात्मक रूपमा कम रहेको छ। हाल बैंक तथा वित्तीय संस्थाको ब्याज न्यूनतम ५ दशमलव २२ देखि १५ दशमलव ६८ प्रतिशतसम्म छ।
अर्थतन्त्रका बाह्य सूचक चलायमान भएसँगै बैंक तथा वित्तीय संस्थाको ब्याजदर कम हुँदा जुर्मुराउने क्षेत्रमध्येमा पर्छ, घरजग्गा व्यवसाय। तर, व्यवसायीका अनुसार अहिले खासै चमक छैन।
नेपाल आवास विकास महासंघका पूर्वअध्यक्ष भेषराज लोहनीले घरजग्गा व्यवसाय लयमा फर्किएको भन्न नमिल्ने बताउँछन्। ‘मासिक रुपमा कारोबार घटबढ हुन्छ। गत वर्ष र चालू वर्षको ११ महिनालाई तुलना गर्दा धेरै बढेको देखिँदैन,’ उनले भने, बैंकमा प्रशस्त तरलता छ। ब्याजदर पनि कम छ। त्योअनुसार बजार बढेको छैन।’
यद्यपि, व्यवसायीको सक्रियता हेर्दा घरजग्गा व्यवसाय केही चलायमान भएको भन्न सकिने महासंघ अध्यक्ष विष्णुप्रसाद घिमिरे बताउँछन्। घिमिरेका अनुसार सरकारले घर कर्जामा प्रोत्साहन गरिने पनि नीति र प्रक्रिया जटिल बनाउँदा समस्या छ। करयोग्य आम्दानीलाई मात्रै होइन, अन्य आम्दानीका क्षेत्र पनि छन्। त्यसलाई आधार मानेर ऋण पाउने आधार बनाइदिनुपर्ने उनको भनाइ छ।
गभर्नर विश्व पौडेलले आगामी मौद्रिक नीतिमा लचिलोपन र घर कर्जा पहुँच सजिलो बनाउने आसमा व्यवसायी छन्।
‘घरजग्गा बजार चलायमान हुन लागेजस्तो देखिन्छ। बैंकले ऋण दिन तयार छन् तर करयोग्य सम्पत्तिलाई मात्रै धितोको आधार मान्नुपर्ने हुँदा ऋण प्रवाह बढाउन सकिरहेका छैनन्, उनले भने, ‘उच्च र तल्लो वर्गलाई ऋण र ब्याजदरले खासै अर्थ नराख्ला। मध्यम र न्यून मध्यम वर्गलाई यसले फरक पार्छ। सरकारले त्योअनुसार काम गरिदिए हुन्थ्यो।’
गभर्नर विश्व पौडेलले आगामी मौद्रिक नीतिमा लचिलोपन र घर कर्जा पहुँच सजिलो बनाउने आसमा व्यवसायी छन्। ‘व्यवसायीको खर्बौं लगानी होल्ड भएको छ भने राज्यले राजस्व गुमाइरहेको छ। देशमा केही समयअघि देखिएको आर्थिक संकट र राज्यका पछिल्ला नीतिले यो क्षेत्र बढी प्रभावित भएको छ’, अध्यक्ष घिमिरेले भने, ‘अहिलेको नीतिले सरकारका विशिष्ट कर्मचारीले नै ऋण लिन सक्दैनन्। ७५ हजार तलब खाने कर्मचारीले तलबलाई आधार बनाएर २ करोड ऋण लिन मुस्किल छ। यो सान्दर्भिक भएन भनका छौं। यसबारे गभर्नरसँग पनि कुरा राखेका छौं। १०/१५ वर्षे किस्ता अवधिलाई ३०/४० वर्षे बनाउनुपर्यो भन्ने हाम्रो माग हो।’
-1750933921.jpg)
आर्थिक वर्ष २०७८/७९ मा भएको घरजग्गा कारोबारको आर्थिक तथ्यांक
घिमिरेका अनुसार नयाँ आर्थिक वर्षबाट फेरि कारोबार रोकिने खतरा छ। सरकारले सुरु गरेको जग्गा वर्गीकरणको थप समय पनि सकिइँदै छ। सरकारले यसको जिम्मा स्थानीय सरकारलाई दिएको छ। तर, स्थानीय तहले कामै नगरेको उनको भनाइ छ।
घरजग्गा चलायमान नहुँदा पछिल्ला वर्षमा राज्यले खर्बौं राजस्व गुमाइरहेको घिमिरेको दाबी छ। उनका अनुसार साना तथा टुक्रे जग्गामा सहकारीले समेत धरै संख्यामा ऋण लगानी गर्दै आएका थिए। ‘जग्गामा सहकारीले समेत धरै संख्यामा ऋण लगानी गर्दै आएका थिए। हाल सहकारी संस्था सशंकित छन्। साना लगानीसमेत आएका छैनन्,’ उनले भने।
के भन्छन् व्यवसायी
कीर्तिपुर क्षेत्रलाई आधार बनाएर घरजग्गा सहजीकरणको काम गर्दै आएका राजेन्द्र महर्जन कोरोनाकाल अगाडिजस्तो घरजग्गामा बुम नभएको तर जग्गा चाहियो भन्दै चासो राख्नेहरु बढेको बताउँछन्। ‘पहिलेजस्तो आजको आजै बैना गरौं भन्दै आउने ग्राहक छैनन् तर घरजग्गा किन्नुपर्यो, के कस्तो छ भन्दै फोनमै सोध्ने बढेका छन्। फिल्डमै आउने कम छन्,’ उनी भन्छन् ।
रियलस्टेट एजेन्ट लालपुर्जा नेपालका प्रमुख कार्यकारी अधिकृत सञ्जय नेपाल घरजग्गा व्यवसाय लयमै फर्कियो भन्ने अवस्था नभए पनि सुधार देखिएको बताउँछन्।
टोखा, मनमैजु, झोर क्षेत्रमा घर खोज्नेभन्दा जग्गा खोज्नेको संख्या बढेको व्यवसायी दिवाकर शर्मा बताउँछन्। ‘अलि माथि माथितिर जग्गा चाहियो भन्ने बढी छन्। मूल्य बढ्न सक्छ, घटेका बेला लिन पाए हुन्थ्यो भन्दै कल गर्छन्,’ उनले भने, तर किनिहाल्ने हिम्मत गर्दैनन्। ऋण नपाएर पो हो कि?’
रियलस्टेट एजेन्ट लालपुर्जा नेपालका प्रमुख कार्यकारी अधिकृत सञ्जय नेपाल घरजग्गा व्यवसाय लयमै फर्कियो भन्ने अवस्था नभए पनि सुधार देखिएको बताउँछन्। ‘लयमा फर्कियो भन्न हतार होला तर, चलायमान हुन लागेजस्तो देखिन्छ,’ उनले भने। घरजग्गालाई अन्य व्यावसायिक क्षेत्र चलायमान नभई बैंकको ब्याजदरले मात्रै फरक नपार्ने नेपाल बताउँछन्।
-1750933922.jpg)
आर्थिक वर्ष २०७९/८० मा भएको घरजग्गा कारोबारको आर्थिक तथ्यांक
उनका अनुसार घटेको बजारमा घरजग्गा किनौं भन्नेहरू र ऋण तिर्न बाध्य भएर बिक्री गर्नेहरू मात्रै अलि सक्रिय छन्। ठूलो रकम लगानी गर्ने ग्राहक नभएका र सस्तो जग्गा खोज्नेहरू काँठक्षेत्र केन्द्रित हुँदा चक्रपथभित्र घटेकै बजारमा पनि कारोबार हुन नसकेको उनको भनाइ छ।
‘ऋण लिएर जग्गामा लगानी गर्न डराइरहेका छन्। घटेकै मूल्यमा पनि चक्रपथभित्र कारोबार कम छ। प्रतिआना करोड पर्ने जग्गा ८० लाखमै आएका छन्। सेवा-सुविधा के छन्, नहेरी खरिदकर्ता टोखा, मनमैजु, झोर बूढानीकण्ठतिर आकर्षित छन्,’ उनले भने।
आर्थिक वर्ष २०८०/८१ मा भएको घरजग्गा कारोबारको आर्थिक तथ्यांक
-1750933922.jpg)
आर्थिक वर्ष २०८१/८२ मा भएको घरजग्गा कारोबारको आर्थिक तथ्यांक