काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को अध्यक्ष बाहेकको नयाँ नेतृत्व चयनका लागि मंगलबार बिहान ८ बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुँदैछ। ललितपुरको ग्वार्खोस्थित रोयल टुलिप होटलमा उद्घाटन गरेको महासंघको ६० औँ साधारण सभापछि नयाँ नेतृत्व चयनको निर्वाचन प्रक्रिया भने काठमाडौंको कमलादीमा हुँदैछ।
अहिलेको निर्वाचनबाट उपाध्यक्ष र कार्यकारिणी सदस्यहरू चयन गर्ने छ। निर्वाचित कार्यसमितिले वरिष्ठ उपाध्यक्षसहित कोषाध्यक्ष निर्वाचित गर्ने छ। महासंघको विद्यमान विद्यमान अनुसार एक पटकका लागि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेकोले यो पटक उपाध्यक्ष र कार्यकारिणी सदस्यहरूको पदमा मात्र निर्वाचन हुँदैछ। अवको तीन वर्षपछि हुने निर्वाचनमा भने अध्यक्षसहित सबै पदमा निर्वाचन हुने छ।
महासंघले गठन गरेको निर्वाचन समितिको कार्यालयका अनुसार उपाध्यक्षसहित विभिन्न पदमा ८७ जना चयन हुनेछन्। ८७ जनामा निर्वाचित हुनका लागि १३५ जनाले उम्मेदवारी दिएका छन्। अर्थात्, ८७ पदका लागि १३५ जनाबीच निर्वाचन हुँदैछ।
जिल्ला, नगर उद्योग वाणिज्य समूह
निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार जिल्ला, नगर उद्योग वाणिज्य समूहको २ जना उपाध्यक्षका लागि ४ जनाको उम्मेदवारी परेको छ। उपाध्यक्षका लागि झापा उद्योग वाणिज्य संघबाट उमेश डालमीया, दार्चुला उद्योग वाणिज्य संघका कल्पना गैरे, सिद्धार्थ उद्योग वाणिज्य संघका कृष्ण प्रसाद शर्मा र धुलिखेल उद्योग वाणिज्य संघका दिल सुन्दर श्रेष्ठ रहेका छन्।
जिल्ला, नगर उद्योग वाणिज्य कार्यकारिणी सदस्य
जिल्ला, नगर उद्योग वाणिज्य कार्यकारिणी सदस्यको १५ पदका लागि २२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। जसमा अर्जुन कुमार श्रेष्ठ, उज्वल प्रसाद कसजु, केशव प्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, डासु राज पोखरेल, ताराबहादुर कार्की, दिपक नेपाल, प्रयास कार्की, मञ्जु कुमार श्रेष्ठ कोजु, मोहन प्रसाद श्रेष्ठ, युवराज राजभण्डारी, राजु न्यौपाने, लक्ष्मण राज पौडेल, लालीमान बुढा, विष्णु प्रसाद थपलिया, शंकर गिरी, शिवप्रसाद मानन्धर, सन्तोष खड्का, सुर्दशन कार्की र हरिप्रसाद अर्याल रहेका छन्। यस्तै २ जना महिला कार्यकारिणी सदस्यका लागि गीता अमात्य, रोशनी मैया धौवन्जा, सुस्मा महरा(श्रेष्ठ) र हिरा भट्टराई रहेका छन्।
जिल्ला, नगर उद्योग वाणिज्य समूह अन्तरगत प्रत्येक प्रदेशबाट २/२ जना गरी १४ जना निर्वाचित हुने छन्। ती पदका लागि मधेश प्रदेशबाट अमरनाथ शाह, विरेन्द्रप्रसाद शाह, मोहनप्रसाद शर्मा र हरिप्रसाद गौत्तम रहेका छन्। बागमती प्रदेशबाट कुमार खनाल, प्रकाश मानन्धर, राजकुमार न्यौपाने, रामेश्वर मानन्धर र सविन श्रेष्ठ रहेका छन्।
गण्डकी प्रदेशबाट ओमप्रसाद पौडेल(कृष्ण), चेतनारायण श्रेष्ठ, धर्मराज बस्याल, पविन्द्र कुमार श्रेष्ठ र सुविन श्रेष्ठ छन्। लुम्बिनी प्रदेशबाट टंकबहादुर धामी, यक्षप्रसाद भट्टराई र वालकृष्ण सुवेदी छन्। कर्णाली प्रदेशबाट भने निर्विरोध निर्वाचित भएका छन्। त्यहाँबाट दुई जना पदमबहादुर शाही र पुरिचन्द्र देबकोटाको मात्र उम्मेदवारी परेको छ। यस्तै सुदूरपश्चिम प्रदेशका लागि दानबहादुर सुर्मेदी, पदमराज चौलागाई र पिताम्बर जोशीको उम्मेदवारी परेको छ।
वस्तुगत उपाध्यक्ष
वस्तुगत उपाध्यक्ष १ जनाका लागि दुई जनाको उम्मेदवारी परेको छ। जसमा नेपाल निर्यात परिषद्को तर्फबाट नरेशलाल श्रेष्ठ र नेपाल एलपि ग्यास उद्योग संघको तर्फबाट शिवप्रसाद घिमिरे रहेका छन्।
कार्यकारिणी सदस्य
वस्तुगततर्फको १३ जना कार्यकारिणी सदस्यका लागि २६ जनाको उम्मेदवारी परेको छ। जसमा अरनिको राजभण्डारी, एमबहादुर मगर, कृष्णभक्त श्रेष्ठ, दुर्गाप्रसाद सुवेदी, धनप्रसाद लामिछाने, धर्मराज सापकोटा, धुवबहादुर गौतम, नानीराज घिमिरे, निराजनबहादुर चलाउने, पशुपतीदेव पाण्डे, बसन्तचन्द्र मरहट्टा, बिदुर धमला, भक्तबहादुर हमाल, रघुनन्दन मारु, रविन पुरी, राजकुमार कार्की(राजु) राजेन्द्र संग्रौला, राजेशभक्त श्रेष्ठ, लिलेन्द्रप्रसाद प्रधान, विप्लव अधिकारी, संघर्ष विष्ट, सागर ढकाल, सुबोध कुमार गुप्ता, सुरज बन्जाडे, हरिबहादुर कार्की र होमप्रसाद घिमिरे रहेका छन्।
१ जना महिला कार्यकारिणी सदस्यका लागि कमला श्रेष्ठ र सुनिता न्हेम्हाफुकीको उम्मेदवारी परेको छ। वस्तुगत महासंघको दुई जना कार्यकारिणी सदस्यका लागि ४ जनाको उम्मेदवारी परेको छ। जसमा कृष्णप्रसाद अवाल, विश्वनाथ खनाल, सुधिर पराजुली र सुनैना घिमिरे रहेका छन्।
एसोसिएट उपाध्यक्ष
एसोसिएट उपाध्यक्ष १ जनाका लागि २ जनाको उम्मेदवारी परेको छ। जसमा सयपत्री(मेरिगोल्ड) ज्वेर्लसका ज्योत्सना श्रेष्ठ सुब्बा र लोमस फर्मास्यूटिकल्स प्रालिका प्रवलजंग पाण्डे रहेका छन्।
यस्तै १७ कार्यकारिणी सदस्यका लागि ३३ जनाको उम्मेदवारी परेको छ। जसमा अविनाश बोहरा, अम्बिका प्रसाद पौडेल, अम्बिका शर्मा लामिछाने, इश्वरबहादुर जिसी, ई. देशबन्धु बस्नेत(अजित), ई. बिनोद ढकाल, उज्ज्वल कुमार श्रेष्ठ, ऋषि अग्रवाल, कृष्णलाल महर्जन, गोपाल खनाल, चन्द्रप्रसाद ढकाल, जश श्रेष्ठ, डा. रामशरण थपलिया, डोलप्रसाद अधिकारी, दिवश न्यौपाने, प्रियराज रेग्मी, बटु लामिछाने, बलराम सापकोटा, बाबुकाजी कार्की, भरत रानाभाट, राजकुमार तिमिल्सिना, रामराजा श्रेष्ठ, राजेशकुमार अग्रवाल, रामशरण भण्डारी, शक्तिकमार वेगानी, शैलेन्द्र गुरागाई, सचिन ढकाल, सन्दिप अग्रवाल, सुनिल नारायण श्रेष्ठ, सुयस प्याकुरेल, सुरज उप्रेती, सुशिल थापा र हेमन्त गोल्छा रहेका छन्।
२ जना महिला सदस्यका लागि ४ जनाको उम्मेदवारी परेको छ। जसमा अभिज्ञा मल्ल, जमुना पौडेल, जुना माथेमा र शोभा ज्ञवाली रहेको छ।
द्धिराष्ट्रिय उद्योग वाणिज्य संघको १ सदस्यका लागि २ जनाको उम्मेदवारी परेको छ। जसमा मनोज पौडेल र सन्तोषचन्द कुवरबीच प्रतिस्पर्धा हुने छ। २ जना संस्थापक सदस्यका लागि ३ जनाको उम्मेदवारी परेको छ। जसका लागि गोपाल श्रेष्ठ, टिकाराज ढकाल र सुमन कुमार श्रेष्ठबीच प्रतिस्पर्धा हुने छ।
प्रमुख निर्वाचन अधिकृतमा लीलामणि पौडेल
महासंघको निर्वाचन प्रक्रिया सम्पन्न गर्नका लागि मुख्य निर्वाचन अधिकृतको रूपमा लीलामणि पौडेल चयन गरिएको छ। यस्तै निर्वाचन अधिकृतमा सुमनकुमार केसी र चन्द्रमणि निरौला रहेका छन्।