काठमाडौं। दसैंमा टीका र जमरा विशेष मानिन्छ। जमरामा मात्रै वर्षेनी करिब साढे १४ हजार टन अन्न प्रयोग हुँदै आएको छ। जमरामा प्रयोग भएको अन्नलाई अक्षता र देवीको प्रसाद मान्नेहरु छन्। त्यसलाई अनुउत्पादक भन्नेहरु पनि नभएका होइनन्। तर, जमरा र टीकामा प्रयोग हुने अन्नलाई आवश्यकभन्दा बढी उपयोग नगर्न जानकारहरुले सुझाएका छन्।
शरद् ऋतुको असोज महिनाको शुक्लपक्षमा पर्ने विजयादशमीको नवरात्रको पहलो दिन जमरा राखिन्छ। विभिन्न जातजातिले आफ्नो परम्परा अनुसार जौं, गहुँ, मकै लगायत अन्नको जमरा छर्ने चलन छ। दसैंमा मान्यजनबाट टीका थाप्दा लगाइने ती अन्नका लामा आँकुरा नै जमरा हो।
राष्ट्रिय जनगणन २०७८ अनुसार मुलुकको कुल संख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ जनामध्ये ८१ दशमलब ३४ प्रतिशत संख्या हिन्दु धर्म मान्ने छन्। मुलुकमा हिन्दु धर्म मान्नेहरुको संख्या २ करोड ३६ लाख ७७ हजार ७ सय ४४ छ। यो संख्यालाई एकल परिवार अर्थात ४ जना संख्याको परिवारमा ल्याउने हो भने परिवार संख्या सरदर ५९ लाख १९ हजार ४ सय ३६ हुन आउँछ।
संस्कृतविद् डा. विष्णु गिरीका अनुसार, एकल परिवार अर्थात चार जनाको परिवारले करिब २ सय ५० ग्राम अन्न जमराका लागि प्रयोग गरिने मान्न सकिन्छ। दसैंको जमराका लागि एक संयुक्त परिवारले करिब आधा किलो अन्न प्रयोग गर्दछन्। यसलाई नै आधार मान्ने हो भने करिब १ हजार ४७९ टन अन्न जमराका लागि मात्रै प्रयोग हुने अनुमान गर्न सकिन्छ। ‘चार जनाको परिवारलाई कति प्रयोग होला र? एक मुठ्ठी अर्थात् २ सय ५० ग्राम अनुमान गरौं न,’ उनले भने।
गिरीको भनाईलाई आधार मान्ने हो भने कुल अन्न १ अर्ब ४७ करोड ९८ लाख ५९ हजार ग्राम प्रयोग हुन्छ। यसलाई किलोग्राममा बदल्दा १ हजार ग्राम भनेको १ किलोग्राम हो। प्रयोग हुने जम्मा अन्न १४ लाख ७९ हजार ८५९ किलोग्राम हुन आउँछ। यो किलोग्राम यसलाई मेट्रिक टनमा बदल्दा १ हजार किलोग्राम बराबर १ टन हुन्छ। १४ हजार ७९ टन हुन आउँछ।
स्थान, परिवेश र जातिय पहिचान अनुसार फरक–फरक तरिकाले जमरा राख्ने गरिन्छ। नेपालको मौलिक संस्कृतिसँग जोडिएको चाडमा जमरा राख्दा अन्न खेर गएको बुझ्न नहुने जानकारहरुको तर्क छ। अन्नको जमरा राख्दा सो क्षेत्रमा पाइने माटो र बालुवामा कृषिको सम्भावना परीक्षण भएको मान्नेहरु पनि छन्। यसबाट अन्न उत्पादनशिल र माटोको उर्वराशक्ति मापनसमेत हुने संस्कृतिविद् तर्क राख्छन्।
देशभर १ करोड ७ लाख ७२ हजार मेट्रिक टन उत्पादित कुल खाद्यन्नबाट पशु आहार, भण्डरण तथा प्रशोधन नोक्सानी कटाएर ७५ लाख ३० हजार मेट्रिक टन हुन्छ। यसैबाट जमराका लागि साढे १२ हजार मेट्रिक टन अन्न प्रयोग हुँदै आएको मान्न सकिन्छ। सो अन्न हिन्दु धर्म मान्ने परिवारले प्रयोग गरिएको सरदर तथ्यांक हो।
दसैंंमा मुलुकका विभिन्न मठ मान्दिरमा राखिने अन्नको जमरा र अक्षेता आवश्यकता अनुसार फरक–फरक आँकडामा प्रयोग हुने भएकाले कति परिमाणको अन्न जमरामा प्रयोग हुन्छ एकिनसाथ भन्न सकिन्न। नेपालमा अन्न खेर जाने चाड दसैं मात्र हैन। अन्य वभिन्न चार्डपर्व, भोज भतेर, होटल, रेष्टुरेन्ट लगायत क्षेत्रमा पनि उत्तिकै परिमाणमा अन्न खेर जाने जानकारहरु बताउँछन्।