काठमाडौं। काठमाडौंदेखि पोखरासम्मको करिब दुई सय किलोमिटर लामो राजमार्ग विस्तारको काम पाँच वटा प्याकेजमा भइरहेको छ। नागढुंगा-मुग्लिङ सडक आयोजनाको पूर्वी खण्ड (नागढुंगा-नौबिसे र नौबिसे-मलेखु), नागढुंगा-मुग्लिङ पश्चिम खण्ड, पोखरा-मुग्लिङ सडक आयोजना पूर्व र पश्चिम गरी ५ वटा प्याकेजमा विस्तार भइरहेको छ।
सोअन्र्तगत मादी नदी पुल पनि बन्दै छ। यो नेपालको पहिलो चार लेनको पुल भनेर दाबी गरिएको छ। करिब दुई सय किलोमिटर लामो राजमार्गमध्ये नागढुंगा-कलंकी १०-१२ किलोमिटर र मुग्लिन-आबु खैरेनी करिब १० किलोमिटर खण्ड ठेक्कामा समावेश छैन।
हाल करिब १८० किलोमिटरको विस्तार कार्य पाँच खण्डमा काम भइरहेको छ। यी सडक करिब साढे १२ किलोमिटर त्रिभुवन राजमार्गअन्तर्गत र करिब १७३ किलोमिटर सडक पृथ्वी राजमार्ग पर्दछ। यी सडकले देशको राजधानी काठमाडौं जोड्नुका साथै नेपालका पूर्वी जिल्लालाई जोडिरहेका छन्।
यी सडक खण्डका आयोजनाका निमार्ण कार्य सम्पन्न भएमा आम नागरिकको यात्रा सहज बन्ने देखिन्छ। काठमाडौंदेखि पोखराको लाइफलाइन मानिने सडक खण्डको मर्मत तथा विस्तार कार्यले अहिले तीव्रता पाएको आयोजनाले जनाएका छन्।
नागढुंगा-मुग्लिन सडक खण्डको ५२ प्रतिशत भौतिक प्रगति
नागढुंगा-मुग्लिङ सडक आयोजनाको पूर्वी खण्डमा दुई वटा प्याकेज छन्। नागढुंगा-मुग्लिन सडक खण्डको कामले ५२ प्रतिशत समग्र भौतिक प्रगति हासिल गरेको छ। आयोजनाको मुख्य प्राथमिकतामा परेको १५ वटा पुलमध्ये १० वटामा सवारी साधनको परीक्षण सञ्चालन (ट्रायल रन) भइसकेको छ। यसले गर्दा चाडपर्वहरूमा ट्राफिक जाम व्यवस्थापनमा सहयोग पुगेको योजना प्रमुख केशवप्रसाद ओझा बताउँछन्।
यी आयोजनाको कुल लम्बाई ५५ किलोमिटर पर्छ। यहाँ हालसम्म करिब २७ किलोमिटरमा पहिलो तहको कालोपत्रे सम्पन्न भएको योजना प्रमुख ओझ बताउँछन्।
‘बाँकी पाँच वटा पुलमध्ये तीन वटामा काम तीव्र गतिमा भइरहेको छ। १ वटामा जग्गा विवाद र १ वटामा अदालतको मुद्दाका कारण काम अड्किएको छ,’ उनले भने, ‘सञ्चालनमा रहेका पुलहरूमा समेत कालोपत्रे र दायाँबायाँको स्ल्याब निर्माण जस्ता अन्तिम काम बाँकी नै छन्।’
पहिलो प्याकेजमा नागढुंगा-नौबिसे खण्ड १२.२ किलोमिटर र दोस्रो प्याकेजमा नौबिसे-मलेखु खण्ड ४३.५ किलोमिटर रहेका छन्। यी आयोजनाको कुल लम्बाई ५५ किलोमिटर पर्छ। यहाँ हालसम्म करिब २७ किलोमिटरमा पहिलो तहको कालोपत्रे सम्पन्न भएको योजना प्रमुख ओझ बताउँछन्।
-1763552101.jpg)
पहिलो प्याकेजमा नागढुंगा-नौबिसे खण्डको लागत रकम एक अर्ब ३१ करोड रहेको छ। यहाँको भौतिक प्रगति ८० प्रतिशत भएको छ। यो प्याकेजको काम आगमी चैत्र पहिलो साता सकिँदै छ। दोस्रो प्याकेज नौबिसे-मलेखु खण्डको लागत रकम पाँच अर्ब रुपैयाँ रहेको छ। यसको भौतिप्रगति ४५ प्रतिशत सकिएको छ। आगमी असोजसम्म समय रहेको छ।
नागढुंगा-मुग्लिङ पश्चिमी खण्डको ३४ प्रतिशत भौतिक प्रगति
नागढुंगा-मुग्लिङ सडक आयोजनाको पश्चिमी खण्डको भौतिक प्रगति ३४ प्रतिशत रहेको छ। योजनाका सूचना अधिकारी ई.सचेन्द्र मिश्रका अनुसार ठेक्का व्यवस्थापन अन्य प्याकेजभन्दा आठ महिना ढिलो भए पनि प्रगति राम्रो हसिल गरेको उल्लेख गरे। अघिल्लो आर्थिक वर्ष (२०८०/८१)को असोजमा आएको बाढी पहिरोले कृष्ण भीर क्षेत्रको पृथ्वी राजमार्गमा क्षति पुर्याएको थियो।
सडक किनारामा करिब ८० मिटर लम्बाईमा ५० सेन्टिमिटर भाँसिएको स्थानमा सुधारको काम भइरहेको छ। यसका लागि भर्टिकल पाइलिङ सकिएको छ। अहिले एङ्कर पाइल तथा एङ्कर ब्लक राख्ने तयारी भइरहेको आयोजनाका सूचना अधिकारी ई.सचेन्द्र मिश्रले बताएका छन्।
पाँच अर्ब ११ करोड रुपैयाँ लगात छ। सुरुको ठेक्का सम्झौताअनुसार समय अवधि डिसेम्बरसम्म तोकिएको थियो। अहिले म्याद थपको प्रक्रियामा रहेको र ड्याप संयन्त्रले म्याद थपको लागि सिफारिस गरिसकेको जानकारी दिइएको मिश्रले बताए।
पोखरा-मुग्लिन पूर्व खण्डा सडक आयोजनाको काम लगभग सम्पन्न
पोखरा-मुग्लिन सडक आयोजनाअन्तर्गत पूर्वी खण्डमा पर्ने अबु खैरेनीदेखि जामुने खण्डको ४१ किलोमिटर सडक विस्तार कार्य करिब-करिब सम्पन्न भएको छ। आयोजनाका सूचना अधिकारी ई. विष्णु प्रसाद पाण्डेका अनुसार सडकको भौतिक संरचना निर्माणका कामहरु अधिकांश सकिएका छन् भने ट्राफिक सुरक्षा तथा लाइटिङका केही सामान्य कामहरु मात्र बाँकी छन्।
हालसम्म, सडक स्तरोन्नति कार्यमा ३८.७१ किलोमिटर चार लेन बराबरको सडकमध्ये ३३.८३ किलोमिटर सम्पन्न भएको आयोजना प्रमुखले कुंवर जनाए।
समग्रमा सडक सबस्टेन्सियल कम्प्लेक्सनको अवस्थामा पुगेको छ। कुल लागत ६ अर्ब २१ करोड अनुमानितमध्ये हालसम्म करिब ७३ प्रतिशत भुक्तानी भइसकेको छ। बाँकी रहेको रकम सडक सुरक्षा र ५ वर्षको ‘डिफेक्ट लायबिलिटी पिरियड’ (डीएलपी) अर्थात् मर्मत सम्भारका लागि उपयोग गरिने छ।
-1763552103.jpg)
‘यस खण्डमा यात्रा गर्न अब राम्रो स्मुथ बाटो भएकाले करिब ४५ मिनेटदेखि १ घण्टाभन्दा कम समय लाग्छ,’ उनले भने, ‘सडकको अन्तिम म्याद नोभेम्बर ८ सम्म तोकिएकोमा अब भने म्याद थप हुँदैन, परामर्शदाताले टेकिङ ओभर सर्टिफिकेट दिने प्रक्रियामा रहेको छ।’ पोखरा र मुग्लिन बीचको यात्रामा सहजता अनुभव गर्न सक्ने छन्।
मुग्लिङ्ग-पोखरा सडक आयोजना पश्चिम खण्ड
मुग्लिङ्ग-पोखरा सडक आयोजना पश्चिम खण्डामा पर्ने तनहुँको जामुनदेखि कास्कीको सेती पुलसम्मको सडक स्तरोन्नति परियोजनाले उल्लेख्य प्रगति हासिल गरेको छ। ७ अर्ब ४० करोडको लागतमा सुरु भएको ३८.७१ किलो मिटर सडक खण्डको भौतिक प्रगति ६१.३९ प्रतिशत र वित्तीय प्रगति ४७.८० प्रतिशत भएको छ।
यस सडक खण्डमा ३७.५० किलो मिटरमा प्रथम तहको कालोपत्रे कार्य सम्पन्न भइसकेको छ। जसमध्ये ३०.१५ किलो मिटर (चार लेन)मा दुई तर्फी र ७.३५ किलोमिटर (दुई लेन) मा एकतर्फी कालोपत्रे गरिएको छ। साथै, ३६ किलो मिटर (दुई लेन)मा दोस्रो तह (अस्फाल्ट) को कालोपत्रे र ५ किलो मिटरमा सर्भिस लेनको कालोपत्रे कार्य सम्पन्न भएको मुग्लिङ्ग-पोखरा सडक योजना, पश्चिम खण्ड, कास्की योजना प्रमुख कृष्ण बहादुर कुंवरले बताए।
उनका अनुसार, यो परियोजनाअन्तर्गत १२ वटा पुलमध्ये ११ वटाको निर्माण र १०५ वटा कल्भर्टको निर्माण कार्य शतप्रतिशत सकिएको छ। यसैगरी, १ अर्ब ७ करोड लागतको १९० मिटर लामो ‘एक्स्ट्रा डोज्ड केबल स्टेइड’ सेती पुल निर्माणको भौतिक प्रगति ५२.३५ प्रतिशत र वित्तीय प्रगति ५१.६३ प्रतिशत भएको कुंवरले बताए।
पुलको १२० वटै पाइल फाउन्डेसन, ४ वटा पाइल क्याप र ४ वटै टावरको निर्माण सम्पन्न भइसकेको छ। र डाउन स्ट्रिमको सुपरस्ट्रक्चर निर्माण सुरु भएको छ। हालसम्म, सडक स्तरोन्नति कार्यमा ३८.७१ किलोमिटर चार लेन बराबरको सडकमध्ये ३३.८३ किलोमिटर सम्पन्न भएको आयोजना प्रमुखले कुंवर जनाए। परियोजनाको प्रगति सन्तोषजनक भएपनि केही समस्याले गर्दा निर्धारित समय सीमा (सडकका लागि २०८२ पुस १६ र पुलका लागि २०८३ वैशाख २१) भित्र काम सक्न चुनौती देखिएको छ।
प्रमुखले कुँवरका अनुसार, पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टसहित ५५ वटा विद्युतीय पोल स्थानान्तरण गर्न बाँकी रहेको, खानेपानी स्थानान्तरणको काम सुस्त र रुख कटान सम्पन्न भए पनि लिलामी हुन नसकेको उनले जनाए। साथै, सेती पुलको उत्तरतर्फ मगर समाज लगायतका ३ वटा स्थायी संरचना हटाउन ढिलाइ भइरहेको उल्लेख गरे।
नेपालकै पहिलो चार लेनको पुल निर्माण हुन ३० प्रतिशत बाँकी
मुग्लिङ-पोखरा सडक आयोजनाअन्तर्गत तनहुँको मादी नदीमा पर्ने नेपालकै पहिलो चार लेनको पुल निर्माण हुन ३० प्रतिशत बाँकी छ। नेपालमै पहिलो एउटै स्ल्याबमा २३ मिटर चौडाई भएको चार लेनको पुल निर्माण कार्य ३० प्रतिशत मात्रै बाँकी रहेको हो। तीन सय १८ मिटर लामो चार लेनको पुल निर्माण भइरहेको छ। यो पुलको कुल लागत एक अर्ब २१ करोड छ।
नेपाल सरकारले सैद्धान्तिक डिजाइन दिएपछि सम्पूर्ण विस्तृत डिजाइनको जिम्मेवारी निर्माण व्यवसायी स्वयंले लिएका छन्।
निर्माणाधीन यस पुलको भौतिक प्रगति हाल करिब ७२ प्रतिशत भएको सडक विभागअन्र्तगत पर्ने मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)का सूचना अधिकारी ई. विष्णु प्रसाद पाण्डेले बताए। उनका अनुसार वित्तीय प्रगति ७० प्रतिशत भएको छ। ठेक्काको म्याद पहिलो पटक थप भई आगामी २०८३ असार १९ गतेसम्म कायम गरिएको छ। ‘डिजाइनको स्वीकृति हुनलाई ६-७ महिना ढिलो भएको थियो। तीन वर्षभित्र त्यो डिजाइन र निमार्ण काम सक्नु पर्ने थियो,’ उनले भने, ‘ठेक्काको म्याद पहिलोपटक थप भई आगामी २०८३ असार १९ गतेसम्म कायम गरिएको छ, यो समयसम्म काम सकिन्छ।’
-1763552103.jpg)
यो पुल नेपालको पूर्वाधार विकासमा एउटा कोसेढुंगा साबित हुनेछ। तीन सय १८ मिटर लम्बाइको यस पुलमा चार वटा गाडी एकैपटक गुड्न सक्नेछन्। यसको कुल ६ वटा स्प्यानमध्ये चार वटा आरसीसी बक्स गर्डर र बाँकी दुई वटा नेटवर्क आर्क डिजाइनका छन्।
पुलको मुख्य विशेषता भनेको डिजाइन-बिल्ड कन्ट्र्याक्टअन्तर्गत निर्माण भइरहेको छ। नेपाल सरकारले सैद्धान्तिक डिजाइन दिएपछि सम्पूर्ण विस्तृत डिजाइनको जिम्मेवारी निर्माण व्यवसायी स्वयंले लिएका छन्। डिजाइनको प्राविधिक पक्षसम्मको जिम्मेवारी निर्माण व्यवसायीकै हुनेछ। पुलको मर्मत सम्भार अवधि पाँच वर्ष रहेको छ।
वर्षायामका कारण नदीमा पानीको बहाव बढेकाले केही काममा ढिलाइ भएको छ। तर, मनसुन सकिएलगत्तै बाँकी रहेका दुई स्प्यान र एप्रोच रोडको काम सुरु भइसकेको योजनाले जनाएको छ।
हालसम्म पुलका मुख्य संरचनाहरूको काम सम्पन्न भइसकेको छ। अनक जे.आई.सी र जे.भी.- नेपाली र चाइनिज संयुक्त ठेकेदारले निर्माण कार्यलाई तीव्रता दिएका छन्। पुलको कुल ६ वटा स्प्यानमध्ये हालसम्म ४ वटा स्प्यानको काम सकिएको छ र बाँकी रहेका २ वटा स्प्यान सुरु भइसकेको छ। ‘लजिकल्ली भ्याउने टाइम बाकी राखेर मात्रै गर्नु पर्ने भएर दशैं पछाडी दुइटा स्प्यानको काम सुरु भताभट भइरहेको छ,’ उनले भने।
ठेकेदार अनुभवी भएकाले प्राकृतिक अवरोध नआएमा तोकिएको समयभित्रै काम सम्पन्न हुने अपेक्षा गरिएको छ। यो पुलमा दुई तर्फी डबल लेन, बीचमा मेडियन र दुवै साइडमा फुटपाथसहितको सुविधा हुनेछ।
वर्षायामका कारण नदीमा पानीको बहाव बढेकाले केही काममा ढिलाइ भएको छ। तर, मनसुन सकिएलगत्तै बाँकी रहेका दुई स्प्यान र एप्रोच रोडको काम सुरु भइसकेको योजनाले जनाएको छ। मादी नदीबाटै बालुवा र गिट्टीको स्रोत उपलब्ध भए पनि गुणस्तरको सुनिश्चितताका लागि बस्तीपुरबाट पनि ढुङ्गा ल्याएर मिश्रण गरी प्रयोग गरिएको छ।