काठमाडाैं। विगत सात वर्षदेखि छाला, सौन्दर्य तथा डर्माटोलोजी सेवामा सक्रिय नवडर्मा स्किन, हेयर ट्रान्सप्लान्ट एण्ड लेजर एस्थेटिक्सले काठमाडौंको नयाँ बानेश्वरस्थित नयाँ तथा आधुनिक परिसरबाट सेवा सञ्चालन सुरु गरेको छ।
सेवा विस्तारसँगै आयोजित विशेष समारोहमा नवडर्माले हेयर ट्रान्सप्लान्ट सेवाको औपचारिक शुभारम्भ गर्नुका साथै अत्याधुनिक र्फ्याक्सनल सिओ-टू लेजर मेसिनको उद्घाटन गरेको छ। यससँगै सेवाग्राहीले अन्तर्राष्ट्रियस्तरको प्रविधिमा आधारित छाला, कपाल तथा लेजर एस्थेटिकसम्बन्धी उपचार एउटै स्थानबाट प्राप्त गर्न सक्ने जनाइएको छ।
नवडर्माकी प्रबन्ध निर्देशक श्रेया पान्डेले उपयुक्त मुल्यमा उत्कृष्ठ सेवा दिने बताइन्। नवडर्माले नयाँ स्थानमा अत्याधुनिक प्रविधि, आरामदायी पूर्वाधार तथा विशेषज्ञ चिकित्सकहरूको अनुभवी टोलीमार्फत गुणस्तरीय, सुरक्षित र व्यक्तिगत उपचार सेवा प्रदान गर्ने लक्ष्य लिएको पान्डेले बताइन्।
संस्थाका अनुसार हेयर ट्रान्सप्लान्ट सेवा कपाल झर्ने वा टाउकोको कपाल पातलो हुने समस्याबाट प्रभावित व्यक्तिलाई प्राकृतिक देखिने र दीर्घकालीन समाधान उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो।
त्यसैगरी, नयाँ र्फ्याक्सनल सिओ-टू लेजर मेसिनमार्फत छालाको दाग, एक्नेका दाग, असमान बनावट, पोर्स, स्ट्रेच मार्क तथा अन्य छालासम्बन्धी समस्याको आधुनिक र प्रभावकारी उपचार गर्न सकिने विश्वास गरिएको छ।
नवडर्मा व्यवस्थापनले सात वर्षदेखि सेवाग्राहीले गरेको विश्वासलाई आफ्नो सबैभन्दा ठूलो उपलब्धि भन्दै आधुनिक प्रविधिसहित अझ व्यापक र परिणाममुखी उपचार सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ।
साथै आगामी दिनमा पनि अन्तर्राष्ट्रिय स्तरका प्रविधि र विशेषज्ञ चिकित्सकीय सेवा नेपालमै उपलब्ध गराउँदै सेवाग्राहीको सौन्दर्य, आत्मविश्वास र स्वास्थ्य प्रवर्द्धनमा निरन्तर योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।