काठमाडौंं। नेपालमा खाद्यन्न वस्तुको आयात वृद्धि भएको छ। भन्सार विभागका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा खाद्यन्न आयात वृद्धि भएको हो। विभागका अनुसार आघिल्लो आर्थिक वर्षमा २०८०/८१ मा ९ लाख ७१ हजार टन खाद्यन्न आयात भएको छ। गत आर्थिक वर्ष २०८१/८२ मा ११ लाख ८३ हजार टन खाद्यन्न आयात भएको छ। यो भनेको २ लाख १२ हजार टन खाद्यन्न बढी हो।
यस्तै, सो वर्षहरुमा खाद्यन्न आयात बढी भएर रकम पनि बढी भएको छ। अघिल्लो आर्थिक वर्षमा ४५ अर्ब ७९ करोड रुपैयाँको खाद्यन्न आयात भएको थियो। गत वर्ष ६० अर्ब ७८ करोड रुपैयाँको खाद्यन्न आयात भएको छ। यो भनेको गत अघिल्लो आर्थिक वर्षको तुलनामा १४ अर्ब ९९ रुपैयाँ बढी हो।
भारतले रुस–युक्रेन युद्धको समयमा (सन् २०२२ को अन्त्यदेखि २०२३/०२४ सम्म) अर्थात आर्थिक वर्ष २०८०/८१ सम्ममा गैरबासमती चामलको निर्यातमा प्रतिबन्ध तथा कोटा प्रणाली लगाएइको थियो। यो प्रणाली गत वर्ष २०८१/८२ (सन् २०२५ सुरुवातदेखि खुकुलो वा पूर्ण रुपमा खुला) खुला गरेपछि नेपालको खाद्यान्न बजारमा उल्लेखनीय प्रभाव परेको कृषि अर्थविज्ञ डा. देवेन्द्र गौचनको विश्लेषण गर्छन्।
भारतले गैरबासमती चामल निर्यातमा प्रतिबन्ध लगाउँदा नेपालमा खाद्यान्नको आयात सीमित भएको डा. गौचन बताउँछन्। यसको परिणाम स्वरूप, नेपालको बजारमा चामललगायत सम्पूर्ण खाद्यान्नको मूल्य बढ्न पुगेको थियो।
नेपाल राष्ट्र बैंकले पनि आर्थिक वर्ष २०८०/८१ मा खाद्य तथा पेय पदार्थको मुद्रास्फिती ६.४८ प्रतिशत उल्लेख गरेको छ। यो वर्ष गैरखाद्यको मुद्रास्फिती ४.६५ रहेको थियो। यो वर्ष समग्रमा ५.४४ प्रतिशत मुद्रास्फिती थियो। डा. गौचनका अनुसार, आर्थिक वर्ष २०८१/८२ (सन् २०२५) मा भारतबाट निर्यात प्रतिबन्ध हटेपछि सस्तो मूल्यको (गैरबासमती) चामल खुला रूपमा नेपाल भित्रिएको थियो। बजारमा आपूर्तिको दबाब बढेपछि नेपालमा खाद्यान्नको मूल्यमा गिरावट अर्थात सुधार आएको डा. गौचन बताउँछन्।
समीक्षा अवधिमा भारतसहित विश्वका अधिकांश अर्थतन्त्रमा मुद्रास्फिती उल्लेखनीय रूपमा सुधार आएको उल्लेख गरिएको छ।
फस्वरुप आर्थिक वर्ष २०८१/८२ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फिती ४.०६ प्रतिशतमा सीमित रह्यो। राष्ट्र बैंकको वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्षको पहिलो पाँच महिनासम्म तरकारी, दाल, गेडागुडी, चामललगायत खाद्य वस्तुको मूल्य वृद्धिका कारण उपभोक्ता मुद्रास्फितीमा दबाब परे पनि त्यसपश्चात् ती वस्तुहरूको मूल्य क्रमशः घट्दै गएपछि मुद्रास्फितीमा चाप पनि कम हुँदै गएको थियो।
समीक्षा अवधिमा भारतसहित विश्वका अधिकांश अर्थतन्त्रमा मुद्रास्फिती उल्लेखनीय रूपमा सुधार आएको उल्लेख गरिएको छ। गत आर्थिक वर्षमा खाद्य तथा पेय पदार्थ र गैरखाद्य तथा सेवा समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फिती क्रमशः ४.६९ प्रतिशत र ३.७१ प्रतिशत रहेको छ ।
सरकारले खाद्यन्न गहुँ, मैदालगायतमा भन्सार र अन्य करहरू घटाएको कारणले खाद्यान्नको मूल्य घट्नमा थप सहयोग पुगेको डा. गौचनको तर्क छ। साथै, भारतको निर्यात नीतिमा आएको परिवर्तन र सरकारद्वारा गरिएको कर कटौतीका कारण नेपालमा खाद्यान्नको मूल्य वृद्धि नियन्त्रणमा आई मूल्यमा सुधार आएको देखिन्छ।
नेपालको मुद्रास्फिती पछिल्लो पाँच वर्षमा ७.७४ प्रतिशत उच्च विन्दुमा
नेपाल राष्ट्र बैंकले जारी गरेको पछिल्लो तथ्यांकअनुसार उपभोक्ता मूल्य सूचंकअनुसार नेपालको समग्र मुद्रास्फिती आर्थिक वर्ष २०७९/८० मा ७.७४ प्रतिशतको उच्च विन्दुमा पुगेको छ। सबैभन्दा बढी मूल्य वृद्धि गैरखाद्य तथा सेवा समूहमा देखिएको उल्लेख छ।
आर्थिक वर्ष २०७९/८० मा गैरखाद्य समूहको मुद्रास्फिती ८.८२ प्रतिशत रहेको थियो। सोही अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फिती ६.६२ प्रतिशत थियो। यसले पेट्रोलियम पदार्थ, यातायात, शिक्षा र स्वास्थ्य सेवालगायत गैरखाद्य वस्तु तथा सेवाको मूल्यमा आएको उच्च वृद्धिले समग्र महँगी बढाउन मुख्य भूमिका खेलेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ।
उपभोक्ता मुद्रास्फिती विवरणः
| आर्थिक वर्ष |
खाद्य तथा पेय पदार्थ (प्रतिशतमा) |
गैरखाद्य (प्रतिशतमा) |
(मुद्रास्फिती प्रतिशतमा) |
| २०७७/७८ |
५ |
२.५१ |
३.६० |
| २०७८/७९ |
५.६९ |
६.८३ |
६.३२ |
| २०७९/८० |
६.६२ |
८.६२ |
७.७४ |
| २०८०/८१ |
६.४८ |
४.६५ |
५.४४ |
| २०७१/८२ |
४.६९ |
३.७१ |
४.०६ |
स्रोतः नेपाल राष्ट्र बैंक
खाद्यान्न आयातले राजस्व संकलनमा वृद्धि
नेपालमा पछिल्लो पाँच आर्थिक वर्षको तथ्यांकले खाद्यान्न आयातको परिमाणमा उतार चढाव देखिएको छ। कुल आयात रकम र त्यसबाट प्राप्त हुने राजस्व संकलनमा वृद्धि भएको पाइएको छ।
भन्सार विभागका अनुसार, गत आर्थिक वर्ष २०८१/८२ मा ५ अर्ब ४४ करोड रुपैयाँ राजस्व संकलन भएको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब ९८ करोड राजस्व संकलन भएको थियो। यो भनेको २ अर्ब ४६ करोड रुपैयाँ कम हो।
पाँच वर्षमा नेपालले आयात गरेको खाद्यन्न विवरण
| आर्थिक वर्ष |
परिमाण (टनमा) |
आयात रकम (हजारमा) |
राजस्व (हजारमा) |
| २०७७/७८ |
२३३७४०३ |
७९५९२७४६ |
५५६२८५६ |
| २०७८/७९ |
१८८३३८० |
७४२८३७०७ |
५०७६७५७ |
| २०७९/८० |
१२९५९७८ |
५६६२५३४७ |
३५७०२१५ |
| २०८०/८१ |
९७१४३६ |
४५७९७४७५ |
२९८३३१७ |
| २०८१/८२ |
११८३१४५ |
६०७८११२५ |
५४४५२१९ |
स्रोतः भन्सार विभाग