एनसेलले लकडाउनका कारण घरमै बसेका ग्राहकलाई लक्षित कोसेली योजना सञ्चालन गरेको छ । एनसेलले प्रिपेड ग्राहकका लागि ल्याएको अफरअन्तर्गत प्रिपेड सेवा प्रयोग गरिरहेका आफन्त तथा साथीभाइलाई भ्वाइस प्याक, डेटा प्याक र एसएमएस प्याक उपहारस्वरूप पठाउन सक्नेछन् ।
एनसेल कोसेलीका रूपमा पठाउन सकिने सेवाहरूमा ७५ मिनेट टक टाइम, ५५ मिनेट टक टाइम, ६ सय एमबी डेटा, २१ सय एमबी डेटा र १ हजार एसएमएस रहेका छन् । एनसेल कोसेलीअन्तर्गतका प्याकहरू ११ वैशाखदेखि लागू भएको कम्पनीले जनाएको छ ।
योजनअन्तर्गत ग्राहकले ७५ मिनेट भ्वाइस प्याक करसहित मात्र ६२ रुपैयाँ ५७ पैसा र त्यसैगरी ५५ मिनेट भ्वाइस प्याक करसहित ३१ रुपैयाँ ९२ पैसामा उपहार पठाउन सक्नेछन् । ५५ मिनेटको भ्वाइस प्याक उपहार प्राप्त गर्नेले ३ दिनभित्र एनसेल नेटवर्कभित्र प्रयोग गर्न सक्नेछन् । त्यस्तै, ७५ मिनेटको भ्वाइस प्याक उपहार पाउने ग्राहकले ७ दिनभित्र प्रयोग गर्न सक्नेछन् ।
डेटामा ग्राहकले ६ सय एमबी डेटा (२ सय एमबी अल नेट, २ सय एमबी फोरजी र २ सय एमबी नाइट डेटा) ४४ रुपैयाँ ६९ पैसामा उपहारस्वरूप पठाउन सक्नेछन् । उपहारको डेटा प्याक ३ दिनका लागि मान्य हुनेछ । त्यसैगरी प्रिपेड ग्राहकले ७ दिनका लागि २१ सय एमबी डेटा (हरेक दिन ३ सय एमबीसम्म) ९७ रुपैयाँ ४ पैसामा उपहार दिन सक्नेछन् ।
यसका साथै ग्राहकले १ हजारवटा एसएमएसको प्याक उपहारस्वरूप २४ रुपैयाँ २६ पैसामा पठाउन सक्नेछन् । यसरी प्राप्त हुने एसएमएस उपहार प्राप्त गर्ने ग्राहकले आफूले पाएको मितिबाट ३० दिनसम्म प्रयोग गर्न सक्नेछन् ।
एनसेल कोसेली अफरअन्तर्गतका उपहारहरू पठाउन ग्राहकले एस्ट्रिक्स १७१११ ह्यास डायल गरी निर्देशनअनुसारको विकल्प छनोट गर्नुपर्ने बताइएको छ । साथै, ग्राहकले १७१११ मा डायल गरी यो अफरको जानकारी पनि लिन सक्नेछन् । उपहारबापतको शुल्क उपहार पठाउनेको मेन ब्यालेन्सबाट काटिनेछ । एनसेल कोसेलीबाट उपहार पठाउन थप अन्य कुनै सेवाशुल्क भने नलाग्ने एनसेलले जनाएको छ । ग्राहकले आफ्नो इच्छाबमोजिम जतिपटक पनि उपहार पठाउन सक्नेछन् ।