काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारीको फैलावट र प्रभाव विरुद्ध लड्न विश्वका सबैं ठाँउबाट सहयोग बढ्दै भएको भन्दै कोका –कोलाले समुदायहरुलाई सहयोग स्वरुप रू. ८ करोड प्रदान गर्ने बताएको छ ।
कोका –कोलाले नेपालमा शुरु गरेको राहत कार्यक्रमले यो समयमा मुलुकभर १ लाखभन्दा बढि जीविकालाई लाभान्वित र सकारात्मक प्रभाव पार्ने पनि बताएको छ । कोका –कोलाले नेपालमा फ्रन्टलाइन स्वास्थ्यकर्मी, आपतकालिन कामदार र यस्तो अनिश्चित समयमा धेरै प्रभावित भएका वेस्ट वर्करहरुलाई सहयोग पुर्याउन रू. ८ करोड प्रारम्भिक सहयोग गर्ने भनेको छ ।
कोका–कोलाले देशलाई सुरक्षित राख्न अथक परिश्रम गरिरहेका फ्रन्टलाइन स्वास्थ्यकर्मीहरु र आपतकालिन कामदारहरुका लागि आधारभूत स्वास्थ्य सुविधाहरु, आवश्यक मेडिकल उपकरण र व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) को वृद्धि गरि तत्काल राहत प्रदान गरी समुदायलाई सहयोग गर्न सक्रिय कदम चाल्नु परेको बताएको छ ।
साथै उक्त कम्पनीले आपतकालिन कामदारलाई पेय पदार्थ र दैनिक ज्यालामा निर्भर प्रभावित समुदायलाई खाद्यान्न राहत सामग्रीहरु प्रदान गर्दै सहयोग पनि गरेको छ ।उसले यी पहलहरु साझेदार, गैरसरकारी संस्था र समुदायहरुको संयुक्त प्रयासमा शुरु गरिएको बताएको छ ।
नेपालमा समुदायहरुलाई कोभिड–१९ विरुद्ध लड्न र यसको थप फैलावटलाई कम गर्न सहयोग पुर्याउन नेपाल रेडक्रस सोसाइटी र रिसाइक्लिङ्ग पार्टनर क्रियशनसँग साझेदारी गरेको भन्दै उसले कोकार् –कोला कम्पनी र बोटलिङ्ग पार्टनर बोटलर्स नेपाल लिमिटेड यस विश्वव्यापी संकटमा आफ्ना कर्मचारी, उपभोक्ता र समुदायहरुको सुरक्षा र हित सुनिश्चित गर्न प्रतिबद्ध रहेको पनि बताएको छ ।
कोकार्कोला, अप्रेशनका भाइस प्रेसिडेन्ट सुन्दीप बजोरियाले भने, ‘विश्वव्यापी कोभिड—१९ महामारीले हामी सबैका लागि अत्यन्तै चुनौतिपूर्ण समय निमत्याएको छ, यो अशान्तिको बखत हामीलाई स्थिर राख्ने सम्पूर्ण साहसी फ्रन्टलाइन कर्मचारीहरुप्रति हार्दिक आभार प्रकट गर्दछौं ।’