काठमाडौं । ६ महिना देखी डिश होमको रिचार्ज नगरी बसेका ग्राहकहरुले आइतबारबाट १ महिना निशुल्क हेर्न पाउने भएका छन् । डिश होमका महाप्रवन्धक रमेश सापकोटाले विभिन्न कारणले ६ महिना देखी रिचार्ज नगरी बसेका ग्राहकरुलाई लक्षित गरी १ महिना निशुल्क सेवा सुचारु गर्न लागिएको जानकारी दिए ।
‘१ महिनाको बिचमा ती ग्राहकहरुलाई हाम्रो सेवा मन परे फेरी रिचार्ज गर्नुहुने छ,’ महाप्रवन्धक सापकोटाले भने, ‘नगरेपनि लक डाउनको अवधिमा घरमा बस्नका लागि राम्रो साथी हुने छ ।’ शनिवारबाट ४ कक्षा देखी १० कक्षासम्मका विद्यार्थीहरुलाई लक्षित गरी घरमै क्लास कार्यक्रम सुरु गरेकोले १ महिनाको अवधिमा ती ग्राहकका बालबालीकाले पनि पढ्ने अवसर पाउने उनले बताए ।
रिचार्ज नगरेकै कारण कुनैपनि विद्यार्थीहरु कक्षा लिनबाट बञ्चित नहुन भन्ने उद्धेश्यले १ महिनाको लागि निशुल्क सेवा दिन लागिएको उनको भनाई छ ।
डिशहोम र डियरवाल्क लर्निङ सेन्टरको सहकार्यमा कक्षा ४ देखी कक्षा १० सम्मको अंग्रेजी, गणित, नेपाली र विज्ञान विषयका कक्षाहरु प्रशारण सुरु गरेको छ । महाप्रवन्धक सापकोटाका अनुसार डिशहोमको च्यानल नं. ११४ मा कक्षा १० को, च्यानल नं. ११५ मा कक्षा ९, ८ र ७को र च्यानल नं.११७ मा कक्षा ६, ५ र ४ को पाठ्यक्रमहरु विहान ८ बजेदेखी बेलुकी ८ बजे सम्म प्रशारण हुनेछ ।
घरमै बसिबसि ती विद्यार्थीहरुले विद्यालयको पाठ्यक्रम अनुसार कक्षा लिन पाउने छन् । यो क्लासलाई लक डाउनपछि पनि निरन्तरता दिने विषयमा छलफल भइरहेको महाप्रबन्धक सापकोटाले जानकारी दिए ।
डिश होमले नेपालका टिभी सेवा प्रदायक मध्य सबैभन्दा बढी प्रयोगकर्ता रहेको नेटवर्क भएको र उपग्रह (स्याटलाइट)को मध्यमयबाट ७७ जिल्ला, ७ सय ५३ स्थानीय तहका ६ हजार ७ सय ४३ वटा वडामा सिग्नलको पहुँच र ग्राहकहरू रहेका छन । हाल डिश होमका १५ लाख भन्दा बढी ग्राहकहरु रहेका छन्।