काठमाडौं। एमालेले राष्ट्रिय सभा उम्मेदवार टुंगो लगाएको छ। मधेसबाहेक अन्य प्रदेशमा एमालेले राष्ट्रिय सभा उम्मेदवार टुंगो लगाएको हो।
कोसीमा रोशनी मेचे, बामतीमा प्रेम दंगाल, गण्डकीमा सम्झना देवकोटा, लुम्बिनीमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिम प्रदेशमा लीला भण्डारी उम्मेदवार बन्ने भएका हुन्। मधेस प्रदेशमा उम्मेदवार टुंगो लाग्न बाँकी रहेको एमालेले बताएको छ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन हुँदै छ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज उमेदवारी दर्ताको कार्यतालिका छ। आज बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ।
राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र मधेशकेन्द्रित जनता समाजवादी पार्टी (जसपा) लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच तालमेल हुने भएको छ ।
तालमेलका लागि कांग्रेसले सात, एमालेले सात, नेपाली कम्युनिस्ट पार्टीले तीन र जसपाले एक सिट लिने गरी समझदारी बनेको वार्तामा हभागी एक नेताले जानकारी दिएका छन्। निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त हुने १८ सदस्यका लागि निर्वाचन गने लागेको हो।
यद्यपि सिट भागबन्डाप्रति असुन्तुष्टि जनाउँदै नेपाली कम्युनिस्ट पार्टी संयोजक पुष्पकमल दाहालले एक्लै लड्ने बताएका छन्।