काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन जारी छ। महासंघको एसोसियटतर्फ १७ सदस्य पदको नतिजा प्रकाशित भएको छ।
उक्त पदमा विजयी हुने १७ उम्मेदवारमध्ये सचिन ढकाल आईएमई ग्रुपमा आबद्ध छन् भने हेमन्त गोल्छा हुलास रेमिटेन्स प्रालिमा आबद्ध छन्।
यस्तै, अम्बिकाप्रसाद पौडेल स्काई टच इन्भेष्टमेन्ट एन्ड कन्सल्टेन्ट प्रालि, उज्ज्वलकुमार श्रेष्ठ पञ्चकन्या कंक्रिट प्रिमिक्स प्रालि, शक्तिकुमार बेगानी गणपति ज्वेलर्स नेपाल प्रालि, ऋषि अग्रवाल यती पोलिकेम प्रालि, सुशील थापा साहस ऊर्जा, राजेशकुमार अग्रवाल अर्घाखाँची सिमेन्टमा आबद्ध छन्।
महासंघका अनुसार सुयस प्याकुरेल (एमएम पोलिमर्स प्रालि, रामशरण भण्डारी हस्पिटल फर एडभान्स्ड मेडिसिन एन्ड सर्जरी, बाबुकाजी कार्की बूढानीलकण्ठ हेरिटेज, दिवश न्यौपाने सर्वोत्तम सिमेन्ट, कृष्णलाल महर्जन क्लासिक डायमन्ड ज्वेलर्स, प्रियराज रेग्मी क्रिस्टल कञ्चनजंघा सेक्युरिटिजमा आबद्ध छन्।
यस्तै, ईश्वरबहादुर जिसी एचडी इन्डष्ट्रिज, सुरज उप्रेती एसआर फुड्स र बटु लामिछाने अर्बिट इनर्जी प्रालिमा आबद्ध छन्।