काठमाडौं । काठमाडौ तथा सहरी क्षेत्रमा आफ्नो घर होस् भन्ने चाहना हरेकको हुन्छ । सोही कारण नेपालजस्तो विकासशील देशमा सहरी क्षेत्रमा बसाइँ सर्ने क्रम बढ्दो छ ।
ग्रामीण भेगको पुख्र्यौली जग्गाजमिन बिक्री गरेर या ऋण गरेरै भए पनि सहरमा सानो घर बनाउन खोज्नेहरु बढिरहेका छन् । सहरी क्षेत्रमा घरजग्गा खरिद गर्नेहरु बढेसँगै उनीहरुको मागअनुसार उपयुक्त घरजग्गा खोजिदिने व्यवसायी पनि हरेक चोक तथा चिया पसलमा भेटिन्छन् । तर, त्यस्तो बिचौलियाको भरमा पर्दा जिन्दगीभरको कमाइ डुब्ने डर पनि रहन्छ ।
सोही कारण भरपर्दो र विश्वासिला कम्पनीमार्फत घरजग्गा खरिद गर्नेहरु बढिरहेका छन् । तर, घरजग्गाको विषयमा जानकारी लिन सम्बन्धित स्थानमै पुग्न सबैलाई समय अभाव हुन्छ । त्यसैलाई दृष्टिगत गरी आजकल घरजग्गा खरिद–बिक्री अनलाइन पोर्टल खुल्ने क्रमले तीव्रता पाएको छ ।
यस्ता कम्पनीले विभिन्न सामाजिक सञ्जाल तथा इन्टरनेटमार्फत ग्राहकले खोजेअनुसारको मूल्यमा उपयुक्त घर जग्गाको जानकारी गराइरहेका छन् । आफ्नै घरमा बसेर घरजग्गासम्बन्धी सम्पूर्ण जानकारी श्रव्यदृश्यमार्पmत लिन सकिने हुनाले ग्राहकको रोजाइ पनि अनुलाइन पोर्टलमा बढी देखिन थालेको छ ।
ग्राहकको यही चाहना बुझेर २०७४ सालबाट सञ्चालनमा आएको अनलाइन पोर्टल हो, समृद्धि विकास रियल स्टेट प्रालि । कम्पनीलाई नेतृत्व गर्दे सञ्चालक तथा सीईओ श्यामसूर्य तामाङले बेलायतमा मार्केटिङ एन्ड इनोभेसन मास्टर डिग्री गरेका छन् ।
बेलायतमै संसारकै उत्कृष्ट रियल स्टेट कम्पनी सेन्चुरीमा ५ वर्ष काम गरेर त्यहाँको अनुभव स“गालेर उनी नेपाल फर्किएका हुन् ।
नेपालमा फर्किएर बेलायतको आफ्नो अनुभव कसरी कार्यान्वयन गर्ने भन्नेतिर सोच्न लागे, तामाङ । ‘नेपालमा घरजग्गा कारोबारलाई पार्ट टाइम व्यवसाय बनाउ“दै आएको देखियो,’ उनले भने, ‘कार्यालय नै खोलेर कर्मचारी राखेर त्यहीअनुसारको तालिम दिने कम्पनी यो नै पहिलो हो ।’
एक्लैले कम्पनी अघि बढाउन नसकिने देखेर पुराना साथीहरू ललितकुमार न्यौपाने, भरत केसी, लबकुमार गुरूङ, निलम अाचार्य, सुबास थापा र सुमन राईलाई व्यावसायिक साझेदारको रुपमा भिœयाए ।
लाजिम्पाटको सामान्य घरमा कार्यालय राखेर शुरुआत भएको व्यवसायको कर्पोरेट अफिस सिटी सेन्टरमा छ । ‘हाम्रो बिजनेस भनेको पुराना घर बिक्री वितरण गर्ने मात्र होइन,’ तामाङले भने, ‘त्यसका लागि अव कस्ता–कस्ता क्षेत्रमा लगानी गर्ने र कसरी किन्ने भन्ने परामर्श पनि दिन सुरुआत गरेका छाैँ।’
समृद्धि रियल स्टेटमै किन त ?

यो ग्रुप सम्बन्धित विषयमा अध्ययन गरेको तथा अनुभवी संगठित भएर खोलिएको कम्पनी हो । उनले भने, ‘मैले रियल स्टेटमा लगानी कसरी गर्ने र सुरक्षीत छ–छैन, विश्लेषण गर्ने विषयमा डिग्रीसमेत गरेको छु ।’ सोही कारण ग्राहक आवश्यकता र क्षमताअनुसार उपयुक्त प्रोपर्टी उनीहरुलाई उपलब्ध गराउने उनको भनाइ छ ।
ग्राहकको चाहनाअनुसार कर्जा उपलब्ध गराउन हामी होम लोनका लागि बैंकहरुसँग पनि कम्पनीले समन्वय गर्ने गरेको छ । अहिले कम्पनीले ग्लोबल, एभरेष्ट, माछापुच्छे« र प्रभु बैंकसँग सहकार्य गरिरहेको छ । उनले भने, ‘हामीसँग आउनुभयो भने होम लोनको तयारीका लागि बैंकलाई दिनुपर्ने १ प्रतिशत सेवाशुल्कको ५० प्रतिशत छूट हुन्छ ।’
यस्तो छ घर किन्ने प्रक्रिया
ग्राहकले घरजग्गा छनोट गर्नुअगाडि नै कम्पनीका दक्ष प्राविधिकले प्राविधिक परीक्षण गर्छन् । सो परीक्षणमा सम्बन्धित ग्राहकको पनि सक्रिय सहभागिता रहन्छ । आफै“ले परीक्षण गर्ने हुनाले हरेक कुराको ग्यारेन्टी कम्पनीले नै लिन्छ । तामाङले भने, ‘हामीसँगको कारोबार पनि पारदर्शी हुन्छ । हामीसँग आएको कमिसनको राजस्व पनि तिरेकै हुन्छौँ ।’
कम्पनीले घरजग्गा बेच्न आउनेलाई निःशुल्क परामर्श दि“दै आएको छ । अहिले समृद्धिसँग काठमाडौ“मा १ करोडदेखि २० करोडसम्मका घर छन् भने बाहिर १ करोडसम्मका घर बिक्रीमा छन् । त्यस्तै, काठमाडौ“ उपत्यकाको रिङरोडभित्र प्रतिआना २० लाखभन्दा माथिका जग्गा छन् भने रिङरोडबाहिर साढे २ देखि १० लाखसम्मका पनि छन् ।
त्यस्तै, समृद्धिले अर्पाटमेन्ट बिक्री मात्रै होइन, भाडामा पनि उपलब्ध गराँउछ । अपार्टमेन्ट भने ४५ लाखदेखि ५ करोड रुपैयाँसम्मका छन् । कम्पनीले लैनचौर, बनेपा, थानकोट, पोखरा, चितवन, भैरहवा, बुटवल, धरान, बिर्तामोड, इटहरीमा पनि शाखा सञ्चालनमा ल्याएको छ ।
व्यवसायको प्रकृतिअनुसार ०.५ देखि ५ प्रतिशतसम्म सेवाशुल्क लिँदै आएको छ । एनआरएनलाई सेवाशुल्कमा २० प्रतिशत छूट दिदै आएको छ ।
(क्यापिटल बिजनेश म्यागजिनबाट)