काठमाडौं। बूढानीलकण्ठमा सञ्चालित पाँचतारे होटल ‘लेमन ट्री’ प्रिमियममा साझेदारको रुपमा सानिमा लाइफ इन्स्यारेन्स र आधान्त फण्ड म्यानेजमेन्ट लिमिटेड प्रवेश गरेको छ।
सञ्चालनमा आएको एक वर्षपछि लेमन ट्री प्रिमियममा सानिमा लाइफ इन्स्योरेन्सको ७ र आधान्त फण्डले ९ प्रतिशत सेयर स्वामित्व लिएर साझेदारको रुपमा प्रवेश गरेको हो।
बूढानीलकण्ठ हेरिटेजद्वारा सञ्चालन गरेको होटलले सर्वसाधारणलाई समेत सञ्चालक बनाउने उद्देश्यका साथ प्राथामिक सेयर (आईपिओ) जारी गर्ने अन्तिम तयारी गरिरहेको बेला लेमन ट्री प्रिमियममा साझेदारको रुपमा सानिमा लाइफ इन्स्यारेन्स र आधान्त फण्ड भित्रिएको पुष्टि एक सञ्चालकले गरे।
‘हामीलाई पनि केही साझेदारको आवश्यकता थियो, कुरा गर्दै जाँदा उहाँहरूसँग मिलेपछि भित्र्याएका हौँ,’ ती सञ्चालकले भने, ‘कति रकमभन्दा पनि प्रिमियम दरमै उहाँहरू आउनु भएको छ।’

औपचारिक रुपमै दुई संस्थालाई सञ्चालकको रुपमा प्रवेश गरेको पुष्टि अध्यक्ष अम्बिका पौडेलले केही दिनअघि सामाजिक सञ्जालमा भिडियोमार्फत पुष्टि गरिसकेका छन्। यद्यपि, कति मूल्य बराबरको सेयर लिएको हो भन्नेबारे सार्वजनिक गर्न ती सञ्चालकले मानेनन्।
तर, लेमन ट्री प्रिमियमको सञ्चालकको रुपमा दुई जनालाई भने नियुक्त गरिसकेको छ। सञ्चालक समितिको अध्यक्षमा अम्बिका पौडेल र सदस्यहरुमा बाबुकाजी कार्की, दिपक पाण्डे, नवराज बुर्लाकोटी, हरिप्रसाद पाठक, शिवनाथ पाण्डे र प्रदिप सिंग्देल चयन भएका छन्। यीमध्ये शिवनाथ सानिमा र प्रदिप आधान्त फण्डबाट प्रतिनिधित्व गरेका हुन्।
कूल ३ अर्ब लगानीमा बनेको होटल २०८१ भदौबाट औपचारिक रुपमा सुरु भएको हो। होटलमा १०२ वटा कोठाहरु रहेको छ। तीमध्ये ५७ वटा ट्विन्स रुम, ३३ वटा किङ रुम, ६ वटा जुनियर सुइट रुम, ४ वटा बिजनेस सुइट रुम र २ वटा प्रेसिडेन्टल सुइट छन्। साढे १२ रोपनी क्षेत्रफलमा फैलिएको होटलबाट काठमाडौं उपत्यकालाई नजिकबाट नियाल्न सकिन्छ।
उसले आईपिओ निष्काशनका लागि कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ।
होटलमा अल डे डाइनिङ रेस्टुराँ, स्पेसियालियाटी रेस्टुरेन्ट, ३ वटा मिटिङ रुम, रुफ टप रेस्टुरेन्ट एण्ड बार, हेल्थ क्लब, २ वटा बैंक्वेट हल र क्यासिनो मुख्य गरी व्यावसायिक प्रयोजनका लागि महत्वपूर्ण योगदान गर्ने सुविधायुक्त र आधुनिक संरचना बनेको छ। होटल नारायणगोपाल चोकबाट पाँच किलोमिटर दूरीमा रहेको छ।
आईपिओको फाइल धितोपत्र बोर्ड पुग्यो
आईपिओ जारी गर्ने अनुमतिका लागि धितोपत्र बोर्डमा फाइल पठाएको ती सञ्चालकले जानकारी दिए। कम्पनीले आफ्नो जारी पुँजीको १५ प्रतिशत अर्थात् प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँमामा १५ लाख कित्ता आईपिओ निष्कासन गर्ने तयारी गरेको छ।

उसले आईपिओ निष्काशनका लागि कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ। ‘हामीले फाइल धितोपत्र बोर्डमा पठाइसकेका छौँ,’ ती सञ्चालकले भने, ‘अनुमति आउने वित्तिकै आवश्यक प्रक्रिया अगाडि बढाउँछौँ।’
*सच्याइएको