दुई दिन बिजुली आपूर्ति बन्द हुने 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत १०, साेमबार,०५:४५:PM  
दुई दिन बिजुली आपूर्ति बन्द हुने 

काठमाडौं । कुलेश्वर वितरण केन्द्र अन्तर्गतको कलंकीदेखी ढुंगेधारासम्म मंगलबार र बुधबार बिजुली आपूर्ति बन्द हुने भएको छ ।

चक्रपथ विस्तारका लागि स्वीचाटार‌( स्वयम्भु  फिडरबाट वितरित एचटी लाइनको जम्पर छुटाइ कार्य गर्नुपर्ने भएकोले  मंगलबार र बुधबार दुई दिन  बिहान ११ बजेबाट साँझ ५ बजेसम्म बिजुली आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरणकी सूचना अधिकृत लीला अर्यालले जानकारी दिइन ।

उनीका अनुसार उक्त फिडर अन्तर्गत बुढाथोकी कोल्ड स्टोर ,मुसलवान टोल, बुढानिलकण्ठ मन्दिर, टेम्पो पार्क, सिभिल होम्स, टौखेल, अलाकत्रा फेक्ट्री लगायत  क्षेत्रका ग्राहक प्रभावित हुने छन । निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने अर्यालले बताइन 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top