काठमाडौं । न्याय माग्न काठमाडौं आएका मिटरब्याज पीडितहरुले राजधानीको टंगालमा अहिले विरोध प्रदर्शन गरेका छन्। पीडितहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर आफ्ना गुनासा सुनाउने बताएका छन्।![338349203_1522337758579128_3992144178261804315_n1679977568.jpg](https://www.capitalnepal.com/uploads/posts/338349203_1522337758579128_3992144178261804315_n1679977568.jpg)
उनीहरुलाई प्रहरीले टंगालमा रोकेको छ। निषेधित क्षेत्रमा जान लागेपछि प्रहरीले रोकेको छ। उनीहरुले टंगालमै बसेर प्रदर्शन गरेका छन्।
![338377516_225142623373749_601294323758074204_n1679977568.jpg](https://www.capitalnepal.com/uploads/posts/338377516_225142623373749_601294323758074204_n1679977568.jpg)
पीडितहरुले तमसुक व्यस्था खारेज र मिटरब्याजीलाई कारबाही, जफत गरिएको सम्पत्ति फिर्ता र मिटरब्याजीविरुद्धको कानुन निर्माणको माग गर्दै विरोध प्रर्दशन गरिरहेका छन्।
![337612915_1155288251805903_7700285502630271452_n1679977553.jpg](https://www.capitalnepal.com/uploads/posts/337612915_1155288251805903_7700285502630271452_n1679977553.jpg)
न्याय माग्दै पीडितहरु महोत्तरीको बर्दिवासबाट पैदल हिँडेर सोमबार काठमाडौं आएका हुन्। उनीहरु खुलामञ्चभित्र प्रवेश गरेर बस्न खोज्दा काठमाडौं महानगरपालिकाले रोकेको थियो।
![337673192_247303090981081_2142366250858441754_n1679977553.jpg](https://www.capitalnepal.com/uploads/posts/337673192_247303090981081_2142366250858441754_n1679977553.jpg)
रातभर खुला सडकमा रात बिताएका उनीहरु आज बिहान प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्न भन्दै अगाडि बढेका थिए।
मिटरब्याज पीडितलाई भेटेर आन्दोलन रोक्न गृहसचिवको आग्रह
यता गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले मिटर ब्याज पीडितलाई धर्नाका कार्यक्रम रोक्न अनुरोध गरेका छन् ।
सचिव सिंहले टंगाल पुगेर पीडितलाई भेटेर धर्ना स्थगित गर्न आग्रह गरेका छन्। पीडितलाई न्याय दिलाउन सरकारले कानुनी पहल गरिरहेको गृहसचिव सिंहले जानकारी गराएका थिए।
गृह सचिवसँगको भेटमा पीडितहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर पीडा सुनाउन चाहेको बताएका थिए।
![336758337_216363231069765_566798555956962979_n (1)1679977552.jpg](https://www.capitalnepal.com/uploads/posts/336758337_216363231069765_566798555956962979_n (1)1679977552.jpg)