काठमाडौं । मारवाडी सेवा समितिको शुक्रबार काठमाडौंमा निर्वाचन हुँदैछ । नेपालका स्थापित व्यवसायी तथा उद्योगीहरु रहेको मारवाडी सेवा समितिमा दुई समूह भएर निर्वाचन हुन लागेको हो ।
३१ कार्यसमितिको निर्वाचनका लागि दुई समूहबाट ६२ जना निर्वाचनमा होमिएका छन् । कार्यसमितिको निर्वाचनपछि जित्ने सदस्यहरुले अध्यक्ष चयन गर्नेछन् । चुनावका लागि बसन्त चौधरी र कैलाशचन्द्र गोयलको समुह बनाएर निर्वाचन हुँदैछ । पहिला नै अध्यक्ष को दाबेदार को हुने भन्ने पक्का नभएपनि समुहलाई नेतृत्व गरिरहेका चौधरी र गोयल नै अध्यक्षमा प्रतिस्पर्धा गर्न सक्ने एक व्यवसायीले बताए ।
बसन्त चौधरी नेपालको कर्पाेरेट घराना चौधरी गु्रप अन्तर्गतको बिएलसीका अध्यक्ष हुन् । नर्भिक अस्पतालका अध्यक्षसमेत रहेका चौधरीको खाद्य, शिक्षा, मदिरा उद्योगलगायतका लगानी रहेको छ ।
कैलाशचन्द्र गोयल पनि नेपालको व्यापारिक समूह गोयल गु्रपका अध्यक्ष हुन् । गोयल गु्रपको बैंक तथा वित्तीय संस्था, पेन्ट्स उद्योग, हाइड्रो, रियलस्टेटमा लगानी रहेको छ ।
गोयल बालुवाटार जग्गा प्रकरणमा मुछिएपछि विवादित बनेका थिए । गोयल समूहले उत्पादन गर्ने कान्साई नेरोल्याक पेन्ट्सको विषयमा ट्रेडमार्कको पनि विवाद भएको थियो । किसानलाई उखुको पैसा नदिने लुम्बिनी मिल्सको सम्पर्क व्यक्तिको रुपमा आएर सेटिङ मिलाउने काम पनि उनले गरेका थिए ।
विं.सं. २०१० सालमा स्थापना भएको मारवाडी सेवा समिती नेपालको पुरानो संस्थामध्ये एक हो । नेपालको विपत्ती र महामारीमा परोपकारी काम गर्दै आइरहेको मारवाडी सेवा समितिमा ७ वर्षपहिलादेखि दुई गुट देखा परेको छ । सोहि गुटबन्दीको असर पछिल्लो निर्वाचनमा पनि देखिएको हो ।
हरेक दुई वर्षमा निर्वाचन हुनुपर्ने भएपनि गुटबन्दीका कारण दुई कार्यकालभन्दा बढि निर्वाचन भएको छैन । समितिमा १६५० जना सदस्यहरु रहेका छन् । ती सदस्यले कार्यसमिती छानेपछि कार्यसमितिले अध्यक्ष छान्ने नियम रहेको छ । चौधरी र गोयल अध्यक्षमा प्रतिस्पर्धा नगरे अर्कै आकाँक्षी प्रतिस्पर्धामा उत्रने एक सदस्यले बताए ।
बसन्त चौधरी समूह

कैलाशचन्द्र गोयल समूह
