काठमाडौं। असोजका लागि वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। २० वाणिज्य बैंकमध्ये ८ वटाले ब्याजदर बढाएका छन् भने ७ वटाले घटाउँदा ४ वटाको स्थिर रहेको छ।
२० वाणिज्य बैंकमध्ये साधारण मुद्दती निक्षेपमा बैंकहरूले न्यूनतम २.७५ प्रतिशतदेखि अधिकतम २.८० प्रतिशतसम्म ब्याजदर तोकेका छन्। विभिन्न प्रकारका बचत खाताबीच २ प्रतिशतभन्दा धेरै ब्याजदर अन्तर हुन नपाउने व्यवस्था छ।
मुद्दती खाताअन्तर्गत एकवर्षे व्यक्तिगत बचतमा न्यूनतम ३.२५ प्रतिशतदेखि अधिकतम ५ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ। व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ब्याजदर अहिले पनि ६ प्रतिशत नै छ।
भदौयता बैंकहरुले आफूखुसी ब्याजदर निर्धारण गर्दै आएका छन्। बैंकहरुले निक्षेपको ब्याजदर परिर्वतन गर्दा औषतमा १० प्रतिशतले घटबढ गर्ने गरेका छन्।
बैंकको ब्याजदर मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ११.३६ प्रतिशतसम्म पुगेको छ। सबैभन्दा बढी व्यक्तिगत मुद्दती निक्षेपमा प्राइम कमर्सियल बैंकले ११.३६ प्रतिशत ब्याज दिनेछ।
यस्तै, नबिल बैंकले मुद्दती निक्षेपमा ११.०५ प्रतिशत ब्याज दिनेछ। असोजमा बैंकको ब्याज भदौको तुलनामा ०.५६ प्रतिशतले बढेको हो।
सबैभन्दा धेरै ब्याजदर बढाउनेमा हिमालयन बैंक रहेको छ। बैंकको ब्याजदर भदौको तुलनामा असोजमा १.०६ प्रतिशतले बढेर ११.०५ प्रतिशत पुगेको छ।
एनआईसी एसियाले पनि ब्याजदर बढाएको छ। मुद्दती निक्षेपमा भदौका लागि १०.८९६ प्रतिशत ब्याजदर तोकेकामा असोजका लागि ११.०५ प्रतिशत पुर्याएको छ।
व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाउनेमा नेपाल एसबीआई बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, एनआईसी एसिया बैंक, प्राइम कमर्सियल बैंक, नेपाल बैंक, लक्ष्मी सनराइज बैंक, सिटिजन्स बैंक, कृषि विकास बैंक र हिमालयन बैंक रहेका छन्।
असोजमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर नेपाल एसबीआई बैंकले ५.१८ प्रतिशत, कुमारीले ४.८१ प्रतिशत, एभरेष्टले ५.२५ प्रतिशत, एनआईसी एसियले ६ प्रतिशत, प्राइम कमर्सियलले ५.५ प्रतिशत, नेपाल बैंकले ५.२५ प्रतिशत, लक्ष्मी सनराइजले ४.७५ प्रतिशत, सिटिजन्सले ५.२५ प्रतिशत, कृषि विकास बैंकले ५.०५ प्रतिशत र हिमालयनले ४.२५ प्रतिशत कायम गरेका छन्।
यसैगरी भदौकै ब्याजदरलाई असोजमा निरन्तरता दिनेमा सिद्धार्थ, राष्ट्रिय वाणिज्य बैंक, एनएमबी, नेपाल इन्भेस्टमेन्ट मेगा, नबिल, माछापुच्छ्रे, सानिमा, प्रभु र ग्लोबल आइएमई बैंक रहेका छन्।
कर्जा लगानी नबढ्दा लगानीयोग्य रकम पर्याप्त रहेकै बेला बैंकहरूले ब्याजदर बढाएका छन्। अहिले बैंकहरूको औषत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८३.१४ प्रतिशत छ।