काठमाडौं । राजधानीको बुद्धनगर १० स्थित रुद्रमती मार्गमा बागमती करिडोर अन्र्तगतको सार्वजनिक जग्गा मिचिएको भन्दै स्थानीयले विरोध गरेका छन् । बागमती करिडोरको आधारभूत योजनामाथि नै धक्का पर्ने देखिपछि स्थानीयले विरोध जनाएका हुन् ।
आवश्यक नाप तथा चेकजाँच गरि अतिक्रमण गरिएको भूमि सार्वजनिक गराउनु पर्ने स्थानीयको माग छ । साथै, खुलम—खुला खोलाको जग्गालाई व्यक्तिगत बनाउदै हडप्नेलाई कारवाही गर्नुपर्ने स्थानिय बताउँछन् ।

बागमती करिडोर अन्र्तगत पर्ने बुद्धनगर—ललितपूर जोडने पक्की भएका पर्खालहरुमा समेत केही भू—माफियाले चलखेल गरेको स्थानियको आरोप छ । भू—माफियाहरुले माटो खन्याएर खोलाको दूरी मिची एकलौटी रुपमा ललितपुरस्थित युएनपार्क तर्फको पर्खाल बढाएका छन् ।
युएन पार्कतर्फ एकलौटी पेलेर बुद्धनगरमा रहेको व्यक्तिगत जग्गा बचाउ गरिएको छ । सो जग्गा बचाउनका लागि बुद्धनगर युएन पार्क जोडने मानिस हिड्ने पुल नजिकबाट पहिलेकै स्थानमा पर्खाल यथावत राखिएको छ ।
सो पुलको करिब १०० मिटर जति एक फिटको हिम पाइप हाली व्यक्तिगत जग्गालाई संरक्षण गरिएको स्थानिय रुद्र शर्माले जानकारी दिए ।
सार्वजनिक जग्गा मिचेर अहिले त्यहाँ घर निर्माण भएका छन् । साथै नयाँ घर पनि बन्ने क्रममा छन् ।
उक्त स्थानमा खोला छेउमा रहेका मंगलको लाइन समेत सारिएको छ । सहायक मंगल बनाएर बाटो पिच गरिएको छ । सार्वजनिक जग्गा मिचेर घर बन्ने क्रममा रहेकाले यसको यथाशिघ्र चेक जाँच गर्नु पर्ने स्थानीयको माग छ ।

केही पहुँचवालाको इशारामा चलेरभन्दा पनि सरकारी जग्गालाई व्यक्तिगत हुन नदिन छिट्टै सम्बन्धित निकायको ध्यान जानुपर्ने अर्का स्थानीयबासिन्दा रितेश लिम्बुले जानकारी दिए ।
उक्त बागमती करिडोर अन्तर्गत पर्ने सहायक मंगल छेउमा देखावटी रुपमा साना होम पाईप हालिएको छ । बागमती करिडोरको अन्य स्थानमा हालिएका होम पाईपहरु ठूला भए पनि बाग्मती बुद्धनगरको व्यक्तिगत जग्गा बचाउन निकै साना पाइप हालिएको छ ।
त्यसले आगामी वर्षायामको सुरुवातदेखि नै पानी तथा ढल जामका समस्या सिर्जना गर्ने सम्भावना पनि देखिन्छ । पहुँचवालाको पक्षमा नभई न्याय तथा सत्य—तथ्यको हिसाबमा काम गर्नु पर्नेमा स्थानीयले जोड दिएका छन् ।