काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएसी) को लापरबाहीका कारण लाखौ लगानीकर्ताले लामो समयदेखि हैरानी खेप्नु परेको छ । सिडिएसीले लगानीकर्तालाई उपलब्ध गराएको मेरो सेयर नचल्दा लगानीकर्ताहरुले पाउनु दुख पाएका छन् ।
झट्ट हेर्दा शुक्रबारको महिला लघुवित्तको प्राथमिक निष्कासनको सेयर बाँडफाँडका कारण समस्या आएको भनिए पनि मेरो सेयरको समस्या लामो समयदेखि रहँदै आएको छ । नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा सेयर कारोबार हुँदा वा नहुँदा पनि मेरो सेयरको समस्या लामो समयदेखि देखिँदै आएको छ ।
![No description available.](https://scontent.fktm4-1.fna.fbcdn.net/v/t1.15752-9/154288382_862548824293204_3413847852236163935_n.png?_nc_cat=108&ccb=3&_nc_sid=ae9488&_nc_ohc=Lt2pA_H8F54AX9GmYiC&_nc_ht=scontent.fktm4-1.fna&oh=f5f468d517eb5eae0e520672941cb76e&oe=60603131)
दिनभर नचल्ने मेरो सेयर रात्रिकालीन समयमा मात्रै खुल्ने गरेको पाइन्छ । र त्यही बेला सर्वसाधरण लगानीकर्ताले साधारण निष्कासन (आइपीओ) भर्ने गरेको छन् । शुक्रबार महिला लघुवित्तको सेयर बाँडफाँड भएपछि भने मेरो सेयर कोमामा गएको छ ।
यसले बिहीबार सेयर बिक्री गरेका लगानीकर्ताहरु झन ठूलो समस्यामा चेपिएका छन् । अहिले सेयर खदिर बिक्रीमा टी प्लस टूको नियम लागू छ । यसो हुँदा बुधबार बेचेको सेयर शुक्रबार हस्तान्तरण गर्छु भनेर बसेको भए मेरो सेयरको साइट नखुल्दा त्यो लगानीकर्ता क्लेजआउटमा पर्ने सम्भवना छ ।
अर्कोतिर बिहीबार बेचेको सेयरका लागि आइतबार समय भए पनि अवस्था यस्तै रहे त्यो लगानीकर्ता पनि क्लोजआउटमै जाने सम्भवना देखिन्छ । यद्यपि, बिहीबारका बिक्रीकर्तालाई शनिबार पनि समय रहँदा केही सहज भने देखिन्छ। तर, लगानीकर्ताले आफ्नो सेयरको जानकारी जुनसुकै बेला र जनसुकै स्थानबाट पनि हेर्न सक्ने, कारोबार गर्न सक्ने अवस्थालाई सिडिएसीले वेवास्ता गरेको देखिन्छ । तत्काल हेर्दा महिला लघुवित्तले निम्त्याएको समस्या भनेर तर्किए पनि मेरो सेयरको समस्या दैनन्दिन रुपमा देखिँदै आएको छ ।
![No description available.](https://scontent.fktm4-1.fna.fbcdn.net/v/t1.15752-9/154243765_4039200729444660_1010782801878290876_n.png?_nc_cat=107&ccb=3&_nc_sid=ae9488&_nc_ohc=P2FJzV6_yhUAX-YARgT&_nc_ht=scontent.fktm4-1.fna&oh=1cc0be0d7f1e4da3eeb9a964caca997b&oe=605E401B)
सिडिएसीले आफ्नो क्षमता विस्तार नगर्ने र लगानीकर्तालाई सहज पहुँचको व्यवस्था नगर्ने हो भने लगानीकर्ताले ठूलो जोखिम उठाउनुपर्ने हुन्छ । त्यसको भार कसले ब्यहोर्ने ? तर, आइपीओ भर्दा होस वा आफूसँग भएको सेयर बेच्दा होस्, सिडिएसीले २५ रुपैयाँ शुल्क लिन्छ । तर, सेवाको गुणस्तर भने अत्यन्तै कम छ ।
त्यो नभए लगानीकर्ताले बिक्री भएको सेयर क्लोज आउटमा पर्ने डर हुन्छ । क्लोजआउट हुँदा लगानीकर्तासँग २० प्रतिशत जरिवाना लिने कानुनी व्यवस्था छ । मेरो सेयर नचल्दा आफ्नो सेयरको मूल्य राख्ने र हस्तान्तरण गर्ने काम रोकिएको छ । यसले कतै क्लोजआउटमा परिने त होइन भन्ने डर लगानीकर्ताको मनमा उब्जिरहेको छ ।
![No description available.](https://scontent.fktm4-1.fna.fbcdn.net/v/t1.15752-9/155021522_3403876439716767_4314634253253590496_n.png?_nc_cat=106&ccb=3&_nc_sid=ae9488&_nc_ohc=cIScI_EqNVkAX8UuuP7&_nc_ht=scontent.fktm4-1.fna&oh=25da050e37ba3638a406217016202615&oe=605FA3D5)
सिडिएसीको क्षमता विस्तारमा माउ कम्पनी नेप्से मौन छ भने नियामक निकाय नेपाल धितोपत्र बोर्डले पनि खासै चासो दिएको पाइँदैन । अनलाइनमार्फत दैनिक ११ अर्ब रुपैयाँसम्मको कारोबार हुने र १५ लाख भन्दा बढी आईपीओमा सहभागि हुने, करिब ५ लाख दैनन्दिन कारोबारमा सक्रिय रहने लगानीकर्तालाई दुख दिन तीनै पक्ष मखर्दशक बनेर बसेका छन् । सेयर हस्तान्तरणमा आएको समस्याको भारी उनीहरुले बोक्नुपर्छ कि पर्दैन् ? भन्ने प्रश्न उठेको छ ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानले सिडिएसीले मेरो सेयरको क्षमता विस्तार गरिरहेको बताए । ‘पहिला १ लाख ५० हजार एकैपटक छिर्ने वित्तिकै मेरो चल्दैनथ्यो’ उनले क्यापिटल नेपालसँग भने, ‘अहिले १५ लाख जनालाई थेग्न सक्छ । सिडिएसीले पहिलाको तुलनामा मेरो सेयरको क्षमता विस्तार भइसकेको छ ।’
![No description available.](https://scontent.fktm4-1.fna.fbcdn.net/v/t1.15752-9/154341741_2890312234572825_8909613641288716339_n.png?_nc_cat=107&ccb=3&_nc_sid=ae9488&_nc_ohc=4wDAQanDEOUAX9ufSDy&_nc_ht=scontent.fktm4-1.fna&oh=2464e00576c585b81535be9fc521ef54&oe=605E8A19)
उनका अनुसार अहिलेको क्षमताले लगानीकर्तालाई नपुगेको हो । सिडिएसीको कारणले मात्रै मेरो सेयरमा समस्या नभएको उनको भनाइ । इन्टरनेटका कारण पनि मेरो सेयर नखुल्ने गरेको अध्यक्ष ढुङ्गानाले बताए ।
नेप्सेकाे सहायक कम्पनीकाे रूपमा रहेकाे सिडिएसीमा नेप्सेकै महाप्रवन्धक चन्द्रसिंह साउद अध्यक्ष छन् । नेप्से काराेबार प्रणाली (टीएमएस)मा पटक पटक समस्या अाउँदा पनि समाधान गर्न सकेकाे अाराेप खेपिरहेका साउदकाे सिडिएसीलाइ सुधार गर्न पनि खासै ध्यान नदिएकाे अाराेप छ ।
सिडिएसीका अध्यक्षा साउदले सरकारी कम्पनीले निजीले जस्ताे छिटाे काम गर्न नसक्ने बताए । लगानीकर्ताकाे विवरण जाेगाउन खाेजिएकाे उनकाे भनाइ छ । अहिले पनि क्षमता विस्तारमा सिडिएसीले काम गरिरहेकाे छ । एकैपटक ३० प्रतिशत भन्दा बढी लगानीकर्ता बजारमा अाएकाले केही समस्या भएकाे उनकाे भनाइ छ । चालू अार्थिक वर्षकाे अन्त्यसम्ममा मेराे सेयरकाे समस्या समाधान हुने उनकाे भनाइ छ ।
![No description available.](https://scontent.fktm4-1.fna.fbcdn.net/v/t1.15752-9/154201340_193389845878387_7753134914199987041_n.png?_nc_cat=106&ccb=3&_nc_sid=ae9488&_nc_ohc=XK49f2-b0iEAX_rWDj9&_nc_ht=scontent.fktm4-1.fna&oh=9159a6398350d966501d4e2d771cf9d1&oe=605CEE29)
तर, इन्टरनेट स्लो हुँदा मेरो सेयर मात्रै नखुल्ने, अरु सबै साइट खुल्ने भन्ने हुँदैन । अरु साइट पूर्ण रुपमा चलिरहँदा पनि मेरो सेयर चल्दैन । आईपीओको सवालमा मेरो सेयरसँगै मर्चेट बैंक र सम्बन्धित कम्पनीले पनि ध्यान दिनुपर्छ । तर, यी निकायहरुको क्षमता भएन भनेर निजी कम्पनीहरुलाई लगानीकर्ताको विवरण दिनु भने गतल हो । जतिसक्दो छिटो मेरो सेयरले आफ्नो क्षमता विस्तार गर्नुपर्छ । आइपीओमा देखिएको आकर्षण दोस्रो बजारमा पनि देखियो भने मेरो सेयरले कसरी काम गर्छ ?