विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि २ अर्ब १५ करोड १२ लाख ७ हजार १ सय रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
नगरपालिकाको आठौं नगरसभामा उपप्रमुख धनमाया तामाङले उक्त बजेट प्रस्तुत गरेकी हुन् । बजेटमा सञ्चित कोषबाट निशर्ततर्फ ९४ करोड १५ लाख ७ हजार १ सय र सशर्ततर्फ अन्तरसरकारी अख्तियारीबाट ४७ करोड ४३ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
त्यस्तै, लागत सहभागिताबाट १ करोड, सहरी शासकीय सुधार कार्यक्रमअन्तर्गत वल्र्ड बैंकबाट ७४ करोड ५४ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । अन्तर सरकारी अख्तियारीतर्फ सामाजिक सुरक्षा तथा संरक्षणतर्फ ३० करोड ६७ लाख ९९ हजार ३ सय ८० रुपैयाँ प्राप्त हुने बजेटमा उल्लेख गरिएको छ ।
आन्तरिक स्रोत (चालू आर्थिक वर्षबाट आगामी आर्थिक वर्षमा अल्या हुने मौज्दातसमेत) १६ करोड, संघीय तथा प्रदेश सरकारको वित्तीय समानीकरण अनुदानबाट २२ करोड ९५ लाख ७९ हजार रुपैयाँ आम्दानी हुने अनुुमान गरिएको छ ।
संघीय तथा प्रदेश सरकारको राजस्व बाँडफाँड एवं रजिष्ट्रेसन रोयल्टीबाट २२ करोड ४० लाख ७५ हजार ५ सय ७०, संघीय सरकारको सशर्त अनुदानबाट ३९ करोड ७० लाख रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ ।
संघीय सरकार र प्रदेश सरकारको समपुरका अनुदानबाट ३ करोड ६८ लाख, लागत सहभागिताबाट १ करोड र अन्तर–सरकारी अख्तियारीबाट ३० करोड ६७ लाख ९९ हजार ३ सय ८० रुपैयाँ स्रोत जुट्ने अनुमान गरिएको छ ।
अन्य अनुदान (पर्यटन विकास, पूर्वाधार विकास, सडक बोर्ड) बाट ५ करोड ५ लाख तथा सहरी शासकीय सुधार कार्यक्रम वल्र्ड बैंकबाट ७२ करोड ५४ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरी बजेट निर्माण गरिएको तामाङले बताइन् ।