विराटनगर । विराटनगर एसोसिएसन अफ ट्राभल एजेन्टस (बाटा) को नयाँ नेतृत्व चयन भएको छ । दोस्रो कार्यकालको लागि पुनः फडिन्द्र अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य राजेन्द्र राउतको प्रमुख आतिथ्यमा सम्पन्न विशेष साधारण सभाले उपाध्यक्षमा नवीन कार्की, महासचिवमा भागवत नेपाल, सचिवमा निना राई, कोषाध्यक्षमा भैरब रिजाल चयन गरेको छ ।
त्यस्तै सदस्यमा तुलसी नेपाल, नारायण पौडेल, हिमा गौतम, लक्षमण घिमिरे, नुतन राई, मन्दिप दाहाल चयन हुनु भएको नव निर्वाचित अध्यक्ष अधिकारीले जानकारी दिए ।
अधिकारी नेतृत्वको बाटाले प्रदेश सरकारसँगको सहकार्यमा माउन्टेन फ्लाइट, २० पर्यटन क्षेत्रका युबाहरुका लागि पर्यटक ब्यवहार बिकास तालिम विराटनगर र दमकमा आयोजना गरिएको थियो ।
२०७४ र २०७५ सालमा धरानमा ईस्ट टुरिजम मार्ट सन्चालन, नेपाल भ्रमण बर्ष २०२० मा प्रदेशको कार्यक्रममा नेतृत्वदायी भुमिका निर्वाह, विभिन्न संघ सस्थाको सहकार्यमा कार्यक्रमहरु सञ्चालन गरेका थिए ।
अधिकारीले दोस्रो कार्यकालको जिम्मेबारी पाएपछि व्यवसायिक क्षमता अभिवृद्धि, पर्यटकीय गन्तव्यहरुको पहिचान प्रचार, प्रसार र प्रबर्द्धन, विराटनगरबाट प्रदेश १ का गन्तब्यहरुमा प्याकेज टुरको ब्यवस्थापन, सिमावर्ती क्षेत्रमा बजार बिस्तारको लागि ब्यवसायीहरुलाई उत्प्रेरित गर्ने योजना रहेको बताए ।
यसैगरी विभिन्न खाले मार्टहरुमार्फत पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्ने, सबै पर्यटन सम्बन्धि कार्य गर्ने संघ सस्थाहरुसँग सहकार्य गर्ने र नयाँ गन्तव्यमा उडानको ब्यवस्थापन गर्न एयरलाइन्स कम्पनीहरुसँग संयोजन गर्ने लक्ष्य लिएको उनले बताए ।