काठमाडौं। व्यस्त सडकमा अहिले अनौठो दृश्य देखिन्छ। जहाँ पहिले सवारी र ग्राहकको भीडले हलचल गर्थ्यो, त्यही ठाउँमा अहिले शान्ति र सुनसान छाएको छ। पछिल्लो एक सातादेखि राजधानीका प्रमुख अटोमोबाइल शोरुम सुनसान देखिन्छन।
‘हामीले सधैं यही समयमा भीड अपेक्षा गर्थ्यौं। तर, अहिले शोरुममा मान्छेको आँखा पनि कम देखिन्छ,’ एक अटो व्यवसायीले भने, ‘क्षति भएका गाडी बनाउन भने भ्याइनभ्याई छ।’
भदौ तेस्रो साता भ्रष्टाचार अन्त्यसहित विभिन्न माग राख्दै भएको जेनजीको आन्दोलन भड्किएर विध्वंसमा परिणत भएको थियो। यसले हजारौँको संख्यामा गाडी र मोटरसाइकल तोडफोड र सयौँको संख्यामा जलेपछि अहिले वर्कसपलाई बनाउन भ्याइनभ्याई भएको हो।
जेनजी प्रदर्शनीले अटो क्षेत्रमा ठूलो क्षति पुगेकाले सवारी साधन रिपेयरका लागि वर्कशपमा भिड बढेको साइमेक्स इंकका सर्भिस हेड सुशिल तण्डुकार बताउँछन्। ‘सवारी साधनमा धेरै क्षति पुगेकाले रिपेयरिङका लागि दिनौँ गाडी आइरहेका छन्,’ उनले भने, ‘अहिले भेण्डलिजमबाट क्षति भएका गाडी रिपेयरका लागि आउने जाने भइरहेको छ।’
साइमेक्स इंकका सर्भिस हेड तण्डुकारका अनुसार भेण्डलिजमका कारण धेरै क्षति भएका गाडीहरू रिपेयरका लागि दिनहुँ आइरहेका छन्। कम क्षति भएका केही गाडीहरू भने बनेर पनि ग्राहकले लगिसकेका छन्।
प्रदर्शनीमा गाडीका शोरुम मात्र क्षति नभई मानिसको व्यक्तिगत गाडीमा पनि क्षति पुगेकाले मर्मतसम्भार गर्ने वर्कशपमा अहिले निकै चहलपहल बढेको छ।
‘हामीले शनिबारदेखि वर्कशप सञ्चालन गरेकाले कति गाडी त्यही दिन बनाएर पठायौँ,’ तण्डुकारले भने, ‘साना-साना समस्या आएको गाडीहरू बनाएर पठाइसकेका छौँ। बिमाबाट निर्णय आउन बाँकी गाडीको काम हुँदैछ।’
उनले शनिबारदेखि वर्कशप सञ्चालन गरेर कतिपय गाडीहरू मर्मत गरी पठाइएको र बिमाको निर्णय आउन बाँकी रहेका गाडीको काम भइरहेको बताए। बिवाईडी गाडी चढ्ने नेताका गाडीहरू प्रायः फुटेको अवस्थामा आएको र दुई वटा गाडी पूर्ण रूपमा ध्वस्त भएर आएको पनि उनले जानकारी दिए।
-1758111987.jpg)
‘हामी कहाँ रिपेयरिङका लागि आएका गाडीहरू बन्न खासै समय लाग्दैन। किनकी हामीसँग सबै आवश्यक पार्टस उपलब्ध हुनुका साथै मेनपावर पनि यही भएकाले ४-५ दिनमा गाडी बनेर ग्राहकलाई बुझाउँछौं,’ उनले भने।
प्रदर्शनीमा गाडीका शोरुम मात्र क्षति नभई मानिसको व्यक्तिगत गाडीमा पनि क्षति पुगेकाले मर्मतसम्भार गर्ने वर्कशपमा अहिले निकै चहलपहल बढेको छ। मानिसको व्यक्तिगत सवारी साधनमा पनि धेरै क्षति पुगेकाले केही कम्पनीले भने प्रदर्शनीका क्रममा क्षति पुगेको गाडीको सर्भिसमा लेबर चार्ज नलिने समेत जनाएका छन्।
जेनजी आन्दोलनमा क्षति पुगेका निसान, ओमोडा एण्ड जेक्को ब्राण्डका गाडीको सर्भिसमा लेबर चार्ज निःशुल्क गर्ने कम्पनीले जनाएको छ। नेपालका लागि निसान, ओमोडा एण्ड जेक्को गाडीका आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स हो। अहिले आन्दोलनको क्रममा जति पनि गाडी ड्यामेज भएको छ। सर्भिसमा लेबर चार्ज सबै नि:शुल्क गर्ने कम्पनीको भनाइ छ।
जेनजीको प्रदर्शनीले अटो उद्योगको भौतिक क्षति मात्रै गरेन, अटो खरिदबिक्रीको मुख्य सिजनमा यस क्षेत्रको व्यापार न्यून अवस्थामा पुर्यायो। सवारी साधन खरिद गर्ने वातावरण खलबलियो भने नयाँ गाडी किन्ने सोच भएका व्यक्तिलाई पनि केही समयका लागि पर धकेलिदियो।
दसैंको चहलपहल सुरु भएसँगै मानिसहरू गाउँ जाने तयारीमा हुन्छन्। त्यसका लागि गाडी तथा मोटरसाइकल मर्मत गर्ने काम यो समयमा बढी हुने गर्दछन्।
अटो व्यवसायीका अनुसार शोरुममा हुने गाडीको बिक्री ठप्प भएको छ। तर, प्रदर्शनबाट नोक्सान भएका गाडीहरू, तोडफोड गरिएका सवारी साधन, आगोले जलेर ड्यामेज भएका गाडी मर्मत गराउने वर्कशपमा धाउने क्रम बढेको छ। धेरै सवारी साधनमा क्षति पुगेकाले मर्मतका लागि वर्कशपमा ग्राहकको भिड लागेको व्यवसायीहरु बताउँछन्।
वर्कशपलाई दसैंको चटारो
दसैंको चहलपहल सुरु भएसँगै मानिसहरू गाउँ जाने तयारीमा हुन्छन्। त्यसका लागि गाडी तथा मोटरसाइकल मर्मत गर्ने काम यो समयमा बढी हुने गर्दछन्। दसैंमा गाउँ जाने तयारीमा रहेका ग्राहक पनि यही समयमा आफ्नो सवारी साधन सर्भिस गर्नका लागि वर्कशप धाउने र प्रदर्शनीमा पनि धेरै क्षति भएकाले वर्कशप यस समयमा भरिभराउ देखिएका हुन्।
अहिले वर्कशपमा सामान्य सर्भिस गराउने र प्रदर्शनीमा क्षति पुगेका दुवै खालका सवारी साधन मर्मतका लागि आइरहेको एमजी मोटर्सको सर्भिस हेड सशिन्द्र भण्डारी बताउँछन्। ‘जेनजी प्रदर्शनीबाट क्षति पुगेको सामान्य क्षति भएका गाडी मात्र आएका छन्,’ भण्डारीले भने, ‘कति गाडीहरू जलेका छन्। तीनको मर्मत सम्भार हुँदैन।’ धेरै सिसा, हेडलाइट फुटेको गाडीहरू आइरहेको उनको भनाइ छ।
भण्डारीका अनुसार एमजीको सर्भिस सेन्टरमा सामान्य सर्भिसका लागि ग्राहकहरू गइरहेका छन्। प्रदर्शनीबाट क्षति पुगेका सवारी साधन पनि फाट्टफुट्ट गइरहेका छन्। चाडपर्व नजिकिँदै गर्दा गाउँ जानेहरूको भिड बढ्ने र त्यसैले सवारी साधन मर्मतमा मानिसको सक्रियता बढ्ने स्वाभाविक हो।