काठमाडौं । शिवम् सिमेन्टले प्रालिले २ नं. प्रदेशअन्तर्गत पर्ने विभिन्न जिल्लाहरूका १२ स्थानमा सम्पन्न निर्माण कर्मीहरूसँगको निर्माणसम्बन्धी प्राविधिक अन्तरक्रिया कार्यक्रमा १ हजारभन्दा बढी निर्माण कर्मीहरूसँग परामर्श तथा उनीहरूको जोखिम बहन बिमा कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त अन्तरक्रिया कार्यक्रममा भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथ साथै हरेक सहभागी निर्माणकर्मीहरूका लागि ५ लाख बराबरको दुर्घटना बिमा गरी बिमा पोलिसी सोही कार्यक्रममार्फत हस्तान्तरण गरेको थियो ।
योसँगै देशका विभिन्न स्थानहरूमा शिवम् सिमेन्टले २५ सय बढी निर्माण कर्मीहरूसँग निर्माण विज्ञ परामर्श सेवा तथा हरेक निर्माणकर्मीहरूको ५ लाख रुपैयाँ बराबरको जोखिम बहन बिमा गरिसकेको छ ।
मिर्चैया, गोलबजार, लाहान, सिराहा, कठौना, राजविराज, कञ्चनपुर, भारदह, बेलटार, रामपुर, कटारीलगायतका विभिन्न १२ स्थानमा १ हजारभन्दा बढी निर्माणकर्मीहरूको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । हालसम्म शिवम् सिमेन्टले विभिन्न चरणमा गरी २५ सय बढी निर्माणकर्मीहरूसँग अन्तरक्रिया तथा उनीहरूको जोखिम बिमा सम्पन्न गरिसकेको छ ।
उक्त अन्तरक्रिया कार्यक्रममा निर्माणकर्मीहरूलाई दक्ष एवं अनुभवी प्राविधिकद्वारा सिमेन्टसम्बन्धी जानकारी, निर्माण सामग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकर्मीलाई दिनहुँ आईपर्ने निर्माणसम्बन्धी समस्याहरूको समाधानका उपाय र सिमेन्ट भण्डारणसम्बन्धी विस्तृत जानकारी गराइएको थियो ।
शिवम् सिमेन्टले चरणबद्ध रूपमा देशका विभिन्न स्थानहरूमा नियमित रूपमा निर्माण कर्मीहरूसँग प्राविधिक अन्तरक्रिया तथा बिमा कार्यक्रम गर्दै आइरहेको छ । हालसम्म निरन्तर रूपमा देशका विभिन्न ३७ स्थानमा २५ सयभन्दा बढी निर्माणकर्मीहरूसँग प्राविधिक अन्तरक्रिया गरी उनीहरूको जोखिम बिमा गराई सकेको कम्पनी प्रतिनिधिले बताएका छन् । शिवम् सिमेन्टले निरन्तर रूपमा बिक्री पछिको निःशुल्क प्राविधिक सेवासमेत दिँदै आइरहेको छ ।
दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरू हरेक दिन जोखिमपूर्ण कार्यहरू गर्दै आइरहेका हुन्छन् । उक्त जोखिमलाई मध्यनजर राख्दै शिवम् सिमेन्टले निर्माणकर्मीहरूका लागि निःशुल्क दुर्घटना बिमा योजना ल्याएको हो ।
उक्त कार्यक्रममा सम्बन्धित क्षेत्रका शिवम् सिमेन्टका वितरकहरू, उद्योगी, व्यवसायीलगायतको उपस्थिति थियो । शिवम् सिमेन्टले आगामी दिनहरूमा समेत शिवम् सिमेन्टका विक्रेताहरूसँगको समन्वयमा यस अन्तरक्रिया तथा निःशुल्क बिमा कार्यक्रम निरन्तर सञ्चालन गर्ने कम्पनीले जनाएको छ ।