काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ६१८ जनामा पीसीआर परीक्षण गर्दा ८ हजार ८१५ र ४ हजार ४७४ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ८८८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।
यसरी २४ घण्टामा संक्रमण हुनेकाे संख्या १० हजार ७०३ पुगेकाे छ भने ३ जनाको मृत्यु भएको छ । ७६६ जना निको भएका छन् ।
हालसम्म नेपालमा कोरोना संक्रमित हुनेकाे कुल संख्या १० लाख ६ हजार ५९१ पुगेको छ । यस्तै ११ हजार ६३५ जनाकाे मृत्यु भइसकेकाे छ भने ८ लाख १९ हजार ५७५ जना संक्रमणमुक्त भइसकेका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६५ हजार ३७४ छ । जसमध्ये ६३ हजार ७३४ जना होम आइसोलेसनमा छन् । यस्तै १ हजार ६४० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये १९४ जना आईसीयू र ३५ जनाकाे भेन्टिलेटरमा उपचार भइरहेकाे छ ।
उपत्यकामा ५ हजार २९९ संक्रमित
काठमाडौं उपत्यकामा मात्रै एकै दिन ५ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४,२७९, ललितपुरमा ५६७ र भक्तपुरमा ४५३ जनामा कोरोना संक्रमण देखिएको हो ।