काठमाडौं। जेनजी पुस्ताको भ्रष्टाचारविरुद्धको आन्दोलनले मानवीय क्षतिसँगै अर्बाैं रुपैयाँको भौतिक क्षति हुन पुगेको छ। आन्दोलनकारीले सार्वजनिक सम्पत्ति, विभिन्न राजनीतिक दलका नेताको लगानीमा रहेको भन्दै होटल, उद्योग, व्यवसायलाई निशाना बनाउँदा अर्बौं लगानीको क्षति भएको हो।
-1757479848.jpg)
दुईदिने जेनजी आन्दोलनले व्यापारिक घराना चौधरी समूह (सीजी ग्रुप)का विभिन्न ठाउँमा रहेका औद्योगिक प्रतिष्ठानमाथि आगजनी र लुटपाट भएका छन्। सिजी ब्रान्डअन्तर्गतका इलेक्ट्रोनिक्स सामान उत्पादन गर्ने काठमाडौंको सतुंगलस्थित सिजीपार्कलगायत विभिन्न ठाउँमा आन्दोलनकारीले आगलागी र लुटपाट गरेका हुन्।
-1757479888.jpg)
कम्पनीका अफिस म्यानेजर नवीनकुमार खड्काका अनुसारका सिजीका सवारीसाधन १८ देखि १९ वटा मोटरसाइकल जलेर पूर्ण रूपमा ध्वस्त भएका छन्। यस्तै, ५ देखि ७ वटा मोटरसाइकल आंशिक रूपमा जलेर क्षतिग्रस्त भएका छन्।
-1757479931.jpg)
कम्पनीका तीनवटा गाडी पूर्ण रूपमा जलेर नष्ट भएको खड्काले बताए। सीजीको मुख्य कार्यालय र वेयरहाउस पूर्ण रूपमा ध्वस्त भएको छ। यो वेयरहाउसमा दसैंका लागि राखिएका करिब ५०–६० अर्ब रुपैयाँ बराबरको सामान नष्ट भएको खड्काले जनाए।
कम्पनीका क्यान्टिन र अन्य सामानमा पनि क्षति पुगेको छ।
-1757479970.jpg)
आन्दोलनकारीले सतुंगलस्थित सीजीको मुख्य कार्यालयबाट पर्खाल भत्काएर टिभी, फ्रिज, मिक्सर ग्राइन्डरलगायत इलेक्ट्रिक घरायसी सामान लुटपाट गरेका छन्। मंगलबार दिउँसो ४ बजेदेखि सतुंगलस्थित सीजी कम्पनीमा आगलागी र लुटपाट सुरु भएको त्यहाँ कार्यरत एक कर्मचारीले बताए। आगजनी र लुटपाट राती ११ बजेसम्म जारी थियो।
-1757480008.jpg)
सुरक्षाका लागि सेना सडकमा परिचलन भएपछि मात्रै लुटपाट रोकिएको ती कर्मचारीको भनाइ छ।
यस्तै, सिजी डिजिटल सोरुम रविभवन, बानेश्वर (गहनापोखरी नजिक), र चितवनको नारायणघाटमा रहेका सिजी डिजिटलका सोरुममा पनि तोडफोड गरिएको छ। त्यहाँबाट पनि बहुमूल्य सामान लुटिएको खड्काले बताए।
-1757480108.jpg)
सतुंगलस्थित मुख्य कार्यालयको घटनामा भौतिक क्षतिमात्रै नभई मानवीय क्षति पनि भएको छ। त्यहाँ एक कर्मचारी घाइते भएका छन्। कम्पनीका सुरक्षा सुपरभाइजर नवराज बस्नेतलाई आगलागीका बेला भिडियो खिचिरहेको भन्दै कुटपिट गरिएको थियो।
उनलाई गम्भीर चोट लागेको र अस्पतालमा उपचार भइरहेको खड्काले बताए। आगलागीबाट सतुंगलस्थित भवन क्षतिग्रस्त भएको छ ।
-1757480168.jpg)
सिजी नेट सर्भर सेन्टर सुरक्षित
सतुंगलस्थित सिजीको मुख्य कार्यलयमा रहेको सिजी नेटको सर्भर सेन्टर जोगिएको छ। कम्पनीका कर्मचारीकै प्रयासमा जोगिन सफल भएको हो। सर्भर सेन्टरमा क्षति पुगेको भए देशभरका सिजी नेटका ग्राहकलाई ठूलो असर पर्ने थियो। हालसम्म सर्भर सुरक्षित छ।
-1757480216.jpg)
‘सिजी नेटको तल अन्डरग्राउन्ड छ, हाम्रो माथि स्टाफ अफिस हो,’ त्यहाँ कार्यरत एक कर्मचारीले भने, ‘अहिलेसम्म सर्भरको डाटा सेन्टर जोगाउन सकेका छौं, यो सुरक्षित भए अर्बौंको रकम जोगिन्थ्यो।’