काठमाडौं । नेपाल अडिटर्स एसोसिएसन (अडान) ले राज्यका बिभिन्न निकायको लेखापरीक्षण चार्टर्ड एकाउन्टेटबाट मात्र गराउने व्यवस्था हटाउन माग गरेको छ ।
अडानले सो व्यवस्था विभेदकारी भएको भन्दै त्यसलाई तत्काल सच्याई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट मान्यता प्राप्त लेखापरीक्षकबाट सम्बन्धित निकायको लेखापरीक्षण गरिनेछ भन्ने व्यवस्था गर्न माग गरेको छ । अडानको बैठकले छैटौं राष्ट्रिय महाधिवेशन २०७९ जेठ २० र २१ गते काठमाडौंमा गर्ने निर्णय पनि गरेको छ ।
बैठकले लेखापरीक्षकहरुमाथि भए गरेका विभेदहरुको अन्त्य गर्न, देशको अर्थतन्त्रमा देखिएका समस्याहरुको समाधान, बढ्दो मूल्यवृद्धि कम गर्न तीनवटै तहका सरकारको ध्यानाकर्षण गराएको छ । अडानले जनसरोकारका १७ बुँदे विशेष प्रस्ताबहरु पारित गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
ती विशेष प्रस्तावहरुमा देशमा हाल देखा परेको तरलता अभाव बढ्दै गइरहेको बजेट घाटा, कोभिडबाट प्रभावित आर्थिक अवस्था, न्यायलयमा देखा परेका समस्याहरुलाई सुझबुझपूर्ण समन्वयबाट समाधान गर्न नेपाल सरकार समक्ष माग गर्ने बताए ।
रसियाले छिमेकि राष्ट्र युक्रेनमा गरेको हमलाले विश्वको पछिल्लो राजनीतिलाई तरङ्गीत तुल्याएको भन्दै दुवै देशका बीचमा भएको युद्धले विश्वको अर्थव्यवस्थामा हलचल ल्याएको, रसिया र युक्रेनबीचको तनावसँगै कच्चा तेलमा अस्वभाविक मूल्यवृद्धि हुनाका साथै सुन चाँदी लगायतका बस्तुहरु महङ्गीएकोले बिश्व सेयर बजारलाई नराम्रोसँग असर गरिरहेको जनाउँदै युद्ध अन्त्य र शान्तिका लागि यो बैठकले अपिल गरेको छ ।
वि सं २०५३ सालमा नेपाल चार्टर्ड एकाउन्टेन्टस् ऐन जारी हूंदाका बखत नै रजिष्टर्ड अडिटरहरुका सम्बन्धमा विभेदकारी प्रावधानहरु कायम भएकाले अडानले आफ्नो स्थापनाकाल देखिनै यसमा सुधार गर्नुपर्ने माग जोडदार रुपमा उठाउँदै आएको कुरा सबैमा विदितै छ । यसर्थ नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन २०५३ को संशोधन गरी परिवर्तित परिस्थतिमा नयाँ ऐन जारी गर्न नेपाल सरकारसँग बैठकले माग गरेको छ ।
अडानले सत्तरी वर्षदेखिको नेपालीको गणतन्त्रमार्फत राष्ट्रिय पुँजीको निर्माण गर्दै समाजवादउन्मुख अर्थतन्त्र विकास गर्ने परिकल्पना साकार पार्ने काममा सवै राजनीतिक पार्टी, सामाजिक अभियन्ता र विद्वतवर्ग आपसि मनोमालिन्य र संकिर्णताबाट माथि उठी देश विकासमा लाग्नुपर्ने अवस्था रहेको बताउँदै लोकतान्त्रिक गणतन्त्रलाई मजबुत पार्दै जनताको लामो संघर्ष र बलिदानिबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्न बिशुद्ध राजनीतिभन्दा माथि उठि राज्यका तीन वटै तहका सरकारहरु लागि पर्दै जनसरोकारका बिषयहरुमा केन्द्रीत रहन माग गरेको छ ।
अडानले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट बिभिन्न लेखामान तथा लेखापरीक्षणमानहरू जारी भइसकेका बताउँदै अडानले उद्योगी, व्यापारी तथा संघसंस्थाहरूले लेखामानअनुसार वित्तीय विवरण तयार गर्नुपर्ने लेखापरीक्षणमानका आधारमा लेखापरीक्षकले लेखापरीक्षण गर्नुपर्ने छ ।
कतिपय उद्योगी व्यापारीहरूले लेखामानअनुसार वित्तीय विवरण तयार नगरेको सन्दर्भमा सम्बन्धित निकायहरुसँग समन्वय गरी सो कार्यान्वयन गर्ने वाताबरण बनाउन नेपाल सरकार, नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था, नियमनकारी निकायहरुसमक्ष माग गरेको छ ।