काठमाडाैं । अर्थसचिव मधुकुमार मरासिनी कर्जा ग्रोथ धेरै भएको बताएका छन् ।
नेपाल व्यवस्थापन संघ (म्यान) ले आयोजना परेको पूर्वबजेट छलफलमा उनले बैंहरुको कर्र्जा ग्रोथ वृद्धि भई ३२ प्रतिशत पुगेको बताएका हुन् ।
मौद्रिक नीतिमा कर्जा विस्तारका लागि १९ प्रतिशत लक्ष्य राखे पनि बैंकहरुले भने ३२ प्रतिशतसम्म कर्जा विस्तार गरे । बैंकहरुको कर्जा ग्रोथ धेरै हुनु राम्रो नभएको अर्थसचिव मरमसिनीको भनाइ छ ।
उनले नेपालको बजेट आकार पनि निकै ठूलो भएको बताएका छन् । भारतको बजेट आकार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को २० प्रतिशत, चीनमा ३० प्रतिशत हुने गरेकामा नेपालमा ३८ प्रतिशत रहेको तथ्य देखाउँदै सचिव मरासिनीले बजेट ठूलो हुनु पनि राम्रो नहुने महसुस भएको बताए ।
‘क्षमताभन्दा बढी खाइयो भने भुँडी लाग्छ’, मरासिनीले भने, ‘छिमेकी देशमा बजेटको आकार पनि सानो हुने, आर्थिक वृद्धि पनि धेरै हुने । नेपालमा किन नहुने ?’
नेपालको पुँजीगत खर्चलाई कम भनिने गरे पनि वास्तविकता त्यो नभएको जिकिर उनको छ । ‘भारतमा सन् २००४ प्रतिशतपछि सबैभन्दा बढी पुँजीगत बजेट छ, नेपालमा आजको दिन २३ प्रतिशत रहेछ’, उनले भने ।
खाली सरकारले नै काम गरिदेओस् भन्ने माग हुने गरेकोप्रति उनको चित्त बुझाइ छैन । मरासिनीले निजी क्षेत्रका केही संस्था जिम्मेवार बन्न नसकेको बताए ।
मरासिनीले वाह्य क्षेत्रमा परेको चाप र बढेको मागका कारण विदेशी मुद्रा घटेको बताए । ‘माग बढ्नु राम्रो हो तर आपूर्तिको स्रोत घरभित्र नभएकाले विदेशी विनियम सञ्चिति घटेको छ’, उनले भने, ‘बाह्य क्षेत्रमा युक्रेन रुस युद्ध र सप्लाइ चेनमा परेको चापले पनि दुःख दिएको छ ।’
मरासिनीले विदेशी मुद्राको स्थिति कोभिडपूर्वको स्थितिमा रहेको तर्क गरे । ‘सबै सकिएको होइन,’ उनले भने, विदेशी सहयोग जुटिरहेको अवस्था छ ।’
एमसीसी, आईएमएफ लगायतका विभिन्न विदेशी सहयोगले अर्थतन्त्र सकारात्मक हुने भन्दै मुद्रा सञ्चिति समस्या बढी भएकाले राष्ट्र बैंकले कडाइका नीति ल्याएको र बैंहरुले पनि विलासी वस्तुुको एलसी नखोलेर सहयोग पुर्याएको बताए ।
।’