काठमाडाैं । जोन्टा क्लब अफ काठमाडाैंको ९ वार्षिक साधारणसभा सम्पन्न भएको छ । जोन्टा क्लब विश्वका ६७ देशमा फैलिएको गैरनाफा मुलुक संस्था हो।
नेपालमा बिगत ९ वर्षदेखि स्वाथ्य, शिक्षा, मानवअधिकार, समानता र आर्थिक सशक्तीकरण, बाल विवाह, मानव बेचबिखन, लैंगिक हिंसा र विभेदलगायत बिभिन्न क्षेत्रमा काम गरिरहेको जोन्टा क्लब अफ काठमाडाैंले जनाएको छ।

कार्यक्रममा उक्त क्लबको निवर्तमान प्रेसिडेन्ट सीमा गोल्छाले आफ्नो दुई वर्षे कार्यकाल समापन भएर नयाँ प्रेसिडेन्ट चयन गर्दै आभा शाहलाई कार्यभार हस्तान्तरण गरिन् । उनले आफ्ना कार्यकालमा भएका कार्यहरु र नविनतम पहलहरुका बारेमा जानकारी गराएका थिए ।
कोरोनाको कहरमा पूरा विश्व नै ठप्प भएको बेलामा पनि दृढ संकल्प र अटुट साहसका साथ उनले जोन्टा क्लब अफ काठमाडाैंले गरेका उदाहरणीय कार्यहरुका बारेमा जानकारी गराए ।
सो समारोहमा नवनिर्वाचित आभा शाहले आफूले मन, वचन र कर्मले जोन्टाको सेवा गर्ने र साथै नेपाली महिलाहरुका हक हित, अधिकार, शिक्षा, रोजगार र आर्थिक सशक्तीकरणमा जोडदार रूपमा कटिबद्ध भएर लाग्ने प्रण गरिन् ।

उक्त कार्यक्रममा भाइस एरिया डाइरेक्टर मीरा ज्योति, भाइस प्रेसिडेन्ट कमल केशरी तुलाधर, टेर्जरर मृदुला राजभण्डारी, तथा भुतपूर्व प्रेसिडेन्टहरू र व्यवस्थापक समितिका सदस्यहरुले जोन्टा कल्बले गरिरहेको कामको चर्चा र गर्नुपर्ने कार्यको बारेमा सुझाव र धारणा राखेकी थिइन् ।

साथै कार्यक्रममा ६ जना नव प्रवेशीहरु पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठ, निशा केसी, सितु प्रधान, स्वस्तिका खनाल , निसि टिब्रेवाल खेतान र गौरी ठकुरीलाई सदस्यता प्रदान गरिएको थियो ।