काठमाडौं । देशका विभिन्न ठाउँमा अविरल वर्षा भइरहेको छ । वर्षाले केही नदीहरुमा आज बुधवार उल्लेख्य बहाव बढ्ने पूर्वानुमान गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज महाकाली र पश्चिम सेती तथा यसका सहायक नदीहरूमा बहाव सतर्कता तह आसपास हुनेछ ।
पश्चिम राप्ती, बबई का तराई भई बहने सहायक नदीहरूमा बहाब उल्लेख्य बढ्ने तथा आकस्मिक वहाव भई केही नदीमा सतर्कता आसपाससम्म पुग्न सक्ने बताइएको छ ।
महाशाखाले बाँके, बर्दिया, कैलाली भई बहने साना नदी र डुबान भइरहने होचा स्थानहरूले आज उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
आज झापा, इलाम, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, मकवानपुर, चितवन, नवलपरासी पूर्व, तनहुँ, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, सल्यान, रुकुमपूर्व, रुकुम पश्चिम, जाजरकोट, दैलेख, सुर्खेत, अछाम, डोटी, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर र आसपास भई बहने केही साना नदीहरूमा बहाव बढ्नेछ ।
केहीमा आकस्मिक बहावसमेत हुन सक्ने महाशाखाकाृ पूर्वानुमान छ ।

