काठमाडौं । दशैँलाई केन्द्रित गर्दै व्यवसायीहरुले बिभिन्न किसिमका अफर योजनाहरु सार्वजनिक गर्न प्रतिस्पर्धा गरिरहेका छन् । अफर तथा छुटका योजना ल्याउन ठुलाठुला सपिङ मल, कम्प्लेक्सहरु मात्र नभई होलसेल मार्केटले पनि आकर्षक छुटका साथ खुद्रा मूल्यमा सामानहरु बिक्री गरिरहेका छन् । सामान्य अवस्थामा खुद्रा ग्राहकलाई सामान बिक्री नगर्ने होलसेल व्यवसायीहरुले खुद्रा मुल्यमा पनि ५० प्रतिशतसम्म छुटका साथ फेन्सी कपडाहरु बिक्री शुरु गरेका छन् । नेपालको प्रमुख होलसेल मार्केट न्यूरोडढ, महाबौद्ध, रन्जना गल्ली, पिउख्वा टोल, भोसिको टोल, भोटाहिटी, असन क्षेत्रमा अहिले आकर्षक छुटमा कपडाहरु विक्री भईरहेका छन् ।
होलसेल पसलहरुका लागि प्रख्यात यी क्षेत्रमा अन्य दिन खुद्रामा कपडा लत्ता कपडा, जुत्ता, चप्पल विक्री नगर्ने भएपनि महान चाडमा उपभोक्तालाई ध्यानमा राखेर होलसेल मार्केटले पनि छुटका साथ खुद्रा बिक्री खुला गरेको एक व्यवसायीले बताए । उनका अनुसार हेरक बर्ष देशै तिहारजस्तो बढी किनमेल हुने समयमा यस्तो बजार लाग्ने गर्छ ।
होलसेल बजारमा लेडिज फेन्सी टिसर्ट, वान पिस, पाइन्ट, विन्डप्रुफ ट्रयाक, विन्डसिट ज्याकेट, जाडोका कपडा, फेन्सी ब्याग, चप्पल, जुत्ता, क्लोजसुज, पाइन्ट सबै पाउन सकिन्छ । बिशेष गरि विद्यार्थी तथा न्यून आयस्रोत भएकाहरुका लागि यो स्थल उपयुक्त छ ।