काठमाडौं। ग्लोबल टेक जाएन्ट जेडटीईले आफ्नो नयाँ गेमिंङ फ्ल्यागशिप स्मार्टफोन जेडटीई रेड म्याजिक ११ प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ। यो अहिलेसम्मकै हाइएस्ट रेटेड गेमिंङ फोन हो। जेडटीईको हाइ पर्फर्मेन्स नुबिया रेड म्याजिक सिरिजअन्तर्गत पर्ने यो गेमिंङ स्मार्टफोन नेपालमा तीव्र रूपमा बढ्दै गएको मोबाइल गेमर तथा पावर प्रयोगकर्ताहरूलाई लक्षित गरी डिजाइन गरिएको हो, जसले उत्कृष्ट पर्फर्मेन्स, इमर्सिभ डिस्प्ले प्रविधि र लामो समय टिक्ने ब्याट्री क्षमता प्रदान गर्दछ ।
यस गेमिंङ फोनको आगमनसँगै विश्वव्यापी रूपमा परिचित रेड म्याजिक गेमिंङ ब्रान्ड नेपालमा पहिलो पल्ट औपचारिक रूपमा प्रवेश गरेको छ। जेडटीईको नुबिया लाइन–अप अन्तर्गतको प्रिमियम गेमिंङ सब–ब्रान्ड रेड म्याजिकले एड्भान्स्ड कुलिङ सिस्टम, हाइ रिफ्रेस रेट डिस्प्ले र पर्फर्मेन्स–केन्द्रित इन्जिनियरिङसहित विशेष रूपमा तयार गरिएका गेमिंङ स्मार्टफोन प्रदान गर्दै ई–स्पोर्ट्स र मोबाइल गेमिंङ क्षेत्रमा बलियो विश्वव्यापी प्रतिष्ठा निर्माण गरेको छ।
अहिलेसम्मकै हाइएस्ट रेटेड गेमिंङ फोन भनिएको जेडटीई रेड म्याजिक ११ प्रोले हाइ पर्फर्मेन्स चाहने गेमरका लागि हार्डवेयर र सफ्टवेयरको शक्तिशाली संयोजन प्रस्तुत गरेको छ । स्न्यापड्रागन ८ एलीट जेन ५ प्रोसेसर, १६ जीबी ऱ्याम र ५१२ जीबी स्टोरेज भएको यस स्मार्टफोनले हेभी प्रयोग गर्नुपर्ने अवस्थामा पनि सहज मल्टिटास्किङ र अत्यन्त स्मूथ गेम प्ले सुनिश्चित गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।
नेपालमा तीव्र रूपमा विस्तार भइरहेको मोबाइल गेमिंङ इको–सिस्टमको लागि यस जेडटीई रेड म्याजिक ११ प्रो गेमरहरुको निर्विकल्प छनोट हुने कम्पनीले विश्वास लिएको छ । फ्लुइड भिजुअल र हाइ रेस्पोन्सिभनेसको लागि जेडटीई रेड म्याजिक ११ प्रोमा १४४ हर्ट्जको रिफ्रेस रेट सहितको ६.८५ इन्च एमोलेड डिस्प्ले रहेको छ।
यसमा भएको थ्रीडी अल्ट्रा सोनिक इन–डिस्प्ले फिंगर प्रिन्ट सेन्सरले सिमलेस एक्सेस प्रदान सुविधा दिएको छ भने २३० ग्रामको हल्का तौलले प्रिमियम अनुभव र फंक्सनालीटी दुवै प्रदान गर्ने कम्पनीले जनाएको छ। यस फोनमा आइपी ६८ वाटर रेसिस्टेन्स पनि रहेको छ ।
८० वाटको अल्ट्रा–फास्ट चार्जिङसहितको ७५०० एमएएचको ब्याट्रीले बारम्बार चार्ज गर्नुपर्ने झन्झट बिना लामो समयसम्म फोन प्रयोग गर्न सकिने कम्पनीको विश्वास छ। ब्लुटुथ ५.४ सपोर्ट र अप्टिमाइज्ड कनेक्टिभिटी सुविधाको साथ यस स्मार्टफोनले समग्र प्रयोगकर्ता अनुभवलाई अझ राम्रो बनाउने दाबी कम्पनीले गरेको छ।
जेडटीई रेड म्याजिक ११ प्रोमा ५० मेगापिक्सेलको मेन सेन्सर, ५० मेगापिक्सेलको अल्ट्रा–वाइड लेन्स र २ मेगापिक्सेलको अक्जिलरी सेन्सरसहितको ट्रिपल रियर क्यामेरा सेटअप रहेको छ। १६ मेगापिक्सेलको फ्रन्ट क्यामेराले स्पष्ट सेल्फी र भिडियो कलको सुविधा प्रदान गर्नेछ।
फोन लन्चमा बोल्दै जेडटीई नेपालका प्रमुख कार्यकारी अधिकृत सविन श्रेष्ठले नेपालमा रेड म्याजिक सिरिजको आगमन विश्वव्यापी गेमिंङ रणनीतिमा एक महत्वपूर्ण कदम भएको बताए।
त्यस्तै शंकर ग्रुप एवम् जगदम्बा मोबाइल्सका कार्यकारी निर्देशक सक्षम जटियाले हाई पर्फर्मेन्सयुक्त गेमिंङ स्मार्टफोनको माग निरन्तर बढ्दै गइरहेको अवस्थामा जेडटीई रेड म्याजिक ११ प्रो नेपाली गेमरहरूको अपेक्षा पूरा गर्ने बताए।
१६ जीबी ऱ्याम र ५१२ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध रेड म्याजिक ११ प्रोको मूल्य १ लाख ६४ हजा ९९९ रुपैयाँ निर्धारण गरिएको छ। यो फोन शंकर ग्रुप तथा जगदम्बा मोबाइल्समार्फत बजारमा उपलब्ध रहेको छ।
शून्य प्रतिशत किस्ता योजनामार्फत पनि स्मार्टफोन उपलब्ध भएकाले गेमरहरुलाई प्रिमियम गेमिंङ अनुभवमा अपग्रेड गर्न अझ सहज हुने कम्पनीको दाबी छ। लन्च अफरअन्तर्गत अग्रिम बुकिङ गर्ने ग्राहकले ५ हजार रुपैयाँ क्यास ब्याकसँगै २० हजार रुपैयाँ बराबरको रेड म्याजिक गेमिंङ कन्सोल निःशुल्क प्राप्त गर्न सक्नेछन।