एजेन्सी । भारतमा सबैभन्दा बढी नाफा कमाउनेमा सरकार स्वामित्वको आयल एन्ड नेचुरुल ग्यास कर्पोरेसन (ओएनजीसी) भएको छ ।
ओएनजीसीले एक वर्षमा ४ खर्ब ३ अर्ब भारु खुदनाफा गरेको छ । सन् १९५६ मा स्थापना भएको ओएनजीसी भारतको सबैभन्दा ठूलो कच्चा तेल प्रशोधन तथा प्राकृतिक ग्यास कम्पनी हो । कर्पोरेसनले ग्यासको उत्खननसमेत गर्दै आएको छ ।
ओएनजीसीको वार्षिक आम्दानी ५३ खर्ब ९२ अर्ब भारु (७१ अर्ब डलर) रहेको छ । मुकेश अम्बानीको रिलायन्स इन्डष्ट्रिज लिमिटेड सबैभन्दा बढी नाफा कमाउने भारतको दोस्रो ठूलो कम्पनी भएको छ । एक वर्षमा रिलायन्सले ३ खर्ब ९० अर्ब ८४ करोड भारु नाफा गरेको थियो । मुकेस एसियाको दोस्रो धनी व्यक्ति हुन् । उनको खुद सम्पत्ति ९० अर्ब डलर बढी रहेको छ ।
रिलायन्सको कुल आम्दानी ओएनजीसीको भन्दा बढी रहेको छ । कम्पनीको वार्षिक आम्दानी ७९ खर्ब २८ अर्ब भारु (९९ अर्ब डलर) रहेको छ । संस्थापक धिरुभाइ अम्बानी हुन् ।

तेस्रो बढी नाफा गर्नेमा टाटा ग्रुपको टाटा कन्सल्टेन्सी सर्भिसेज रहेको छ । उसको खुदनाफा ३ खर्ब ८१ अर्ब ८७ करोड रुपैयाँ रहेको छ । टाटा कन्सल्टेन्सी भारतको ठूलो सूचना प्रविधि कम्पनी हो । १९ खर्ब ५८ अर्ब भारु (२६ अर्ब डलर) छ । यसको संस्थापक जेआरडी टाटा हुन् ।
टाटाको वार्षिक आम्दानी बढी नाफा कमाउने चौथो कम्पनीमा एचडीएफसी बैंक रहेको छ । एचडीएफसीको खुदनाफा ३ खर्ब ६९ अर्ब ६१ करोड रुपैयाँ छ । यस्तै टाटा ग्रुपको अर्को कम्पनी टाटा स्टिल्स लिमिटेड पाँचौं स्थानमा छ । उसको खुदनाफा ३ खर्ब ३० अर्ब ११ करोड भारु छ ।
छैटाैं स्थानमा भारतको स्टेट बैंक अफ इन्डिया (एसबीआई) रहेको छ । एसबीआईको नाफा ३ खर्ब ७६ अर्ब १६ करोड भारु छ । एसबीआई बैंकले नेपालमा पनि बैंकिङ कारोबार गर्दै आएको छ । सातौं स्थानमा इन्डियन आयल कर्पोरेशन (आईओसी) रहेको छ । आईओसीको नाफा २ खर्ब ४१ अर्ब ८४ करोड भारु छ ।
नाफाको हिसावमा आईसीआईसीआई बैंक आठौं स्थानमा छ । आईसीआईसीआई बैंकको नाफा २ खर्ब ३३ अर्ब ३९ करोड भारु छ ।
सूचना प्रविधि कम्पनी इन्फोसेज नवौं स्थानमा रहेको छ । इन्फोसेजले २ खर्ब १२ अर्ब ३५ करोड भारु नाफा गरेको छ ।
१० औं स्थनामा भेदान्त लिमिटेड रहेको छ । सुन,फलाम र आल्मुनियमलगायत अन्य वस्तुको खानी उत्खनन गर्दै आएको छ । भेदान्तको नाफा १ खर्ब ७२ अर्ब ४५ करोड भारु छ । कम्पनीको खुदसम्पत्ति २६ अर्ब डलर रहेको छ । यसको संस्थापक द्धारिकाप्रसाद अग्रवाल हुन ।
ठूला विद्युत प्रसारण लाइन बनाउने पावर ग्रिड कर्पोरेशन अफ इन्डिाको नाफा १ खर्ब ७० अर्ब ९३ करोड भारु छ । जिन्दाल ग्रुपको जेएसडब्ल्यु स्टिल लिमिटेड १ खर्ब ६७ अर्ब भारु छ । कम्पनी भारतको ठूलो स्टिल उत्पादक हो । यसको संस्थापक सज्जन जिन्दाल रहेका छन् । कम्पनीको आम्दानी १९ अर्ब डलर छ । १३ औं स्थानमा एटीपीसी लिमिटेड रहेको छ ।
एनटीपीसीलाई नेसनल थर्मल पावर कर्पोरेशन लिमिटेड हो । एनटीपीसीको नाफा १ खर्ब ६१ अर्ब ११ करोड भारु रहेको छ । एनटीपीसी सरकार स्वामित्वको विद्युत व्यापार कम्पनी हो । कम्पनीको वार्षिक कारोबार १७ अर्ब डलर रहेको छ ।