काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स ब्रान्ड सेन्साईले नेपालीहरूको दसैं–तिहार २०७९ लाई लक्षित गरी सार्वजनिक गरेको ‘सेन्साई ३ को झट्का’ नामक योजनाको पहिलो ‘लक्की ड्र’को विजेता वीरगन्जका ‘अकलेशकुमार पटेल’ भएका छन् ।
जापानमा इन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्रान्ड सेन्साईले दसैं–तिहारलाई लक्षित गर्दै सार्वजनिक गरिएको योजना सेन्साई ब्रान्डको आधिकारिक फेसबुक पेजमार्फत लाइभ घोषणा गरिएको हो ।
सेन्साई ब्रान्डका कुनै पनि सामानको खरिदमा ‘लक्की ड्र’ मार्फत बम्पर उपहारमा ‘आर १५ भिथ्री बाइक’ र एप्पल आइफोन १३ का साथै एप्पल आइप्याड १०.२ जित्न सकिने योजना छ । पहिलो ‘लक्की ड्र’को विजेता पटेलले एप्पल आइप्याड १०.२ जितेका छन् । उनले वीरगन्जको आरके इलेक्ट्रोनिक्समार्फत सेन्साईको चेस्ट–फ्रिजर खरिद गरेका थिए ।
सोही योजनामा ‘लक्की ड्र’ मार्फत अझै पनि थुप्रै भाग्यशाली विजेताहरू घोषणा गर्न बाँकी नै रहेको छ । यो योजनाको ‘लक्की ड्र’मा सहभागी हुन ग्राहकले सेन्साईका कुनै पनि सामानको खरिदपश्चात अंग्रेजीमा सेन्साई टाइप गरी आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको वारेन्टी कार्ड नम्बर लेखी ३१००३ मा एसएमएस गर्नुपर्नेछ । कम्पनीले यो योजना अब केही दिनको लागि मात्र बाँकी रहेको जनाएको छ ।
सेन्साईले आफ्नो विभिन्न सामानहरूमा विभिन्न किसिमका वारेन्टीहरूका साथै फ्री डेलिभरी, फ्री इन्स्टलेसन एन्ड डेमो र शून्य प्रतिशतमा फाइनान्स सुबिधा पनि प्रदान गरेको छ । नेपाल अधिराज्यभर सेन्साई ब्रान्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सअन्तर्गत सिजी इओएल रहेको छ ।
कम्पनीका सिजी डिजिटल शोरुमहरू काठमाडौंभित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, कीर्तिपुर, रविभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँबजार, बसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा छन् ।