काठमाडौं। चार पांग्रे सवारी साधन बिक्री गर्दै आएका कम्पनीहरुले आफ्ना सवारी साधनको व्यापार बढाउन नयाँ वर्षलाई लक्षित गरी धमाधम स्कीम ल्याउन थालेका छन्। संकुचित व्यवसाय बढाउन र ग्राहक आकर्षण गर्न विभिन्न ब्रान्डले नयाँ वर्षलाई लक्षित गरी धमाधम स्कीम ल्याएका हुन्।
हाल अटोमोबाइल बजारमा तीव्र प्रतिस्पर्धा रहेकाले विभिन्न किसिमका अफर तथा एक्सचेञ्ज सुविधा ल्याएर ग्राहक आकर्षण गर्न अटो व्यवसायी सधैँजसो लागि परिरहेका छन्। यो समयलाई अटो व्यापारको दृष्टिकोणले सुख्खा मौसमको रुपमा लिइन्छ।
यही समयमा पनि व्यापारमा सुस्तता आउन नदिन व्यवसायी निरन्तर लागिरहेका छन्। व्यवसायीहरु आफ्नो व्यवसायिक गतिविधि बढाउन र स्टक सक्काउनका लागि ग्राहक आकर्षण अफर तथा एक्सचेञ्ज सुविधा ल्याइरहेका छन्।
फोर्डले विशेष अफरअन्तर्गत आफ्ना कुनै पनि प्रिमियम गाडी खरिद गर्दा एक इलेक्ट्रिक भेहिकल निःशुल्क प्रदान गर्ने योजना सार्वजनिक गरेको जिओ फोर्डका प्रबन्ध निर्देशक आकाश गोल्छाले बताए।
‘फोर्डले विशेष अफरअन्तर्गत आफ्ना कुनै पनि प्रिमियम गाडी खरिद गर्दा एउटा ईभी सित्तैमा दिने योजना बनाएको छ,’ गोल्छाले भने, ‘फोर्डको जुनसुकै मोडल खरिद गर्दा केई ई-क्युट ०२ निःशुल्क पाउने छन्।’ फोर्डका जुनसुकै मोडल खरिद गर्ला ई-क्युट ०२ निशुल्क पाउने उनको भनाइ छ।
अहिले बजारमा कार बिक्री गर्ने करिब दुई दर्जन कार ब्राण्डमध्ये अधिकांशले स्किम दिइरहेका छन्।
उनका अनुसार फोर्डका एक करोड ३५ लाखदेखि दुई करोड ६० लाख रुपैयाँसम्मका मोडलहरु उपलब्ध छन्। ‘अहिले धेरै मानिसलाई पेट्रोलको चिन्ता छ। त्यसका कारण ग्राहकहरूले आफ्नो आवश्यकताअनुसार ठूलो गाडी र सानो दुवै प्रयोग गर्न सक्ने छन्,’ उनले भने, ‘सहरका साँघुरा गल्लीमा चलाउन सानो ईभी उपयोगी हुने तथा लामो दूरी वा अफरोडका लागि फोर्ड गाडी चलाउन सकिन्छ।’ अहिले पेट्रोलको मूल्य वृद्धि भइरहेको अवस्थामा यो अफरअन्तर्गत ग्राहकले रोजेको ठाउँअनुसार गाडी प्रयोग गर्न सक्ने उनको भनाइ छ।
अहिले बजारमा कार बिक्री गर्ने करिब दुई दर्जन कार ब्राण्डमध्ये अधिकांशले स्किम दिइरहेका छन्। कति कम्पनीले दशैँ तिहारको समयमा दिएको नगद छुट अहिले पनि निरन्तर राखेका छन्। कतिले नयाँ छुटको स्किम सार्वजनिक गरेका छन्। कति कम्पनीहरुले भने बजेट अगाडि भित्र्याएका सवारी साधन सकाउने दबाबमा रहेका व्यवसायीहरुले अहिले व्यापार बढाउन नयाँ वर्षको अवसरमा छुटको स्किम सार्वजनिक गरेका हुन्।
अहिले अटो बजार केही सुस्त रहेकाले चहलपहल बढाउन नयाँ वर्षको अवसर पारेर विभिन्न अफरहरु दिएको लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दिपक थपलीया बताउँछन्। ‘अहिले अटो बजार केही सुस्त रहेकाले चहलपहल बढाउन र नयाँ वर्षको अवसर पारेर स्किम ल्याइएको हो,’ उनले भने, ‘यो अफर आगामी वैशाख पहिलो हप्तासम्म रहने छ।’
उनका अनुसार कम्पनीले फरथिङ फ्राइडेमा पनि नयाँ वर्षसम्मका लागि गत पोखरा वाडा अटो शोमा दिइएको अफर नै निरन्तर कायम हुनेछ। ‘फरथिङ फ्राइडे ब्रान्डका गाडी १५/२० युनिट स्टक भएकाले त्यो स्टक घटाउन नगद छुटको अफर दिइएको हो,’ उनले भने।
पछिल्लो समय केही सुस्त बनेको बजारलाई चलायमान बनाउन विभिन्न कम्पनीहरूले चाडपर्व लक्षित आकर्षक अफरहरू घोषणा गरेका छन्। कम्पनीहरुले सवारी साधनमा छुट, इन्सुरेन्स सुविधा, निशुल्क सवारी कर, निःशुल्क सर्भिस लगायतका अफरहरुले ग्राहकको ध्यान तान्न खोजेका छन्। कम्पनीहरूले नयाँ वर्षको अवसरलाई उपयोग गर्दै ग्राहकलाई आफूतर्फ तान्ने प्रतिस्पर्धा तीव्र बनाएका छन्।
नयाँ वर्षको अवसर पारेर एमजी गाडीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले पनि विशेष अफर ल्याउने योजना बनाएको पारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनिल बहादुर क्षेत्रीले बताए।
‘नयाँ वर्षलाई लक्षित गरी छुट तथा अफर ल्याउँछौँ। यो विषयमा हामीले काम गरिरहेका छौँ। अबको एक दुई दिनमा अफर ल्याउने योजना छ,’ उनले भने। भोलि वा पर्सीको दिन एमजीले नयाँ वर्षका लागि विशेष अफरको घोषणा गर्ने उनको भनाइ छ।
यस्तो छ कम्पनीहरुले दिएको छुट
हुन्डाईः नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नयाँ वर्षको अवसरमा ल्याएको ‘हुन्डाईसँग शुभ यात्रा २०८३’ अफरअन्तर्गत हुन्डाईका गाडी खरिद गर्दा पौने २ लाख रुपैयाँसम्म नगद छुट पाइने भएको छ।
कम्पनीले ग्राहकलाई आफूसँग भएको जुनसुकै ब्राण्डको पुरानोे गाडीसँग हुन्डाईको नयाँ गाडी एक्सचेन्ज सुविधा पनि दिएको छ।
यस अफरअन्तर्गत ग्राहकहरूले हुन्डाईका कुनै पनि मोडलका सवारी खरिद गर्दा १ लाख ७५ हजार रुपैयाँसम्म नगद छुट पाउने भएका छन्। यसका अलवा ग्राहकले थप आधादर्जन फाइदा पाउने कम्पनीले जनाएको छ। कम्पनीकाअनुसार नयाँ वर्ष लक्षित गरी ल्याइएको अफरमा थप नयाँ वर्ष बोनस ९६ हजार रुपैयाँसम्म, १ वर्षको बिमा, सवारी कर निःशुल्क, ६ वर्षसम्मको निःशुल्क सर्भिस र ३ वर्षको वारेन्टी ग्राहकले पाउने छन्।
कम्पनीले ग्राहकलाई आफूसँग भएको जुनसुकै ब्राण्डको पुरानोे गाडीसँग हुन्डाईको नयाँ गाडी एक्सचेन्ज सुविधा पनि दिएको छ। यस अफरलाई अझ आकर्ष बनाउँदै बिक्रीपछिका सेवाहरू भरपर्दो बनाएको कम्पनीको भनाइ छ।
एलआरआर मोटर्स
नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर एलआरआर मोटर्स प्रा.लि.ले आफ्नो प्रिमियम इलेक्ट्रिक एसयूभी जिली ईएक्स ५ म्याक्स खरिद गर्दा २ जनाका लागि ६ रात ७ दिनको थाइल्याण्ड भ्रमणको अफर सार्वजनिक गरेको छ।
कम्पनीका सेल्स एण्ड अपरेसन हेड अधिर श्रेष्ठले ईएक्स ५ म्याक्सको खरिदमा स्मार्ट कफी मेसिन, अनुकूलनीय चार्जर, आकर्षक नगद छुट, ह्यासल फ्री फाइनान्सिङ सुविधा, १ वर्षको निःशुल्क अटो प्लस बिमा तथा एक वर्षको निःशुल्क रोड ट्याक्स जस्ता सुविधा पनि प्राप्त गर्ने बताए।
फरथिङ फ्राइडे
नेपालका लागि फोरथिङ आधिकारिक बिक्रेता लक्ष्मी ई–मोबिलिटी प्रालिले ‘फोर्थिङ एक्सचेन्ज फेस्ट’ आयोजना गरेको थियो। ३ दिनसम्म संचालन गरेको यो एक्सचेन्ज फेस्टमा ग्राहकले आफूसँग भएको जुनसुकै ब्राण्डको पुरानो सवारी साधन फोरथिङ फ्राइडे ईभीसँग साट्न पाउने व्यवस्था कम्पनीले गरेको थियो। यस फेष्टमा ग्राहकले ७ लाखसम्म बचत गर्न सक्ने कम्पनीले जनाएको छ। कम्पनीले दिइएको यो अफर नयाँ वर्षसम्मको लागिथ निरन्तर गरेको कम्पनीको भनाइ छ।
अफरअन्तर्गत ग्राहकले एक्सचेन्ज बोनस, गाडीको उचित मूल्यांकन, आकर्षक नगद छुट, १ वर्षको अटो प्लस बिमा, १ वर्षको सडक कर, निःशुल्क स्पेयर टायर र एसी चार्जर पाउने छन्।
निसान
नेपालमा निसानको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रा.लि.ले आफ्नो कम्प्याक्ट एसयूभी निसान म्याग्नाइटमा ग्राहकका लागि ‘वन इयर जिरो फ्युल’ योजना घोषणा गरेको छ।
यीमध्ये जुनसुकै मोडलका गाडी खरिदमा कम्पनीले एउटा ईभी सित्तैमा दिने घोषणा गरेको छ।
यस योजनामा ‘१ वर्ष शून्य इन्धन’ अभियानअन्तर्गत ग्राहकहरूले ५० हजारसम्म नगद छुट, १ लाखसम्म एक्सचेन्ज बोनस, १ वर्षको कम्प्रिहेन्सिभ इन्स्योरेन्स तथा १ वर्षको निःशुल्क इन्धन सुविधा प्राप्त गर्ने छन्। हाल निसान म्याग्नाइटको सुरुवाती मूल्य ३५.७५ लाख रहेको छ र यो अफर देशभरका आधिकारिक निसान शोरूमहरूमा लागू हुने कम्पनीले जनाएको छ।
फोर्ड
नेपालका लागि फोर्ड गाडीको आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्रा.लि.ले फोर्ड गाडी किन्दा एउटा ईभी सित्तैमा दिने घोषणा गरेको छ। कम्पनीले आफ्ना प्रिमियम एयसयुभी र पिकअप गाडीको खरिदमा केई ब्रान्डको ई-क्युट ०२ मोडल सित्तैमा दिने घोषणा गरेको छ।
हाल नेपालमा फोर्डका प्रिमियम मोडलहरू एभरेष्ट, र्याप्टर र रेन्जर उपलब्ध छन्। जसको मूल्य १ करोड ३५ लाख रुपैयाँदेखि २ करोड ६० लाख रुपैयाँसम्म रहेका छन्। यीमध्ये जुनसुकै मोडलका गाडी खरिदमा कम्पनीले एउटा ईभी सित्तैमा दिने घोषणा गरेको छ।