काठमाडौं । निजी हवाई सेवा कम्पनी यती एयरलाइन्स स्थापना भएको २१ बर्ष पुरा भएको छ । सन् १९९८ सेप्टेम्बर २१ देखि सञ्चालनमा आएको एयरलाइन्सले माउण्टेन फ्लाइट सहित दैनिक नेपालका ठूला शहर मात्र नभई अति दुर्गम कर्णालीसम्म उडान सेवा प्रदान गर्दै आएको छ । नेपालमा नियमित सञ्चालनमा रहेको ३३ वटा विमानस्थलमध्ये हाल यती एअरलाइन्सले ९ स्थान र भातृसंस्था तारा एयरले १२ गरी २१ विमानस्थलमा दैनिक हवाई सेवा दिदै आएको कम्पनीका सिनियर म्यानेजर भिम राईले बताए । उनका अनुसार यति एयरलाइन्स नेपालको पहिलो र एकमात्र कार्वन न्युट्रल हवाई कम्पनी हो ।
कम्पनीले २२ वर्षमा प्रवेश गरेको अवसरमा नयाँ प्रविधि जडित र सुविधायुक्त जहाज थप गरी सेवा विस्तार गर्ने लक्ष्य राखेको प्रमुख कार्यकारी अधिकृत उमेशचन्द्र राईको भनाइ छ । यतीले देशका अधिकांश विमानस्थलमा उडान सेवा सुरु गरेको तर सेवाग्राहीको अभावले पछिल्लो समय रोकिएको र आगामी दिनमा जतिसक्दो सबै विमानस्थलहरुमा सेवा पु¥याउने लक्ष्य रहेको योजना उनले बताए । रुकुमको सल्ले, चौरजहारी, साँफेबगर, बझाङ, डोटी, रुम्जाटार, खानीडाँडा, लामीडाँडा, भोजपुर, सुकेटार, जोमसोम, काँगेल जस्ता दुर्गम र अत्यावश्यक क्षेत्रमा पुनःसेवा सुचारु गर्ने लक्ष्य राखेको पनि राईले जानकारी दिए ।
कार्वन न्युट्रलमा अग्रणीः
यती एअरलाइनस नेपालमा कार्वन न्युट्रल अभियान शुरुवात गर्ने पहिलो र एकमात्र हवाई कम्पनी हो । कार्वन उत्सर्जन कम गर्न इन्धन बढी खपत गर्ने विमानलाई विस्थापित गरी कम इन्धनमा चल्ने जहाज खरिद गरी सेवा विस्तार गरेको छ । विगत दुई वर्ष भित्रै कम्पनीले ५ वटा एटिआर विमान खरिद गरी देशका मुख्य शहरहरुमा सेवा थप गरेको छ । त्यस्तै एअरपोर्टमा यात्रुलाई जहाजसम्म ल्याउने÷पु¥याउने सुविधाका लागि प्रयोग हुने सवारी साधनको सन्दर्भमा पनि विद्युतीय भ्यानको प्रयोग सुरु गरेको छ ।
डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने सबै सवारी साधनहरुलाई बिस्तारै विस्थापित गर्दै विद्युतीय सवारी थप गर्ने तर्फ कम्पनी अघि बढेको छ । यतीले प्रयोगमा ल्याइएका जहाज तथा सवारी साधनबाट भएको उत्सर्जित कार्वनको राष्ट्र संघबाट सम्बन्धन प्राप्त संस्थाबाट अडिट गराई क्षतिपूर्ति गर्दै आइरहेको छ । साथै यती एअरलाइन्सले विगत १० वर्ष देखि विभिन्न संघसंस्थाहरुको सहकार्यमा कैलाली, कञ्चनपुर, डोटी र सोलुखुम्बु क्षेत्रमा २ लाख ८० हजारभन्दा बढी वृक्षारोपण समेत गरेको छ ।
दीगो विकास लक्ष्य प्राप्तिमा हातेमालोः
यती एअरलाइन्सले सहस्राब्दी दीगो विकास लक्ष्य पूरा गर्न संयुक्त राष्ट्र संघ विकास नियोग (युएनडिपि) सँग सहकार्य गरिरहेको छ । दीगो विकास लक्ष्यका १७ वटा बुँदामध्ये यतीले बुँदा नम्बर ५ को जेन्डर इक्वालिटी, १३ नम्बर बुँदाको क्लाइमेट एक्सन र १७ को बँुदाको पार्टनरसिप टु अचिभ दि गोल गरी ३ वटा बुँदामा सहकार्य गरी कामहरु अघि बढाएको छ ।
सगरमाथा सफाई अभियानः
स्थानीय सरकार तथा सगरमाथा प्रदूषण नियन्त्रण समितिसँगको सहकार्यमा सगरमाथा सफाई अभियानमा यती र भातृ संस्था तारा एयर निरन्तर लागिरहेको छ । पर्यावरण स्वच्छ बनाई पर्यटनलाई प्रवद्र्धन गर्न सगरमाथा लगायत खुम्बु क्षेत्रका फोहोर संकलन गरी काठमाडौं ढुवानी गर्दै आएको छ । यो अभियान सन् २००८ देखि शुरु गरेको हो । सन् २००८ देखि २०१८ सम्म ७५ टन फोहोर काठमाडौं ल्याइएको छ भने सन् २०१९ को अन्तिमसम्म थप ३० टन फोहोर संकलन गर्ने लक्ष्य रहेको छ । दुर्गममुखी सेवामा तत्परः यती र यसको भातृ संस्था तारा एयरले दुर्गम क्षेत्रमा हवाई सेवा प्रदान गरी दुर्गममुखी हवाई सेवा कम्पनीको रुपमा पनि चिनिएको छ । सुविधा सम्पन्न क्षेत्रमा ५ वटा जेटस्ट्रीम र ५ एटिआरले उडान भर्दै आइरहेको छ भने बाँकी दुर्गम क्षेत्रमा तारा एयरका ४ ट्वीनअटर र २ डोर्नियर जहाजले उडान भर्दै आएको छ । सडक सञ्जाल नपुगेको क्षेत्रमा त्यस क्षेत्रका स्थानीयबासीले बढी दुःख खेप्नुपर्ने बाध्यतालाई कम गर्न तारा एयरले दुर्गमका विमानस्थलमा उडान भर्ने गरेको हो । लुक्ला, जोमसोम, सिमिकोट, रारा, डोल्पा, जुम्ला, फाप्लु, बाजुरा लगायतका स्थानहरुमा नियमित उडान गर्दै आएको छ । खाद्यान्नसँगै बिरामीदेखि निर्माण सामग्री समेत ढुवानीमा सहयोग गर्दै आएको छ । तारा एयरले मात्र यस वर्ष लुक्लामा ५६ हजार ५६, जोमसोममा ३२ हजार ६ सय ४८, सिमिकोटमा १७ हजार ४ सय ७५, रारामा १४ हजार ९ सय ४२, डोल्पामा ११ हजार २ सय ७०, जुम्लामा ६ हजार ६ सय ८४, फाप्लुमा ३ हजार ६ सय २८ र बाजुरामा १ हजार १८ जना गरी एक लाख ४३ हजार ७ सय २१ यात्रुलाई सेवा दिएका थिए ।
अशक्त तथा ज्येष्ठ नागरिकलाई छुटः
यती तथा तारा एअरले आफ्नो प्रत्येक उडान सेवामा शारीरिक रुपमा अशक्तलाई हवाई भाडामा ५० प्रतिशत तथा ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई २५ प्रतिशत छुट दिँदै आइरहेको छ । सुरक्षित हवाई सेवाको लागि प्रमाणितः इन्टरनेश्नल एयर ट्रान्सपोर्ट एशोसिएशन (आयटा)ले यती एअरलाइन्सको सुरक्षा सम्बन्धी अडिट गरेर सुरक्षित सेवाका लागि सन् २०१६ र २०१९ मा गरी दुई पटक आयटा स्टान्डर्ड सेफ्टी अडिट प्रमाणपत्रले सम्मान गरेको छ । आयटाद्वारा यो प्रमाणपत्र प्रदान गरिएको नेपालको एकमात्र हवाई कम्पनी यती एअरलाइन्स हो ।