काठमाडौं। फ्रान्सको मार्सेली सहरमा सञ्चालन भइरहेको मोटर स्पोर्टस प्रतियोगितामा नासा नेपालको तर्फबाट दिप्रश शाक्य, अनिलकुमार बराल र जिस्वाँ तुलाधार सहभागी भएर फर्किएका छन् । मोटर स्पोर्टसको अन्तर्राष्ट्रिय महासंघ फेडेरेसन इन्टरनेसनल डे अटोमोबाइल (एफआईए) द्वारा सो स्पोर्टस सञ्चालन भएको हो।

नासा नेपालका अध्यक्ष दशरथ रिसालका अनुसार नासाको १५औं वर्षमा खेलाडी अनिलकुमार बराल, दिप्रश शाक्य, जिस्वाँ तुलाधारलाई विश्वकप खेलेका थिए । प्रतिस्पर्धामा उत्रिएका ९० रास्ट्रबीचको भव्य माहोलमा नेपालको झन्डा फहराउँदा नेपाली टोलीले जितको अनुभूति गरिरहेको उनको भनाइ छ।
‘सरुवाती समयदेखि नै हाम्रो जस्तो देश जहाँ प्रशिक्षण, तालिमको कुनै अवसर अनि सम्भावना नभएको पृष्ठभूमिमा तयार भएका यी खेलाडी, आफ्नु मातृभूमिलाई यति मात्र भए पनि चिनाउन पाएकोमा खुसी छन्’, अध्यक्ष रिसालले भने। नेपाली खेलाडीका टिम कप्तान अनिलकुमार बराल अटो स्लाम बिधामा सहभागी थिए। त्यस्तै कार्टिङ बिधामा दिप्रश शाक्य थिए।

विश्व विजेताहरु बीचको प्रतियोगिताको बीचमा पनि नेपाली खेलाडी अनिल बरालको खेल हेर्न लायकको थियो। भारतका खेलाडीलगायत अन्य खेलाडीको समेत आँखाका केन्द्रबिन्दु बनेका नेपाली खेलाडीको युरोपेली स्तरको खेल प्रदर्शन भएको बताइएको छ।

बिना प्राविधिक, कोच, बिना नै नेपालीहरुको उपस्थिति थियो। यो देखेर अचम्मित बनेका आयोजकले दिप्रश शाक्यलगायत नेपाली खेलाडीको सहासको पनि गजबले खुलेर प्रसंशा गरेका थिए।