काठमाडाैं। २०७२ साल वैशाख १२ अर्थात् ममहाभुकम्प गएको कालो दिन। भूकम्प गएकाे आठ वर्ष पूरा भएकाे छ। आठ वर्षअघि गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर ७.९ रेक्टर स्केलको महाभूकम्प गएकाे थियाे।भूकम्पका कारण १४ जिल्ला निक्कै प्रभावित भयाे भने अन्य ठाउँमा केही मात्र क्षति भयाे।
भूकम्पका कारण देशभरका करिब ९ हजार मानिसले ज्यान गुमाए भने धेरै जना घाइते भएका थिए। भूकम्पले देशको कयौं संस्कृति संरचनाहरु भत्कायो भने कतिपय व्यक्तिहरुलाई घरबारविहीन बनायाे। कति बालबालिकालाई अभिभावकविहीन (टुहुरो) बनायाे त कति आमा बुवाहरुलाई सन्तानविहीन बनायाे।
वैशाख १२ पछि पनि विभिन्न ठाउँलाई केन्द्रबिन्दु बनाएर पराकम्पहरु गइरहे। भूकम्पले क्षति पुर्याएको संरचनाहरु निर्माण गर्न र भत्किएको घरहरुको पुन: निर्माण गर्न सरकारले सहयोग अनुदान प्रदान गरेपनि आठ वर्ष बितिसक्दा पनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन।
भकूम्प प्रभावित निजी आवास पनु:निर्माण अनुदान वितरण कार्यविधि , २०७३ को अनसुचि १ मा भूकम्पबाट क्षतिग्रति निजी आवास पुन:निर्माण एवं प्रवलीकरण अनुदानका लागि लाभग्राही छनोटसम्बन्धी व्यवस्था छ।
निजी आवासतर्फ कूल लाभग्राही संख्या ८ लाख ६६ हजार २ सय ७ रहेकोमा अनुदान सम्झौता गर्ने ८ लाख ३२ हजार ५ सय ८५ रहेको देखिन्छ। जसमध्ये पहिलो किस्ता ८ लाख ३२ हजार ४ सय ७० र दोस्रो किस्ता ७ लाख ६५ हजार ८ सय ६१ र तेस्रो किस्ता ७ लाख ३३ हजार २ सय १४ ले भुक्तानी लिएको उल्लेख छ।
पहिलो किस्ता भुक्तानी लिने ६२ हजार ९ सय २ लाभग्राहीले ३ अर्ब १४ करोड ५१ लाख रुपैयाँ भुक्तानी लिई दोस्रो तथा अन्तिम किस्ता नलिएको र १७ हजार २ सय ४५ लाभग्राहीले पहिलो र दोस्रो किस्ता लिई अन्तिम किस्ता लिएका छैन।
निजी आवास प्रवलीकरण ३३ हजार ९ सय ५ लाभग्राहीसँग अनुदान सम्झौता भएको र पहिलो किस्ता ३१ हजार ६ सय ७९ जनालाई भक्तानी भएको देखिन्छ। दोस्रो तथा अन्तिम किस्ता २ हजार २ सय २६ लाई मात्र भुक्तानी गरेको विवरण प्राप्त भएकोले पहिलो किस्ता भुक्तानी लिई दोस्रो किस्ता नलिएका २९ हजार ४ सय ५३ लाभग्राही रहेको छ।
नेपालको कार्यव्यवस्था निति कमजोर र अनुगमन प्रणाली बलियो नहुदाँ भुकम्प गएको ८ वर्ष बितिसक्दा पनि निजि तर्फको पनि आवास पुनः निर्माण गर्न सकिरहेको अवस्था छैन।
त्यसैगरी पुरातात्विक सम्पदाको पुनःनिर्माण ५ वर्षभित्र सकाउनुपर्ने समय सीमा रहे पनि कोभिड विभिन्न समस्याहरु देखाई ८ वर्ष बितिसक्दा पनि पूरा गर्न सकेको छैन। पुन:निर्माण गर्नुपर्ने ९ सय २० सम्पदामध्ये यस वर्ष ५ सय ८९ सम्पदा निर्माण भएको छ।
एक सय ९२ सम्पदाको पुन:निर्माण कार्य भईरहेको र एक सय ३९ सम्पदाको कार्य बाँकी रहेको देखिन्छ। पुननिर्माण सम्पन भएका र चालू रहेका सम्पदाहरुको निर्माण कार्यमा २०७२/७३ देखि २०७८/७९ सम्म ७ अर्ब ७० करोड ६७ लाख बजेट विनियनेजन भएकोमा ५ अर्ब ५० करोड रुपैयाँ खर्च भएको छ।
पशुपती क्षेत्रमा भएको एक सय ५ वटा स्मारकमध्ये ३० वटामा पूर्ण रुपमा क्षति र ७५ वटामा आंशिक क्षति पुगेको थियो। ५५ स्मारकको पुन निर्माण भएपनि ५० स्मारकको निर्माण कार्य सम्पन्न हुन बाँकी छ।