काठमाडौं। होटल बाराहीले एक वर्षमै आधा अर्बभन्दा बढीको व्यापार गरेको छ। होटल बराहीले आर्थिक वर्ष २०२४/२५ मा ६५ करोड रुपैयाँ बराबरको व्यापार गरेको हो।
होटलले आव २०२४ मा ५३ करोड ९० लाख, आव २०२३ मा २२ करोड ९० लाख, आव २०२२ मा ११ करोड ७० लाख र आव २०२१ मा एक करोड ७० लाख रुपैयाँ बराबरको व्यापार (आम्दानी) गरेको थियो।
सन् १९९२ मा स्थापित होटल चार तारे होटल बाराही पोखरामा १०२ कोठाको र काठमाडौंको ठमेलमा एक सय कोठाको छ। होटलको अध्यक्ष हरिप्रसाद पौडेल हुन्। होटलको मुख्य लगानीकर्ता पौडेल परिवारका सदस्य र बाराही हाउजिङ एन्ड लिजिङको १० प्रतिशत सेयर स्वामित्व छ।
बाराही हाउजिङ एन्ड लिजिङको सन् २०२५ को जुलाईसम्म ७० प्रतिशत सेयर स्वामित्व थियो। होटल बराहीको चितवनमा समेत होटल सञ्चालनमा छ।
होटलले बैंकिङ कर्जा प्रायोजनका लागि रेटिङ एजेन्सी इक्रा नेपालमा रेटिङ गराएको छ। जसमा इक्राले होटललाई एक अर्ब ३२ करोड रुपैयाँ कर्जा सिमा निर्धारण गरेको छ।
यस्तो कर्जामा इक्राले एक अर्ब २९ करोड रुपैयाँ अल्पकालीन कर्जामा ‘एनबिबि माइनस’ र तीन करोड रुपैयाँ दीर्घकालीन कर्जामा ‘एफोर’ रेटिङ दिएको छ। उक्त रेटिङले होटलको वित्तीय दायित्व भुक्तानी क्षमता रहेको संकेत गर्छ।
होटल बाराहीको सन् २०२५ मा अकुपेन्सी ७५ प्रतिशत छ। सन् २०२४मा यो दर ७८ प्रतिशत थियो। होटलको कोठा भाडाबाट हुने आम्दानी वार्षिक आय एक वर्षमा करिब ३१ प्रतिशतले वृद्धि भएको छ। यस्तो आय कुल आम्दानीमा करिब ४१ प्रतिशत हिस्सा रहेको छ।