काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ वर्षअघि समस्याग्रस्त घोषणा गरेको वल्र्ड मर्चेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडका तत्कालिन अध्यक्षसहित १० जनाको रोक्का भएको बैंक खाता खुलाउन लविङ सुरु भएको छ ।
राष्ट्र बैंकले तत्कालिन वल्र्ड मर्चेन्टका अध्यक्ष नीरशंकर श्रेष्ठ, प्रवन्धक रमेशचन्द्र पोखरेल मीरा गोर्खाली, केशवराज श्रेष्ठ , मधुसुधन सुवेदीे, भीम लामा, रामभक्त पौडल लगायत १० जनाको बैंक खाता लकर तथा घरजग्गा रोक्का गरेको थियो ।
‘विना जानकारी हाम्रा बैंक खाता, लकर घरजग्गाा सबै रोक्का गरियो ।’ तत्कालिन कम्पनीका प्रवन्धक रामेशचन्द्र पोखरेलले क्यापिटल नेपालसंग भने । उनीहरुको खाता तथा घरजग्गा विगत ८ वर्षदेखि राष्ट्र बैंकले रोक्का गरेको छ ।
तत्कालिन वल्र्ड मर्चेन्टमा समस्या आएपछि राष्ट्र बैंकले सुधार गर्न संचालक तथा व्यवस्थापकलाई नसियत दिएको थियो । तर कम्पनीले सुधार गर्न नसकेपछि राष्ट्र बैंकले अध्यक्षसहित १० जनाको खाता र घरजग्गा रोक्का गरेको थियो ।
वल्र्ड मर्चेन्टका तत्कालिन संचालकहरुको रोकिएका बैंक खाता र घरजग्गाा खुल्ला गर्न राष्ट्र बैंकमा धाइरहेका छन् । राष्ट्र बैंकले वल्र्ड मर्चेन्टको समस्या सकिएपछि खाता छिट्टै खुल्ने जनाएको पोखरेलले बताए ।
वल्र्ड मर्चेन्टलाई नयाँ समूहले किनेर समृद्धि फाइनान्स कम्पनीको नाममा कारोबार सुरु गरिसकेको छ । समस्याग्रस्तबाट मुक्त भएर भरखरै कारोबार सुरु गरेको समृद्धिको पुँजी १८ करोड रुपैयाँ मात्र छ । हकप्रद सेयर निष्कासन गरेर चुक्तापुँजी ८० करोड रुपैयाँ पुर्याउने तयारी भएको छ ।