काठमाडौं । कामना सेवा विकास बैङ्क लिमिटेडले ३ कारोड ७५ लाख ३९ हजारभन्दा बढी बोनस सेयर वितरण गर्ने भएको छ । शनिबार काठमाडौको डिल्लीबजामा सम्पन्न १२ औँ वार्षिक साधारणसभाले लाभांश र बोनस वितरण गर्ने निर्णय गरेको हो ।
सधारणसभाले आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी २ अर्ब ५० कारोड २६ लाख ५५ हजार ५१९ रुपैयाँको ८ प्रतिशतका दरले २० करोड २ लाख १२ हजार ४४१ रुपैयाँ नगद लाभाँश र १.५ प्रतिशतले ३ करोड ७५ लाख ३९ हजार ८३२ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको हो ।
बैङ्क सञ्चालक समितिका अध्यक्ष सुदिप आचार्यले साधारण सभामा बैङ्कको आर्थिक वर्ष २०७४/०७५को वासलात, नाफा/नोक्सान हिसाब, नगदप्रवाह विवरण र सोसँंग सम्बन्धित अनुसूचीहरु र देशको आर्थिकतथा बैङ्किङ क्षेत्रको अवस्था, चालू आर्थिक वर्ष २०७५/०७६ को चैत्र मसान्तसम्मको कार्य सम्पादनको संक्षिप्त विवरणर र भावीकार्य योजनासमेत प्रस्तुत गरेका थिए ।
बैङ्कका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले चालू आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएका लक्ष्यहरु हासिल हुनेगरी कार्यक्रम सञ्चालन गरेरकार बैङ्कको भावी रणनीति प्रस्तुत गर्दै यस बैङ्कलाई प्रतिस्पर्धात्मक बजारमा अब्बल विकास बैङ्कको रुपमा स्थापति गराउने कार्ययोजनासहित अगाडि बढेको बताए ।
बैङ्कका सञ्चालक समितिका अध्यक्ष सुदिप आचार्य र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले सेयर धनीहरुले उठाएका जिज्ञासाको जवाफ दिएका थिए ।
बैङ्कले काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैङ्कले देशका विभिन्न भागहरुमा ९१ ओटा शाखा तथा ४४ ओटा एटीएममार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।
साथै बैङ्कले एबीबीएस, एसएमएस बैङ्किङ, मोबाइल बैङ्किङ सी–एएसबीए लगायतका माध्यमबाटसमेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैङ्कको भावी योजना रहेको जनाएको छ ।