काठमाडौँ । इन्टरनेसनल मनी एक्सप्रेस (आइएमई) को डबलको डबलको डबल अफरको विजेता खात्वे वीरेन्द्र खान बनेका छन् । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा लक्की ड्रमार्फ खानलाई विजेता घोषणा गरिएको हो ।
आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन पोखरेल र ब्राण्ड एमबेस्डर दीपकराज गिरीले संयुक्त रुपमा विजेता घोषणा गरेका हुन् ।
आइएमईले दशैंमा डबलको डबलको डबल अफर संचालन गरेको थियो । खानले मलेसियाबाट एकमुष्ट ५९ हजार ७३२ रुपैँया आर्इएमई मार्फत पठाएका थिए । उनले पठाएको रकमको डबलको डबलको डबल अर्थात आठ गूणा रकम ४ लाख ७७ हजार ८५६ प्राप्त गरेका छन् ।
आइएमईले ७७ दिनको योजना अवधीमा दैनिक लक्की ड्र बाट ११ हजार ९३१, साप्ताहिक लक्की ड्र मार्फत २२ जना, मासिक लक्की ड्र मार्फत ४ र बम्पर लक्की ड्र मार्फत २१ जना सेवाग्राही लाभान्वित भएको जनाएको छ । भदौँ १५ देखि कार्तिक मसान्तसम्म सेवाग्राहीमुखी उक्त अफर सार्वजनिक गरेको थियो ।
अफर अनुसार हरेक दिन आइएमईबाट पैसा पठाउने सेवाग्राहीहरुलाई आइएमई पे वालेटमा डबल रिवार्ड प्वाइन्ट, हरेक हप्ता २ जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबल, हरेक महिना २ जनालाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठ गुणा) सम्म रकम पुरस्कार स्वरुप प्रदान गर्ने योजना ल्याएको थियो ।
कम्पनीका अनुसार योजना अवधीमा स्वदेश तथा विदेशबाट पैसा पठाउने सबै सेवाग्राहीहरु सहभागी थिए ।