काठमाडौं । नेपालमा सञ्चालित २८ बाणिज्य बैंकमध्य ९ बैंकको जगेडा कोष ( रिजर्भ) घटेको छ । बैंकहरुले चालु आवको पहिलो त्रैमासअनुसार कृषि विकास बैंक, बैंक अफ काठमाण्डु, सिभिल बैंक, लक्ष्मी बैंक, मेगा बैंक, नेपाल बैंक, नेपाल क्रेडिट एण्ड कमर्श(एनसीसी) बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक र सिद्धार्थ बैंकको रिजर्भ घटेको हो ।
बित्तिय बिबरण अनुसार सबैभन्दा बढी जगेडा कोष एनसीसी बैंकको घटेको छ । बैंकले चालु आबको पहिलो त्रैमासमा जगेडा कोष २२.९९ प्रतिशतले घटेर २ अर्ब ७६ करोड ९३ लाख २० हजार रुपैया कायम भएको छ । गत आबको पहिलो त्रैमासमा ३ अर्ब ५९ करोड ५९ लाख ४३ हजार रुपैया जगेडा कोषमा रहेकोे थियो ।
त्यस्तै, सबैभन्दा कम जगेडा कोष राष्ट्रिय वाणिज्य बैंकको घटेको देखिएको छ । बैंकले समिक्षा अवधिमा ०.१४ प्रतिशतले जगेडा कोष घटेको हो । गत वर्षको पहिलो त्रैमासमा बैंकको जगेडा कोषमा १३ अर्ब ७३ करोड ६७ लाख ५४ हजार रुपैयाँ थियो । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १३ अर्ब ७१ करोड ७१ लाख २७ हजार रुपैयाँ कोषमा रहेको छ ।
समिक्षा अवधिमा ग्लोबल आइएमई बैंक, हिमालयन, जनता, कुमारी, माछापुछ्रे, नबिल, नेपाल बंगलादेश, नेपाल एसबीआई, एनआइसी एसिया, एनएमबी, प्रभु, प्राइम, सानिमा, स्टान्र्ड चार्टर्ड र सनराइज बैंकले आफ्नो जगेडा कोषको रकम बढाएका छन् । सबैभन्दा बढी एनएमबी बैंकले २२.६० प्रतिशतले बढाएको छ ।
सबैभन्दा कम नबिल बैंकले १.३२ प्रतिशतले मात्रै जगेडा कोषमा वृद्धि भएको छ । स्टान्र्ड चार्टर्ड बैंकले आफ्नो जगेडा कोषमा वृद्धि गरेको छैन । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५ अर्ब १० करोड ७७ लाख ६७ हजार रुपैयाँ बैंकको जगेडा कोषमा रहेको थियो । यस बैंकको चालु आर्थिक वर्षमा पनि उति नै रकम कोषमा रहेको छ ।
बैंकहरुले आफ्नो कुल नाफाको २० प्रतिशत रकम जगेडा कोषमा राख्ने व्यवस्था छ । जगेडा कोषमा जति धेरै रकम राख्यो उत्ति नै कम्पनी पूँजीगत रुपमा बलियो हुन्छ । सेयरका लगानीकर्ताले पनि कम्पनीको जगेडा कोष, नाफा लगायतका सूचकहरु हेरेर सेयर खरिद गर्ने गर्दछन् ।