काठमाडौं । ग्लोबल मोबाइल टेक्नोलोजीले प्रिमियम फल्यागसीपको नयाँ स्मार्टफोन वानप्लस ७ टि प्रो नेपालमा सार्वजनिक गरेको छ । यो फोन यसअघि सार्वजनिक भएको वान प्लस ७ प्रो भन्दा धेरै फरक छैन ।
वानप्लस ७ टि प्रो मा ६.६७ इन्चको फ्ल्युड एमोलेड ३१२०८१४४० एचडी प्लस रिजोल्युसन छ । यसले स्क्रिन क्वालिटीलाई उच्च बनाउँछ । यसमा कर्निङ गोरिल्ला ग्लास २ र एचडीआर१०रएचडीआर प्लस सर्टिफाइड ९० एचजेड डिस्प्ले छ । साथमा १९.५ः९ स्क्रिन रेसियो पनि छ । यसअघिको ७ प्रोसँग मोबाइलमा पनि यहि फिचर थियो ।
यसले स्क्रिनलाई सुरक्षित, बोल्ड र प्रिमियम लुक्स दिन्छ । यसमा अघिल्लो फोन वान प्लस ७ प्रोकोभन्दा शक्तिशाली स्न्यापड्रेगन ८५५ प्लस अक्टा कोर प्रोसेसर थपिएको छ । त्यस्तै ७ एनएम एन्ड्रिनो ६४० चिपसेट यसमा रहेको छ ।
यो एन्ड्रोइड १०.० भर्जन र अक्जिन ओएस १०.०.४ मा चल्छ । वानप्लस ७ टि प्रो मा स्टोरेजका लागि २५६ जीबी यूएफएस ३.० स्टोरेज र ८ जीबी एलपीडीडीआर ४ एक्स छ ।
वानप्लस ७ टि प्रो मा मोटोराइज्ड पपअप १६ एमपी फ्रन्ट क्यामेरा, १.६अपर्चर भएको ४८ एमपी प्रमुख क्यामेरा, १६ एमपी अल्ट्रावाइड, ८ एमपी, तीन गुणा अप्टिकल जुम, पिडीएएफ रहेको छ जसले कुनै पनि सेलेक्टेड एरिया वा पोइन्टलाई अटोफोकस गर्न सेन्सर वा कन्ट्रोल सिस्टम प्रयोग गर्छ, लेजर एएफ, ओआईएस डुअल अर्थात् अप्टिकल इमेज स्टेबलाइजेसन, एलईडी फ्लास, एचडीआर र पानारोमा जस्ता विशेषता रहेको छ । यसको साथै सुरक्षालाई मध्यनजर गर्दै वानप्लस ७ टि प्रो मा ०.२८ सेकेण्डको फेस अनलक र अन्डर डिस्प्ले फिङगरप्रिन्ट रहेको छ ।
वानप्लस ७ टि प्रोमा वाईफाई कनेक्टीभिटी, ब्लुटुथ ५.०, एनएफसी अर्थात् नियर फिल्ड कम्युनिकेसन, जीआरएस र डब्लुल्यान जस्ता विशेषता छ । वानप्लस ७ टि प्रो मा शक्तिशाली ४०८५ एमएएच फास्ट ब्याट्री चार्जर ३० वाट्ट (५ भी, ६ ए) चार्जिङग टेक्नोलोजी रहेको छ ।
यसले भिडियो गेम खेल्दा वा वाईफाईमा फूल ब्राइटनेस राख्दा फूल ब्याट्रिले १२ घण्टा १९ मिनेटसम्म चलाउन सकिन्छ । जुन यसअघि आएको वान प्लस ७ प्रोको भन्दा धेरै टिक्छ ।
वानप्लस ७ टि प्रो हेज ब्लु भरियन्टमा रु ९९,९९९ मा नेपालभरका अधिकृत वानप्लस स्टोरहरुमा नोभेम्बरबाट उपलब्ध हुने ग्लोबल मोबाइल टेक्नोलोजीले बताएको छ ।