काठमाण्डौं । सिप्रदी ट्रेडिङ प्रालिले मंसिर १९ देखि २१ गतेसम्म चौथौँ टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्प २०१९को आयोजना गर्दैछ । ग्राहकसम्म पुग्ने यो तीन दिने क्याम्प नेपालभर रहेका सिप्रदीका ५३ वटा सर्भिस वर्कशपहरूमा आयोजना हुने कम्पनीले बताएको छ ।
यो सर्भिस क्याम्पमा टाटा मोटर्सका कमर्सियल गाडीहरूका ग्राहकहरूले निःशुल्क गाडीको अवस्थाको जाँच, विशेष योजनाका साथै अन्य सेवाहरू प्राप्त गर्नसक्ने कम्पनीले बताएको छ । तीन दिने सर्भिस क्याम्पमा टाटा जेन्युइन स्पेयर पार्टहरू, म्याक लुब्रिकेन्ट, एक्साइड ब्याट्रीमा आकर्षक डिस्काउन्टहरू सार्वजनिक गरिनेछ।
यसका साथै सिप्रदीले आफूलाई सहयोग र्पुयाउने आफ्ना ग्राहकहरूलाई विभिन्न विधाअन्तर्गत सम्मान पनि गर्ने बताएको छ ।सोही क्याम्पमा टाटा मोटर्सका केही नयाँ कमर्सियल गाडीहरू पनि सार्वजनिक हुने बताएको छ ।
सिप्रदीले तीन दिने ग्लोबल सर्भिस क्याम्पमा निःशुल्क ४७ पोइन्ट्स चेकअप, निःशुल्क कम्प्युटर डाइगनोसिस, निःशुल्क इलेक्ट्रिकल तथा ब्याट्री परीक्षण, निःशुल्क एफआईपी परीक्षण, निःशुल्क टायर परीक्षण, निःशुल्क प्रदूषण जाँच, निःशुल्क लन्च सुविधा, गेम तथा मनोरञ्जनात्मक गतिविधिहरू, दैनिक लक्की ड्र तथा मोबाइलफोन जित्ने मौका, बम्पर लक्की ड्र गर्ने बताएको छ ।