काठमाडौँ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानविन गर्न बनेको समितिले विहिबार प्रतिवेदन बुझाउने भएको छ । राष्ट्र बैंकले संचालक श्रीराम पौडेलेको संयोजकत्वमा रामजी रेग्मी र सुवोधकुरमार कर्ण सम्मीलित तीन सदस्यीय अनुसान्धान समिति गठन गरेको थियो ।
सो समितिको अनुसन्धान अन्तिम चरणमा पुगेको र आगामी बोर्ड बैठकमा प्रतिबदेन पेश गरिने राष्ट्र स्रोतले बतायो । ‘उहाँहरुले अध्ययन लगभग सक्नुभएको होला, बिहिबारको बोर्ड बैठकमा पेश हुन्छ ’ स्रोतले भन्यो ।
संचालक समितिका सदस्य रामजी रेग्मी र डेपुटी गभर्नर श्रेष्ठ नजिकका मिल्ने छिमेकी भएकाले अनुसन्धान प्रभावित हुने भन्दै अर्थमन्त्रालयमा उजुरी समेत परेको थियो । सोही कारण संचालक रेग्मीले समितिमा नबस्ने भन्दै राजीनामा दिएका थिए ।
तर, राष्ट्र बैंकले राजीनामा स्वीकृत नगरेपछि सो समितिले नै अध्ययन सकेर प्रतिवेदन बुझाउने तयारीमा गरेको छ । अध्ययन नसकेको भन्दै समितिले एक साता समय थपका लागि आग्रह गरेपनि अर्थमन्त्रालयले नमानेपछि बिहिबार नै प्रतिवेदन बुझाउन लागेको हो ।
डेपुटी गभर्नर श्रेष्ठमाथि पद अनुकुलको काम नगरेको, वित्तिय क्षेत्रमा अनुचित गतिविधी गरेको, व्यवसायी अजेयराज सुमार्गीको पैसा बैंकबाट निकाल्न सहयोगी भूमिका खेलेको ,सम्पत्ति शुद्धिकरण निवारण विरुद्द लाग्नु पर्नेमा शुद्धिकरणलाई सघाएको, एनसेलको लाभांश लैजान स्वीकृति दिएको, बैंक तथा वित्तिय संस्थाको नियमनको काममा बदनियत राखेको, वैदेशिक भ्रमण जाँदा आँफुले पाउने भन्दा बढी फर्जी कागजात बनाएर अनाधिकृत सुविधा लिएकोलगायतका आरोप लागेको छ ।
त्यस्तै, श्रेष्ठले केही बैंकको खराब कर्जाको वास्तविकता डेपुटी गभर्नर श्रेष्ठले बैंक तथा वित्तीय संस्था सुपरिवेक्षण विभागको जिम्मेवारी समाल्दै आएका थिए ।