अहिले स्वदेशी तथा विदेशी पर्यटक मुक्तिनाथ दर्शन गर्न र घुम्न पुग्ने गर्छन्। बिदाको समय र विभिन्न चाडपर्व अवसरमा अझ बढी घुम्ने गर्छन्।
सामान्यतया अक्टोबरदेखि डिसेम्बरसम्म मुस्ताङमा पर्यटक भीडभाड देखिन्छ। यो भीडमा स्वदेशी तथा विदेशी पर्यटक हुन्छन्। विशेषतः भारतीय पर्यटक चाप यतिबेला मुक्तिनाथमा बढी देखिन्छन्।
प्राकृतिक र धार्मिक दृष्टिकोणले महत्वपूर्ण गन्तव्य मुक्तिनाथ जीवनमा एकपटक पुग्ने इच्छा जो–कोहीले गर्छन्। पछिल्लो समय मुक्तिनाथ धार्मिक दृष्टिकोणले बढी चर्चामा रहेकोमा नयाँ पुस्ताले प्राकृतिक सुन्दरताको मनमोहक गन्तव्यका रूपमा आफ्नो प्राथमिकतामा राख्ने गरेका छन्।
मुक्तिनाथ कोही हवाई रुटबाट जान्छन् भने अधिकांश स्थलमार्गबाट पुग्छन्। स्थलमार्गमा पनि हिँडेर र गुडेर पुग्ने दुवै विकल्प छन्।
बिदाको समयमा सरकारी कर्मचारीदेखि वैदेशिक रोजगारीबाट फर्केकाहरू बढी मात्रामा मुक्तिनाथ पुग्छन्। कतिपय त दोहोर्याइ-तेहेर्याइ त्यहाँ पुगेका हुन्छन्।
![406662198_358347376800137_6712786447110663349_n-1702637594.jpg](https://www.capitalnepal.com/uploads/posts/406662198_358347376800137_6712786447110663349_n-1702637594.jpg?timestamp=1702644465243)
उनीहरू भन्छन्, एकपटक गएर कहाँ धित मर्छ र मुक्तिनाथको! प्रत्येकचोटि फरमक–फरक अनुभूति लिन सकिन्छ मुक्तिनाथको यात्रामा।
अहिले स्थानीय तहले सडक, बजार व्यवस्थापन र भौतिक संरचनामा ध्यान दिएकाले पहिलाभन्दा निकै सुविधा, सहजता र सुन्दरता बढेको छ मुक्तिनाथमा।
![406678585_1521442155300558_8845556827305084643_n-1702637573.jpg](https://www.capitalnepal.com/uploads/posts/406678585_1521442155300558_8845556827305084643_n-1702637573.jpg?timestamp=1702644488544)
समुद्र सतहबाट ३ हजार ७ सय १० मिटर उचाइमा रहेको मुक्तिनाथ हिन्दु र बौद्ध धर्मावलम्बीहरूका लागि ठूलो धार्मिक महत्वको तीर्थस्थल हो।
दुवै धर्मीमा विश्वास छ कि मुक्तिनाथ केही मन्दिरमध्ये एक हो जहाँ पञ्चतत्व (आगो, पानी, आकास, पृथ्वी र वायु) सबै पाउन सकिन्छ।
![406576948_1615583492182039_1552160117351517680_n-1702637550.jpg](https://www.capitalnepal.com/uploads/posts/406576948_1615583492182039_1552160117351517680_n-1702637550.jpg?timestamp=1702644514053)
मुक्तिनाथ मन्दिरको पछाडि रहेको १ सय ८ जलाधारमा नुहाउँदा आत्माशुद्धि, नवीकरण र मोक्ष प्राप्त हुने जनविश्वास छ। मुक्तिनाथ मन्दिर अन्नपूर्ण सर्किटमा पर्ने जोमसोमबाट २४ किलोमिटर उत्तरपूर्वमा अवस्थित छ। तसर्थ, अन्नपूर्ण सर्किट वरिपरि पदयात्रा गर्ने पदयात्रीबाट मन्दिर भ्रमण हुन्छन्।
मुक्तिनाथ क्षेत्रलाई मुक्ति क्षेत्र भनेर पनि चिनिन्छ जहाँबाट मोक्ष प्राप्त गर्न सकिने जनविश्वास छ। नेपालका चार धाममध्ये यो एक हो। यस मन्दिरलाई वैष्णव सम्प्रदायले पवित्र मानिने १ सय ८ दिव्य देशाटनमध्ये १ सय ६औं मन्दिर मानिन्छ।
![406584672_802465141691654_5077826305998442178_n-1702637490.jpg](https://www.capitalnepal.com/uploads/posts/406584672_802465141691654_5077826305998442178_n-1702637490.jpg?timestamp=1702644530748)
वैष्णव साहित्यमा यसको प्राचीन नाम तिरुशालिग्राम हो। बौद्धहरूले यसलाई चुमिग ग्यात्सा भन्छन्, जसको तिब्बती अर्थ ‘सय पानी’ हो।
तिब्बती बौद्धहरूका लागि मुक्तिनाथ डाकिनी, स्काई नर्तक भनेर चिनिने देवी र २४ तान्त्रिक स्थानमध्ये एक महत्वपूर्ण स्थान हो।
तिनीहरूले मूर्तिलाई अवलोकितेश्वरको अभिव्यक्ति हो भनेर बुझ्छन्, जसले सबै बुद्धहरूको करुणालाई मूर्तरूप दिन्छ।
![410595880_688154556789740_4238102767944521382_n-1702637620.jpg](https://www.capitalnepal.com/uploads/posts/410595880_688154556789740_4238102767944521382_n-1702637620.jpg?timestamp=1702644565720)
![377122775_1767330770355851_5261567590392572364_n-1702637482.jpg](https://www.capitalnepal.com/uploads/posts/377122775_1767330770355851_5261567590392572364_n-1702637482.jpg?timestamp=1702644584495)
![406549343_682409587036315_4830901540868351846_n-1702637444.jpg](https://www.capitalnepal.com/uploads/posts/406549343_682409587036315_4830901540868351846_n-1702637444.jpg?timestamp=1702644604162)
![406517428_257961807300639_5021362654004295848_n-1702637438.jpg](https://www.capitalnepal.com/uploads/posts/406517428_257961807300639_5021362654004295848_n-1702637438.jpg?timestamp=1702644625271)