काठमाडौँ । बीमा समितिले कृषि बीमालाई गाउँ गाउँमा पुर्याउन पहल सुरु गरेको छ । कृषि बीमालाई प्रभावकारी बनाउन बीमा समितिले कम्पनीहरुलाई क्षेत्र तोकेर निर्देशन दिएको हो ।
सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा समेत कृषि बीमालाई प्रमुख प्राथमिकतामा राखी देशव्यापी रुपमा लागू गर्ने लक्ष्य राखेको छ । सोही लक्ष्य हासिल गर्न संचालनमा रहेका २० निर्जीवन बीमा कम्पनीलाई कृषि बीमाका लागि कार्यक्षेत्र तोकिदिएको हो ।
समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार कम्पनीहरुले घुम्ति बीमा सेवामार्फत कृषि बीमासञ्चालन गर्ने छन् । सरकारले २०७० देखि कृषि बीमा कार्यक्रम सुरु गरेको हो । सरकारले कृषि बीमाका लागि ७५ प्रतिशत अनुदान दिएको छ । कृषकले आफ्नो बालीनालीको बीमा गर्दा २५ प्रतिशत मात्रै तिरे पुग्छ ।
बीमा समितिले छुट्टयाइदिएको कम्पनी र जिल्ला
नेपाल इन्स्योरेन्स कम्पनी : दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुरमा
राष्ट्रिय बीमा कम्पनी : बझाङ, डोटी र कैलाली, युनाइटेड इन्स्योरेन्स कम्पनीले हुम्ला, बाजुरा र अछाम
एभरेष्ट इन्स्योरेन्स : कालिकोट, दैलेख, सुर्खेत र बर्दिया, एनएलजी इन्स्योरेन्सले डोल्पा, पश्चिम रुकुम, सल्यान, बाँके
प्रभु इन्स्योरेन्स : मुस्ताङ, म्याग्दी, बाग्लुङ र स्याङ्जा
सगरमाथा इन्स्योरेन्स : मुगु, जाजरकोट र जुम्ला, सिद्धार्थ इन्स्योरेन्स मनाङ, कास्की, पाल्पा र रुपन्देही
प्रिमियर इन्स्योरेन्स : दोलखा, रामेछाप, सिन्धुली र सर्लाही
प्रुडेन्सियल इन्स्योरेन्स : गोरखा, लमजुङ, तनहुँ, परासी
शिखर इन्स्योरेन्स : चितवन, मकवानपुर, धादिङ र नुवाकोट
हिमालयन जनरल इन्स्योरेन्स : सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर र बारा
आइएमई जनरल इन्स्योरेन्स : सोलुखुम्बु, ओखलढुङ्गा, महोत्तरी, धनुषा
लुम्बिनी जनरल इन्स्योरेन्स : सङ्खुवासभा, भोजपुर, खोटाङ र उदयपुर
नेको इन्स्योरेन्स : ताप्लेजुङ, पाँचथर, इलाम र झापा
द ओरिइण्टल इन्स्योरेन्स : धनकुटा, सुनसरी, तेह्रथुम र सप्तरी
नेशनल इन्स्योरेन्स : रोल्पा, प्यूठान, दाङ र अर्घाखाँचीमा
सानिमा जनरल इन्स्योरेन्स : कपिलवस्तु, नवलपुर र मोरङ
जनरल इन्स्योरेन्स : रसुवा, सिराहा र पर्सा
अजोड इन्स्योरेन्स : गुल्मी, पर्वत, पूर्वरुकुम र रौतहट
सबै बीमा कम्पनी : काठमाडौँ र भक्तपुर